सामग्रीमा जानुहोस्

प्रोल्लास सिन्धुलीय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०३२ वैशाख ७ गते रामनवमीका दिन सिन्धुली, गैयाँटारमा जन्मिएका साहित्यकार प्रोल्लास सिन्धुलीय मूलतः कवि हुन् । पिता सुप्रसिद्ध महाकाव्यकार उमानाथ शास्त्री सिन्धुलीय र लालित्यदेवी दाहालका कान्छो सुपुत्र उनले नेपाली साहित्यमा कविबाहेक कथाकार, उपन्यासकार, निबन्धकार, गीतकार, जीवनीकार र बालसाहित्यका सर्जकसमेतको परिचय बनाएका छन् । उनका हालसम्म विविध विधाका डेढ दर्जन जति कृति प्रकाशित भएका छन् । []

प्रोल्लासका प्रकाशित पुस्तक यसप्रकार छन्ः

कवितासङ्ग्रहः

बाहिर एकमुठी तुसारो छ (२०५३)

शब्दहरूको नेपथ्य (संयुक्त, २०५६)

चुपचापको अन्त्य (२०६१)

झन्डालाई डिभी प¥यो भने के हुन्छ ? (२०६९)

जन्मजात बाहुनको विज्ञप्ति (२०७४)

यतै कतै (संयुक्त, २०७८)

बालचित्रकथा–सङ्ग्रहः

चुइँके जुत्ता र भुक्के चप्पल (२०६१)

चाँदीको तारा (२०६३)

पँधेरोको अँध्यारो (२०६३)

भोकको ओखती (२०६३)

हिस्स बूढी खिस्स दाँत (२०६३)

कथासङ्ग्रहः

बागबजार बोल्दैन (२०८१)

अन्य कृतिः

आँखाभरि भुइँकुहिरो (गजलसङ्ग्रह, २०५९)

हिँड्दै थिएँ उकालीमा (गीतसङ्ग्रह, ०६९)

कल्पना पाण्डेः दूध हालेको चिया खान्छे (यात्रा–निबन्धसङ्ग्रह, २०७१)[]

टाउको नभएको तस्वीर (लघुकथासङ्ग्रह, ०७३)

शून्य डिग्री (उपन्यास, २०७३)

सिन्धुलीका प्रथम शहीद बाबुराम बराल (जीवनी, २०७५)

भग्न दैनिकी (दैनिकी, २०७५)

पेशाले उनी अब्बल सम्पादक हुन् । उनले नेपाली साहित्यका दर्जनौँ कृति सम्पादन गरेका छन् । यसका साथै ‘कथालिका’ (आख्यान पत्रिका), ‘सेतो कागज’ (पृथक् काव्यपत्रिका), ‘सानुमान्छे’ (बालपत्रिका) इत्यादिको सम्पादक पनि हुन् उनी । दुई दर्जन जति अखबारी र साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका उनी ‘नयाँ पत्रिका दैनिक’का पूर्व उपसम्पादक पनि हुन् ।

अचेल गुह्येश्वरी, काठमाडौँमा स्थायी बसोबास गर्दै आएका उनीसित मोबाइल नम्बरः ९८५१०११३७९, इमेलः poetprollas@gmail.com मार्फत सम्पर्क गर्न सकिन्छ ।

उनी शून्य डिग्री (२०७३) उपन्यासबाट जीवनीपरक उपन्यास लेखनमा दत्तचित्तले लागिपरेका हुन् । उनको पछिल्लो उपन्यास भग्न भैरव (२०७९) त्यही तपस्याको अर्को उपज हो । []

प्रोल्लास अचेल पृथ्वीनारायण शाहकालीन सिन्धुलीगढी युद्धकथा ‘फिरङ्गी’ र सिन्धुलीगढीकै अदभुत प्रेमकथा ‘सुन्तलीमाई’को आख्यानीकरणमा सबै कामकुरा छाडेर भिडिरहेका छन् ।

  1. Himal Khabar (२०२३-०६-३०), किताबका कुरा: प्रोल्लास सिन्धुलीयसँग | Kitab Ka Kura with Prallash Sindhuliya | Episode 47, अन्तिम पहुँच २०२५-०९-०३
  2. "Jenan Nepal - हार्दिक निमन्त्रणा !!! ----------- कार्यक्रम- राउन्ड टेबल गसिप पुस्तक - कल्पना पाण्डे: दूध हालेको चिया खान्छे (यात्रा निबन्धहरू) लेखक - प्रोल्लास सिन्धुलीय मिति - ३० फाल्गुन २०७१, शनिबार समय - बिहान ११ बजे स्थान - मकवानपुर ब. क्याम्पसको हल ---------- 'राउन्ड टेबल गसिप' मूलत: पुस्तकमाथि गहन छलफल/अन्तरक्रिया गरिने कार्यक्रम हो । यस कार्यक्रमलाई रिडर्स क्लब मकवानपुर र अक्षर प्रकाशन हेटौँडाले संयोजनको कार्य गर्नेछ । | Facebook", www.facebook.com (नेपालीमा), अन्तिम पहुँच २०२५-०९-०३
  3. छ’, सागर बुढाथोकी-‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा, "‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’", ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’, अन्तिम पहुँच २०२५-०९-०३