प्रा. डा. दयाराम श्रेष्ठ 'सम्भव'

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रा. डा. दयाराम श्रेष्ठ (वि.सं. २००० - ) अनुसन्धानात्मक लेखक हुन्।

जीवनी[सम्पादन गर्ने]

दयारामको जन्म बाबु सूर्यबहादुर श्रेष्ठ तथा आमा नयनकुमारीका सुपुत्रका रूपमा वि.सं. २००० साल भदौमा सिरान बजार, धनकुटामा भएको हो। उनको साहित्यिक नाम दयाराम श्रेष्ठ 'सम्भव' हो। नेपालीमा एम्.ए. र विद्यावारिधि गरेका श्रेष्ठ प्राध्यापनमा संलग्न छन्।

कृति[सम्पादन गर्ने]

उनका प्रकाशित कृतिहरूः
१. साहित्यको इतिहास : सिद्धान्त र सन्दर्भ (समालोचना, वि.सं. २०६१)
२. नेपाली साहित्यका केही पृष्ठ (समालोचना, वि.सं. २०३२)
३. शाहवंश र नेपाली भाषा-साहित्य (समालोचनाहरू , वि.सं. २०३९)
४. रामकथा परम्परा र भानुभक्तीय रामायण (समालोचना, वि.सं. २०४१)
५. नेपाली भाषा र साहित्यको विकासमा शाहवंशको देन (इतिहास, वि.सं. २०४४)
६. नेपाली कथा र यथार्थवाद (शोध-प्रबन्ध, वि.सं. २०३९)
७. नेपालको राष्ट्रिय झण्डा (इतिहास, वि.सं. २०५३)

पुरस्कार[सम्पादन गर्ने]

नेपालको राष्ट्रिय झण्डा नामक शोधग्रन्थका लागि उनले मदन पुरस्कार २०५३ प्राप्त गरे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]