प्रोल्याक्टिन
प्रोल्याक्टिन (अङ्ग्रजीः Prolactin, जसलाई lactotropin र mammotropin पनि भनिन्छ) एक प्रोटिन हो जुन मुख्य रूपमा स्तनधारी प्राणीमा दूध उत्पादन सक्षम पार्ने भूमिकाका लागि परिचित छ। यो मानवसहित विभिन्न स्तनधारी प्राणीहरूमा ३०० भन्दा बढी अलग–अलग प्रक्रियामा प्रभावकारी हुन्छ। प्रोल्याक्टिन पिट्यूटरी ग्रन्थि (pituitary gland) बाट निस्कन्छ[१] र यसको स्राव (secretion) खाने, जोडी मिलाउने, इस्ट्रोजेन उपचार, अण्डोत्सर्ग (ovulation) र स्तनपान (nursing) जस्ता घटनाहरूको मुख्य भुमिकामा रहन्छ। यी प्रक्रियाहरूको बीचमा प्रोल्याक्टिन धेरै मात्रामा उत्पन्न हुन्छ। प्रोल्याक्टिनले मेटाबोलिज्म, प्रतिरक्षा प्रणालीको नियमन (immune system regulation) र अग्न्याशय (pancreas) को विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दछ।
यसको खोज अमानव प्राणीमा करिब १९३० मा अष्कार रिडल (Oscar Riddle) द्वारा गरिएको थियो र मानवमा १९७० मा हेनरी फ्रिसेन (Henry Friesen) द्वारा पुष्टि गरिएको थियो। प्रोल्याक्टिन पेप्टाइड हर्मोन (peptide hormone) हो र यसलाई PRL जीन ले कोड गर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Freeman, Marc E.; Kanyicska, Béla; Lerant, Anna; Nagy, György (२०००-०१-१०), "Prolactin: Structure, Function, and Regulation of Secretion", Physiological Reviews 80 (4): 1523–1631, आइएसएसएन 0031-9333, डिओआई:10.1152/physrev.2000.80.4.1523।