प्रेम सुवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रेम सुवाल नेपाल मजदुर किसान पार्टीको एक राजनीतिज्ञ हुन्। उनले नेपालको पहिलो सङ्घीय संसद मा भक्तपुर १ को प्रतिनिधित्व गर्छन् ।। प्रतिनिधिसभा निर्वाचन, २०७४ उनी ३३,०७६ (४६.९४%) मत ल्याएर भक्तपुर १ क्षेत्रबाट निर्वाचित भए । [१] [२]

नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध भई २०३२ सालदेखि राजनीतिमा सक्रिय नेपाल मजदुर किसान पार्टीमा २०३९ सालमा प्रारम्भिक कमिटी सदस्य हुँदै पार्टीगत राजनीति आरम्भ २०४७ सालमा नेमकिपाकै केन्द्रीय सदस्य २०४९(०५४ सालसम्म केन्द्रीय सचिव २०७४ सालदेखि पुनः केन्द्रीय सचिव ।


संसदीय यात्रा स् संविधानसभा सदस्य निर्वाचन २०७० मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित। संविधानसभा र व्यवस्थापिका विभिन्न समितिमा रहेर कार्यसम्पादन । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भक्तपुर १ बाट निर्वाचित हाल राज्य तथा सुशासन समितिमा सदस्य ।


विशेष जिम्मेवारी : भक्तपुर नगरपालिकाको प्रमुख २०५४

विशेष रुचि: परराष्ट्र, राजनीति र अर्थतन्त्र

राजनीतिक घटनाक्रम : राजनीतिक आन्दोलनका क्रममा २० महिना भूमिगत जीवन । जनआन्दोलनका क्रममा तीन महिना बन्दी जीवन ।


संसदीय गतिविधिमा प्रखर सासदका रूपमा परिचय बनाउनुभएका सुवाल आफूलाई निष्ठाको राजनीतिज्ञका रूपमा परिचित गराउन बाहनुहुन्छ २०७० सालदेखि उहाँ निरन्तर संसदीय राजनीतिमा क्रियाशील हुनुहुन्छ ख्वपः कलेजका संस्थापक अध्यक्ष समेत रहनुभएका उहाँले विभिन्न शैक्षिक संस्थाको व्यवस्थापनमा रहेर काम गर्नुभएको छ । सुवाल २०५४ सालमा भक्तपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो। उहाँको चीन अध्ययन भ्रमण नामक पुस्तक प्रकाशित छ। राज्यबाट उहाँले संविधानसभा पदक प्राप्त गर्नुभएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Election Commission of Nepal
  2. "NWPP's Suwal elected from Bhaktapur-1 - Setopati", अन्तिम पहुँच २०२१-०५-१५