प्रेत
बर्मेली चित्रणमा भोक लागेका प्रेतहरू (प्येत्ता) | |
| प्राणीको जानकारी | |
|---|---|
| अन्य नाम | भोक लागेको प्रेत वा भोको भूत |
| समुह | पौराणिक प्राणी |
| उप-समूह | रात्रीकालीन, प्रेतात्मा |
| समान जीवहरू | पितृ आत्माहरू, क्रास्यु |
| लोककथा | भारतीय धर्महरू चिनियाँ लोक धर्म ताओवाद भियतनामी लोक धर्म |
| उत्पत्ति | |
| क्षेत्र | पूर्व, दक्षिण तथा दक्षिणपूर्वी एसिया |
| वासस्थान | हिन्दु धर्म श्मशान वा चिहान बौद्ध धर्म प्रेत क्षेत्र |
|
प्रेतको अनुवादहरू | |
|---|---|
| पाली: | पेत |
| बर्मेली: | ပြိတ္တာ (बर्मेली: peiʔtà) |
| चिनियाँ: | 餓鬼 (pinyin: Èguǐ) |
| जापानी: | 餓鬼 (rōmaji: Gaki) |
| खमेर: | ប្រេត |
| कोरियन: | 아귀 (RR: Agui) |
| Mon: | ပြိုတ် ([[prɒt]]) |
| मंगोलियन: | ᠪᠢᠷᠢᠳ |
| शन: | ၽဵတ်ႇ ([phet2]) |
| सिंहाल: | ප්රේත (pretha) |
| तिब्बती: | ཡི་དྭགས་ (yi dwags) |
| थाई: | เปรต |
| भियतनामी: | ngạ quỷ |
| बौद्ध धर्मको शब्दावली | |
प्रेत (मानक तिब्बती: ཡི་དྭགས་ yi dwags), जसलाई भोको प्रेत पनि भनिन्छ, हिन्दु धर्म, बौद्ध धर्म, ताओवाद तथा चिनियाँ लोक धर्ममा वर्णित एक प्रकारको अलौकिक प्राणी हो जसले मानिसभन्दा धेरै ठूलो दुःख भोगेको हुन्छ र यो विशेषगरी अत्यधिक भोक र तिर्खासँग सम्बन्धित छ।[१]
प्रेतको अवधारणा सुरुमा मृत व्यक्तिको आत्मा वा प्रेत मात्र भएको सोचाइबाट सुरु भएको थियो तर पछि यो मृत्युपछि कर्मअनुसार पुनर्जन्म प्राप्त गर्ने बीचको अस्थायी अवस्था बन्न पुगेको थियो।[२] कर्मअनुसार पुनर्जन्मको चक्रमा प्रवेश गर्नका लागि मृतकको परिवारले विभिन्न अनुष्ठान तथा भेटीहरू गर्नुपर्छ जसले पीडित आत्मालाई अर्को जीवनतर्फ मार्गदर्शन गर्छ।[२] यदि परिवारले एक वर्षसम्म चल्ने यी अन्त्येष्टि अनुष्ठानहरू गर्दैन भने, आत्मा सधैँभरि प्रेतको रूपमा पीडा भोगिरहन सक्छ।[२]
प्रेतहरू अघिल्लो जन्ममा असत्य, भ्रष्ट, बाध्यकारी, कपटी, ईर्ष्यालु वा लोभी व्यक्तिहरू थिए भन्ने विश्वास गरिन्छ। उनीहरूको कर्मको फलस्वरूप, उनीहरू कुनै विशेष पदार्थ वा वस्तुको लागि अतृप्त भोकले पीडित हुन्छन्। परम्परागत रूपमा, यो शव वा दिसा जस्ता घृणित वा अपमानजनक वस्तु हुने गर्दछ, यद्यपि हालका कथाहरूमा यो जुनसुकै अनौठो वस्तु पनि हुन सक्छ।[३] कुनै प्रतिकूल वस्तुको लागि अतृप्त भोक हुनुका साथै, प्रेतहरूले विचलित पार्ने दृश्यहरू देख्छन् भनिन्छ।[४] प्रेत र मानिसहरूले एउटै भौतिक स्थान ओगटेका हुन्छन्; जहाँ मानिसहरूले नदीलाई हेर्दा सफा पानी देख्छन्, प्रेतहरूले त्यही नदीमा पिप र फोहोर जस्ता प्रतिकूल पदार्थहरू बगिरहेको देख्छन्।[४]
प्रेतको उत्पत्ति भारतीय धर्महरूमा भएको हो र बौद्ध धर्मको विस्तारसँगै यिनीहरूलाई पूर्वी एसियाली धर्महरूमा पनि अपनाइएको छ। एसियाका धेरै भागमा हिन्दु र बौद्ध धर्मको विश्वास र प्रभावका कारण भारत, बङ्गलादेश, श्रीलङ्का, चीन, जापान, कोरिया, भियतनाम, तिब्बत, थाइल्यान्ड, कम्बोडिया, लाओस र म्यानमारका संस्कृतिहरूमा 'प्रेत' को आकृति प्रमुख रूपमा देखा पर्दछ।
