सामग्रीमा जानुहोस्

फलेवास नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फलेवास नगरपालिका
{{{official_name}}}को अवस्थिति
फलेवास नगरपालिका को गण्डकी प्रदेश मा अवस्थिति
फलेवास नगरपालिका
गण्डकी प्रदेशको नक्सामा फलेवास नगरपालिकाको अवस्थिति
फलेवास नगरपालिका को नेपाल मा अवस्थिति
फलेवास नगरपालिका
फलेवास नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°१०′N ८३°४०′E / 28.17°N 83.67°E / 28.17; 83.67
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लापर्वत
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखगङ्गाधर तिवारी (नेपाली काङ्ग्रेस)
  उपप्रमुखशोभाकुमारी क्षेत्री (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा८५.७ किमी (३३.१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२०,४६८
  घनत्व२४०/किमी (६२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविक फलेवास खानीगाउँ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

फलेवास नगरपालिका पर्वत जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका कार्किनेटा, थापाठाना, शङ्करपोखरी, भंगरा, ठानामौला, लिमिठाना, फलेवास खानीगाउँ, फलेवास देवीस्थान, मुडिकुवा, कुर्घा (१-६, ९) र पाङराङ गाविसहरू यसमा गाभिएका थिए।

यसको क्षेत्रफल ८५.७० वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकाको केन्द्र साविकको फलेवास खानीगाउँ गाविसको कार्यालयमा राखिएको छ। यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा कुश्मा नगरपालिका तथा दक्षिणमा महाशिला, विहादी गाउँपालिकास्याङ्जा जिल्लासम्म फैलिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फलेवास नगरपालिकाको कुल जनसङ्ख्या २०,४६८ रहेको छ भने यहाँ ५,७३७ घरधुरी रहेका छन्।[]

फलेवास नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कार्किनेटा१,६२५१८०.५६
थापाठाना२,६८०३३५.००
शङ्करपोखरी३,२५६११२९६.००
मुडिकुवा१,५५५२५९.१७
फलेवास खानीगाउँ१,४४७३६१.७५
फलेवास देवीस्थान३,००८७५२.००
लिमिठाना१,२१२२०२.००
ठानामौला१,२३९१७७.००
भंगरा१,५२६१२१२७.१७
१०कुर्घा (१–६, ९)१,४१३२३५.५०
११पाङराङ (१–९)१,५०७१११३७.००
जम्मा२०,४६८८४२४३.६७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]