सामग्रीमा जानुहोस्

फाप्लु विमानस्थल

निर्देशाङ्कहरू: २७°३१′उ ८६°३५′पू / 27.517°N 86.583°E / 27.517; 86.583
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


फाप्लु विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थानफाप्लु, नेपाल
उचाइ समुद्री सतह७,९१८ ft / २,४१३ m
निर्देशाङ्क२७°३१′उ ८६°३५′पू / 27.517°N 86.583°E / 27.517; 86.583
नक्सा
फाप्लु विमानस्थल is located in नेपाल
फाप्लु विमानस्थल
फाप्लु विमानस्थल
नेपालको नाक्सामा विमानस्थल
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
६७१ २,२०१
स्रोत:[]

सोलुखुम्बु जिल्लाको सदरमुकाम | ३० मिनेटको दुरीमा रहेका फाप्लु र सल्लेरी जुम्ल्याहा वजार हुन |

फाप्लुमा काठमाडौंबाट दैनिक चार वटा उडान हुन्छन्। हवाईजहाजले आधा घण्टामै पुर्‍याउने फाप्लु, जिरीसम्म एक दिनको बसयात्रा र त्यहाँबाट दुई दिनको पैदल यात्रामा पनि पुग्न सकिन्छ। कच्ची सडक अलि परैसम्म गए पनि नियमित यातायात नचलेकाले ट्रेकिङ रुचाउनेहरूका लागि रमाइलै लाग्छ जिरी-फाप्लु पदयात्रा। पैदल गएर हवाईजहाजमा फर्कन पनि सकिन्छ। बाटोमा खाने-बस्ने सामान्य सुविधा पाइन्छ।

तीनतिरबाट पहाडले छेकेको खोँचमा बसेको फाप्लु विमानस्थलदेखि नै नुम्बुर (६९५९ मि.) र कार्यालुङ (६५११ मि.) हिमालले स्वागत गर्छन्। सगरमाथा हेर्न चाहिँ फाप्लुबाट तीन घण्टाको बाटो रत्नागे वा ६ घण्टाको जूनबेसी पुग्नुपर्छ। फाप्लुबाट तीन घण्टा परको फुर्तेनबाट पनि सगरमाथाको राम्रो दृश्यावलोकन गर्न सकिन्छ। चार सय वर्ष पुराना बौद्ध गुम्बा भएको जूनबेसी पाँच सय जति भिक्षु, आनी र ननहरूको बासस्थान पनि हो। यहाँ थुप्तेन, छोलिङलगायत गुम्बाका बौद्धमार्गीहरूको आत्मीयता पाइन्छ। रत्नागे र जूनबेसीमा एक-दुई रात बस्ने गरी गयो भने झ्नै रमाइलो हुन्छ। अलिपरका पिके डाँडा, तामाखानीसम्म पुग्ने हो भने तीनदेखि सात दिन हिँड्नुपर्छ। फाप्लुबाट हिँडेरै दुई दिनमा लुक्ला र तीन दिनमा नाम्चेबजार पुग्न पनि सकिन्छ।

फाप्लु र सल्लेरी वरपरका एक दर्जन गुम्बा तथा पुराना शेर्पा घरहरूको आकर्षण बेग्लै छ। उत्तरतिरको अग्लो डाँडामाथिको चेवाङ गुम्बाबाट फाप्लु र सल्लेरीलाई हेर्दा हवाईजहाजबाट तल हेरे जस्तै लाग्छ। यो गुम्बा फाप्लुका नामी शेर्पा, साङ्गे लामाको परिवारले बनाएको हो। फाप्लुमा साङ्गे र उनको परिवारका धेरै किस्सा र कामहरू सुन्न-देख्न पाइन्छ। राणा प्रधानमन्त्री चन्द्रशम्शेरका मीत साङ्गेले १४० वर्षअघि बनाएको भव्य घरसहितको गुम्बाले अझ्ै पनि आगन्तुकहरूको ध्यान तानिरहेको छ। उनका छोरा-नातिले बनाएका ठूला घरहरू पनि फाप्लुको आकर्षण नै छन्। फाप्लुबाट दक्षिणतिर चेल्सामा ४० वर्षअघि बसेको तिब्बती शरणार्थी बस्ती छ, जहाँ करिब सय जना शरणार्थी भेटिन्छन्। यहाँको ज्वालामाई मन्दिर पनि प्रसिद्ध छ।


फाप्लु र सल्लेरीमा साङ्ग्रिला गेष्टहाउस, नुम्बुर लज, एभरेष्ट गेष्टहाउस, होटल डेल शेर्पालगायत एक दर्जन जति राम्रा होटल तथा गेष्टहाउस छन् भने घरैपिच्छे जस्तो देखिने साना होटल, रेस्टुरेन्ट पनि पाहुनको स्वागत-सत्कार गर्न तम्तयार भेटिन्छन्। एक दिन खान र बस्न १०० अमेरिकी डलर लिएर प्रायः विदेशी पर्यटकहरूलाई राख्ने विदेशीकै व्यवस्थापनमा चलेको होटल डेल शेर्पाबाहेक अन्य होटल, गेष्टहाउसमा रु.३०० सम्ममा कोठा पाइन्छन्। सादा खानाको लागि रु.१५० र मासुभातको लागि रु.२०० खर्च हुन्छ। कति दालभात मात्रै खाने? आलुको रोटी, सेक्पा, फाल्की जस्ता शेर्पा खानाको स्वाद लिन नचुक्नोस्, खुबै मीठो लाग्नेछ।

डाँडाको भिरालो भागमा लमतन्न परेर बसेको सल्लेरी बजार त्यसै घुम्न पनि आनन्दै लाग्छ। बीचमा गाडी गुड्न सक्ने कच्ची सडक छ र सडकको दुवैपट्टि लस्करै घर, पसल, होटल रेस्टुरेन्ट, सरकारी-गैरसरकारी संस्थाका कार्यालय, शैक्षिक केन्द्रहरू तलदेखि माथिसम्मै छन्। एम्बुलेन्स, ट्याक्टर र मोटरसाइकल जस्ता बोकेर पुर्‍याइएका केही यातायातका साधनहरू पनि आक्कलझ्ुक्कल दौडिरहेका हुन्छन्। साताको एकदिन ठूलै हाट लाग्ने नयाँबजार र दोर्पु बजार सल्लेरीमै छन्। २० वर्ष पुरानो हुन लागिसक्दा पनि नयाँ बजार नयाँ नै छ। शेर्पा, राई र क्षेत्रीहरूको मुख्य बसोबास रहेको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नेवार, बाहुनलगायत अन्य जातजाति पनि राम्रै सङ्ख्यामा देखिन्छन्।

कम्तीमा पनि तीनदेखि पाँच दिनको समय निकालेर फाप्लु-सल्लेरी जाने हो भने घुमघामको आनन्द मज्जैले लिन सकिन्छ। यस्तै आनन्दमा रमाएर होला गायिका पार्वती राईले टीका चाम्लिङको शब्दमा गाएकी छन्।

कल कल गर्दै बगिरहन्छ खोला कल्लेरी

आउनुस् हजुर हिमाल हेर्न सोलु-सल्लेरी

{stub}

  1. Airport information for Phaplu, Nepal (VNPL / PPL) at Great Circle Mapper.