प्रेत र मानवबीचको सम्बन्ध
[सम्पादन गर्नुहोस्]प्रेतहरूलाई उनीहरूको तृष्णा रगत वा मासु जस्ता कुनै अत्यावश्यक कुरा तर्फ निर्देशित नहुन्जेलसम्म सामान्यतया मर्त्य लोकका मानिसहरूका लागि एउटा सामान्य झन्झटको रूपमा मात्र हेरिन्छ। यद्यपि, केही परम्पराहरूमा प्रेतहरूले जादु, भ्रम, वा भेष बदलेर अरूलाई उनीहरूको इच्छा पूरा गर्नबाट रोक्ने प्रयास गर्दछन्। उनीहरू अदृश्य हुन वा मानिसहरूलाई डराउनका लागि आफ्नो अनुहार परिवर्तन गर्न पनि सक्छन्।
सामान्यतया, प्रेतहरूलाई दया गरिनुपर्ने प्राणीको रूपमा हेरिन्छ। त्यसैले, केही बौद्ध गुम्बाहरूमा भिक्षुहरूले खाना खानुअघि उनीहरूका लागि भोजन, पेय पदार्थ, धुप, बत्ती, फलफूल वा फूलहरू अर्पण गर्ने गर्दछन्। यसबाहेक, एसियाभरि धेरै यस्ता चाडपर्वहरू छन् जसले भोकाएका भूत वा प्रेतहरूको महत्त्वलाई स्मरण गराउँछन्। यस्ता चाडपर्वहरू तिब्बती बौद्ध परम्पराका साथै चिनियाँ ताओवादी परम्परामा पनि अवस्थित छन्।[५] चीन, कम्बोडिया, तिब्बत, थाइल्यान्ड, सिङ्गापुर, जापान र मलेसिया जस्ता देशहरूले ' 'भोकाएको भूत' पर्वहरू मनाउँछन्। चीनमा यो सामान्यतया उनीहरूको पात्रो अनुसार ७औँ चन्द्र महिनाको १५औँ दिनमा पर्दछ।[६] धेरै अनुष्ठानहरूमा साङ्केतिक भौतिक सुख-सुविधाका वस्तुहरू जलाउने गरिन्छ (पैसा, कपडा, मालसामान, सवारीसाधन, घरजग्गा, आवास, विलासिताका वस्तु आदि), जसले प्रेतको अवधारणालाई उनीहरूको जीवित अवस्थाको भौतिकवादसँग जोड्दछ।[६] यद्यपि धेरै प्रेतहरू आफ्नो मानव जीवनकालका भौतिक वस्तुहरूमा टाँसिएका हुन्छन्, पर्वहरूमा प्रस्तुत गरिएका केही अन्य भूतहरूले भने आफ्नो मानव जीवनका प्रियजनहरूको तिर्सना गर्दछन्।[६] यी चाडपर्वहरूमा मानिसहरूले आत्माहरूलाई भेटी चढाउँछन् र बदलामा आफ्ना पितृहरूबाट आशीर्वादको आशा गर्छन्।[६] यसरी, प्रेतहरूको सम्झनामा मनाइने यी पर्वहरू केही एसियाली संस्कृतिहरूको स्वाभाविक अंश हुन् भने यी हिन्दु वा बौद्ध विश्वास प्रणालीमा मात्र सीमित छैन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Mason, Walter (२०१०), Destination Saigon: Adventures in Vietnam, ReadHowYouWant.com, आइएसबिएन 9781459603059।
- 1 2 3 Krishan, Y. (१९८५), "The Doctrine of Karma and Śrāddhas", Annals of the Bhandarkar Oriental Research Institute 66 (1/4): 97–115, आइएसएसएन 0378-1143, जेएसटिओआर 41693599।
- ↑ गरुड पुराण २.७.९२–९५, २.२२.५२–५५
- 1 2 Tzohar, Roy (२०१७), "Imagine Being a Preta: Early Indian Yogācāra Approaches to Intersubjectivity", Sophia 56 (2): 337–354, डिओआई:10.1007/s11841-016-0544-y।
- ↑ Hackley, Rungpaka; Hackley, Chris (२०१५), "How the Hungry Ghost Mythology Reconciles Materialism and Spirituality in Thai Death Rituals", Qualitative Market Research 4 (18): 427–441, डिओआई:10.1108/QMR-08-2014-0073।
- 1 2 3 4 Hackley, How the Hungry, पृ: 337–354।
