प्रेम बहादुर पुलामी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सभासद पुलामी माओवादी ताम्सालीङ राज्य समिति सदस्य पनि हुनुहुन्छ। ०४८ देखि विद्यार्थी राजनीतिबाट राजनीतिमा लाग्नुभएका पुलामी वाइसीएलको अध्यक्षहुँदै उहाँ ०५३ देखि भूमिगत हुनुभएको थियो। उहाँ तीन महिना जेल पनि बस्नुभयो। पुलामी ०५३मा माओवादी जिल्ला समिति सदस्य बन्नुभयो। उहाँ नुवाकोट, रसुवा, ललितपुर र मकवानपुर जिल्ला समिति सचिव पनि बन्नुभयो। उहाँले जनमुक्ति सेनामा पनि काम गर्नुभयो। स्क्वाट कमाण्डरहुँदै प्लाटुन कमिसारहुँदै उहँ जनमुक्ति सेनामा बटालियन कमिसारसम्म हुनुभयो। उहाँ मकवानपुर जनसरकार प्रमुख पनि हुनुभयो। गरीब किसान परिवारमा जन्मनुभएका पुलामी ०६०मा माओवादी क्षेत्रीय ब्युरो सदस्यहुँदै सचिव पनि बन्नुभयो।

केही समय जागीरसमेत गर्नुभएका पुलामीले एसएलसीसम्मको औपचारिक शिक्षा लिनुभएको छ। फापरवारी ३ ठाडीखोलामा रत्नकुमारी र जीतबहादुरका छोराको रूपमा जन्मनुभएका पुलामीपत्नी प्रमिला लामा माओवादी मकवानपुर सदस्य हुनुहुन्छ।

जनताले आमूल परिवर्तन चाहेको र त्यसको बाहक नै माओवादी भएकाले 'सक्कली हिङ'लाई भोट दिएर आफू र आफ्नो दललाई जिताएको पुलामीको तर्क छ। दीगो शान्ति स्थापनाका लागि सविधानमा गर्नुपर्ने सुनिश्चितता र सम्पूर्ण जनताको अधिकारलाई सविधानमै सुनिश्चित गराउनु उहाँको मूल मुद्दा हो।[१]

सन्दर्भ[सम्पादन गर्ने]