प्लिज प्लिज प्लिज
| "प्लिज प्लिज प्लिज" | ||||
|---|---|---|---|---|
| सब्रिना कार्पेन्टरको एकल | ||||
| सार्वजनिक | ६ जुन २०२४ | |||
| रेकर्ड | मार्च २०२४ | |||
| स्टुडियो | इलेक्ट्रिक लेडी स्टुडियो (न्युयोर्क सहर) | |||
| किसिम | ||||
| लेबल | आइल्यान्ड | |||
| गीतकार(हरू) |
| |||
| रेकर्ड निर्माता(हरू) | ज्याक एन्टोनोफ | |||
| सब्रिना कार्पेन्टर एकल कालक्रम | ||||
| ||||
| साङ्गीतिक भिडियो | ||||
| "प्लिज प्लिज प्लिज" युट्युबमा हेर्नुहोस् | ||||
| Audio sample | ||||
"प्लिज प्लीज प्लीज" अमेरिकी गायिका सब्रिना कार्पेन्टरको छैटौँ स्टुडियो एल्बम सर्ट एन स्विट (२०२४) को गीत हो। यो एल्बमको दोस्रो एकलको रूपमा ६ जुन २०२४ मा आइल्यान्ड रेकर्ड्स मार्फत जारी गरिएको थियो। ज्याक एन्टोनोफद्वारा निर्मित, यो गीत एन्टोनोफ, कार्पेन्टर, र एमी एलेनद्वारा लेखिएको थियो। यो गीत याट रक, कन्ट्री पप, अल्टरनेटिभ कन्ट्री, डिस्को-पप, र सिन्थ-पप शैलीको हो, जसमा कार्पेन्टरले आफ्नो प्रेमीको "ब्याड-ब्वाइ" प्रतिष्ठाले उनीहरूको सम्बन्ध र उनको आत्म-सम्मानमा असर पार्ने डर र लज्जा व्यक्त गर्छिन्।
गीतले रिलिजसँगै सङ्गीत समीक्षकहरूबाट प्रशंसा पाएको थियो।[१] "प्लिज प्लीज प्लीज" बिलबोर्ड हट १०० को शीर्ष स्थानमा पुगेको, जसले यसलाई कार्पेन्टरको चार्टमा पहिलो नम्बर-वन एकल गीत बनाएको थियो। संयुक्त राज्य अमेरिकाबाहेक, "प्लिज प्लीज प्लीज" अस्ट्रेलिया, आयरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, र संयुक्त अधिराज्यको चार्टमा शीर्ष स्थानमा पुगेको थियो। यसले क्यानडा, डेनमार्क, नेदरल्यान्ड, पोर्तुगल, र स्विडेनसहितका अन्य १८ देशमा शीर्ष दसमा स्थान बनाएको थियो।
"प्लिज प्लीज प्लीज" ६७औँ वार्षिक ग्रामी पुरस्कारमा वर्षको गीतको लागि मनोनयन भएको थियो। डली पार्टनसँगको रिमिक्स फेब्रुअरी २०२५ मा जारी गरिएको थियो र यसलाई अमेरिकी कन्ट्री रेडियोमा प्रचार गरिएको थियो।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sabrina Carpenter dominates global Apple Music charts with her two singles", The Express Tribune, जुन ११, २०२४, मूलबाट जुन ११, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २६, २०२४, "The pop sensation released both tracks [Espresso and Please Please Please] have recently been following paislee Nelson with her style journrey, and they quickly gained traction, earning widespread acclaim from fans and critics alike."
- ↑ Tomás Mier (२०२५-०२-१४), "Hear Sabrina Carpenter and Dolly Parton Duet on 'Please Please Please'", Rolling Stone, मूलबाट फेब्रुअरी १५, २०२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२५-०२-१४।