प्रेम बाहादुर तामाङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सभासद् प्रेमबहादुर तामाङ 'प्रतीक' संयुक्त जनक्रान्तिकारी परिषद् रसुवा प्रमुख र माओवादी रसुवा सचिवालय सदस्य हुनुहुन्छ। २७ वर्षीय तामाङ ०५१मा १३ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो। उहाँ अखिल क्रान्तिकारी रसुवाको सदस्य हुनुभयो। ०५९मा उहाँ माओवादी रसुवा सदस्य बन्नुभयो। जनमुक्ति सेनातर्फ सेक्सन सहकमाण्डरहुँदै प्लाटुन कमिसार हुनुभयो। उहाँले पाल्पा, नवलपरासीको चोरमारे, नुवाकोटलगायतका दर्जनौं मोर्चामा भाग लिनुभयो।

सयांै वर्षदेखि सामन्ती सत्ताका दास बनेका नेपाली जनतालाई नयाँ संविधानमा मुलुकको मालिक बनाउनु नै आफ्नो मूल एजेण्डा रहेको बताउनुहुन्छ। पार्टीको नीति, योजना र संविधानसभा नै माओवादीको एजेण्डा भएको र आफूले जीवनको उर्बर समय पनि क्रान्तिमै लगानी गरेकाले जनताले जिताएको उहाँको दाबी छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]