प्रेमनारायण भुसाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रेमनारायण भुसाल नेपाली साहित्यकार तथा समालोचक हुन् । विद्यालय तहकाे अध्ययनका क्रममै साहित्य सिर्जना र पत्रपत्रिकामा लेख रचना प्रकाशित गर्दै आएका भुसालले माेफसलमा रहेर पत्रकारितासमेत गरेका थिए । समाचार सङ्कलन सम्पादन र प्रकाशनमा आफूलाई व्यस्त राखेकै समयमा उनका दर्जनाैँ कविताहरु प्रकाशित भएका छन् । पत्रकारिताले उनमा लेख्ने हुटहुटी मात्र जगाएन अन्तत: पत्रकारिता नै उनकाे साहित्य सिर्जनाकाे बलियाे आधारभूमि बन्न पुग्याे । सुरुमा कथा,कविता र निबन्ध विधामा कलम चलाएका भुसाल स्नातक अध्ययनका क्रममा समालाेचनातिर आकर्षित भए । उनले त्रिभुवन विश्वविद्यालयमा पढ्दा साहित्यकुञ्ज स‍ंस्थाकाे अध्यक्ष बनी समालाेचना विशेषाङ्क प्रकाशित गराएका थिए भने विभिन्न साहित्यिक पत्रपत्रिकामा प्रशस्त समालाेचनाहरु प्रकाशित भएका थिए ।[१]

उनका साहित्यिक रचनामा बाल तथा प्रौढ मनोविज्ञानको विश्लेषण गरिएको हुन्छ । मनका सूक्ष्म तहमा प्रवेश गरी पात्रका माध्यमबाट स्वाभाविक रुपमा चित्रण गर्न रुचाउने भुसालले लैङ्गिक अल्पमतमा परेका र विचलित मनोवस्था भएका पात्रको सामाजिक स्थिति र त्यसले पारेको मनोवैज्ञानिक असरको जीवन्त किसिमले प्रस्तुति गरेका हुन्छन् । https://baahrakhari.com/news-details/306932/2021-01-16 वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-१६ मिति समालोचनाका क्षेत्रमा उनी मनोविश्लेषणात्मक समीक्षकका रूपमा चिनिएका छन् ।https://www.nepjol.info/index.php/pragya/article/view/42451 मनोसामाजिक कोणबाट कृतिको अध्ययन गर्ने प्रवृत्ति उनमा पाइन्छ ।https://www.onlinekhabar.com/2023/01/1244952

भुसाल शैक्षिक अभियन्तासमेत हुन् । नेपाली शिक्षा सुधारका लागि राष्ट्रिय पत्रपत्रिका र जर्नलहरुमा सयाैँ लेख तथा अनुसन्धानात्मक आलेखहरु प्रकाशित गरेका छन् । उनले पत्रपत्रिकाका माध्यमबाट शिक्षा क्षेत्रका समसामयिक विषयवस्तुलाई खाेतल्ने मात्र हाेइन सम्बद्ध निकायलाई घचघच्याउने काम पनि गरेका हुन्छन् । आफू स्वयम् शिक्षण कार्यमा संलग्न रहेकाले र यसै क्षेत्रमा लामाे अनुभव हासिल गरेकाले यिनका लेखरचनामा व्यक्त विचारहरु व्यावहारिक र यथार्थपरक हुन्छन्।

मनाेविज्ञानकाे औपचारिक अध्ययनपछि मनाेसामािजक परामर्श क्लिनिक सञ्चालन गरी परामर्श सेवा उपलब्ध गराउँदै आएका भुसालले विसं २०७२ काे भूकम्पपछि लामाे समयसम्म काठमाडाैँमा निशुल्क परामर्श सेवा दिएका थिए । मनाेविज्ञान सम्बन्धी तालिमका अतिरिक्त शिक्षाका विविध आयाममा केन्द्रित भई तालिम र वर्कसपहरु सञ्चालन गर्ने भुसाल कुशल प्रशिक्षक पनि हुन् । उनले हालसम्म देशका सबैजसाे प्रदेशमा प्रदेश जिल्ला र पालिका स्तरका तालिमहरु सम्पन्न गरिसकेका छन् । शिक्षामा नवप्रवर्तन गर्नका लागि विश्वका उत्कृष्ट संस्थाहरुले अँगाल्दै आएका विधि र प्रविधिलाई भित्र्याउन सक्रिय रहँदै शिक्षकलाई उत्प्रेरणात्मक तालिम दिने भुसाल शिक्षा क्षेत्रमा कुशल प्रशिक्षक र उत्प्रेरक व्यक्तित्व हुन् ।

मनोसामाजिक परामर्शका क्षेत्रमा समेत सक्रिय भुसालका हरेक रचनामा मनाेविज्ञानका सूक्ष्म पक्षकाे चित्रण पाइन्छ । मनाेविज्ञानलाई केन्द्रमा राख्दै आफ्ना साहित्यिक सिर्जनाका माध्यमबाट सामाजिक सुधार र परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाह गर्नु उनकाे कलागत वैशिष्ट्य हाे । शिक्षा,मनोविज्ञान, कानुन तथा अन्य समसामयिकhttps://www.hamropatro.com/news/details/5746346856677376?ns=https://www.ceslam.org/economic-impacts/remittanceka-parakampan[dead link] विषयमा राष्ट्रिय पत्रपत्रिकामा यिनका लेखरचनाहरू प्रकाशित भइरहेका हुन्छन् । विभिन्न पुस्तक र पत्रपत्रिकाकाे सम्पादन गरेका भुसालका राष्ट्रिय तथा साहित्यिक समालोचनात्मक पत्रपत्रिकामा दर्जनाैँ फुटकर कविता,अनुसन्धानात्मक लेखरचना र समालोचनाहरू प्रकाशित छन् । शिक्षा र मनाेविज्ञानका क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याएका कारण उनी विभिन्न सङ्घ संस्था र निकायद्वारा सम्मानित पनि भएका छन् । https://gorkhapatraonline.com/news/46075 https://ekantipur.com/kopila/2019/02/17/15503839654368582.html?fbclid=IwAR1F-NL_K_Q278g2Qs9TZDC2_YrHiMaJdsR3NRzKXGZM9ckKtezZ5y5tgSs [https://shopratnaonline.com/balbalikasanga-kasto-byabahar-garne-prem-narayan-bhusal/

जन्म] मिति ः २०३५ असार ०१ गते जन्मस्थान ः सन्धिखर्क नगरपालिका वडा नम्बर ५, साविक वाङ्ला गाविस वडा नम्बर ७, अर्घाखाँची

माता ः  जीवकला भुसाल

पिता ः स्व. गुरुदत्त भुसाल  

स्थायी ठेगाना ः  बुटवल उपमहानगरपालिका ३, रुपन्देही

हालको ठेगाना ः बूढानीलकण्ठ नगरपालिका ५, नारायणस्थान, काठमाडौँ

शैक्षिक योग्यता ः  नेपाली र समाज शास्त्रमा स्नातकोत्तर, परामर्श मनोविज्ञानमा पोस्ट ग्र्याजुएट

    डिप्लोमा, कानुन स्नातक, शिक्षा स्नातक, संस्कृत नव्यव्याकरण शास्त्री

पहिलो प्रकाशित रचना ः  साँचो प्रेम कथा २०५१ ।

पहिलो प्रसारित रचना ः हामी पनि सक्छौँ, बालकविता, रेडियो नेपाल, २०४९ ।

प्रकाशित कृतिहरू

१ बालबालिकासँग कस्तो व्यवहार गर्ने ? २०७८ तिलस्मी प्रकाशन https://nagariknews.nagariknetwork.com/arts/758681-1646450764.html?click_from=just_in

२ समकालीन नेपाली कथामा मनोविज्ञान २०७९ नेपाल प्रज्ञा प्रतिष्ठान https://nepalnamcha.com/entertainment-literature/20808/

कुञ्जिनी समालोचना विशेषाङ्क २०६० (प्रधान सम्पादक) नेपाली केन्द्रीय विभाग, त्रिवि

ref>"प्रेमनारायण भुसाल", Himal Khabar, अन्तिम पहुँच २०२३-०२-०८ </ref>[२][३][४][५][६][७]https://doi.org/10.3126/pragya.v8i01.42451[८] https://annapurnapost.com/news/142604/ https://baahrakhari.com/news-details/316380 https://deshsanchar.com/2023/01/05/747666/ https://nagariknews.nagariknetwork.com/opinion/1055621-1673915022.html https://gorkhapatraonline.com/news/49772 https://gorkhapatraonline.com/news/49501 https://nagariknews.nagariknetwork.com/opinion/1039021-1672359498.html https://annapurnapost.com/news/when-to-get-married-221535/ https://gorkhapatraonline.com/news/44811 https://nagariknews.nagariknetwork.com/opinion/1018281-1670285566.html https://shopratnaonline.com/balbalikasanga-kasto-byabahar-garne-prem-narayan-bhusal/ https://www.balsirjana.com/tag/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%AE%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AF%E0%A4%A3-%E0%A4%AD%E0%A5%81%E0%A4%B8%E0%A4%BE%E0%A4%B2 https://deshsanchar.com/author/premm/ https://www.himalkhabar.com/author-news/150 https://nagariknews.nagariknetwork.com/author/premnarayan-bhusal https://ekantipur.com/author/author-premnarayanBhusal-aCHZ5 https://yugkhabar.com/110786/2023/ https://www.daraz.com.np/products/balbalikasanga-kasto-byabahar-garne-prem-narayan-bhusal-i117014712-s1032043040.html

  1. "'समकालीन नेपाली कथामा मनोविज्ञान' नामक पुस्तक प्रकाशित", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२३-०२-०८ 
  2. "प्रेमनारायण भुसाल - Premnarayan bhusal | Nagarik News - Nepal Republic Media", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०८ 
  3. "प्रेमनारायण भुसाल", ekantipur.com, अन्तिम पहुँच २०२३-०२-०८ 
  4. "प्रेमनारायण भुसाल, Author at देशसञ्चार", देशसञ्चार (en-USमा), अन्तिम पहुँच २०२३-०२-०८ 
  5. "प्रेमनारायण भुसालको ‘समकालीन नेपाली कथामा मनोविज्ञान’ बजारमा", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०२-०८ 
  6. beta.gorkhapatraonline.com https://beta.gorkhapatraonline.com/author_news_by_name/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%AE%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AF%E0%A4%A3%20%E0%A4%AD%E0%A5%81%E0%A4%B8%E0%A4%BE%E0%A4%B2 |url= शीर्षक नै (सहायता), अन्तिम पहुँच २०२३-०२-०८ 
  7. "Balbalikasanga Kasto Byabahar Garne - Prem Narayan Bhusal | Shop Ratna Online" (en-USमा), अन्तिम पहुँच २०२३-०२-०८ 
  8. https://www.nepjol.info/index.php/pragya/article/view/42451  |title= रितो (सहायता)