फाहिता
| यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र विकीकरण गर्न आवश्यक छ । लेख राम्रो पार्न, कृपया विषेश गरी यसको सामग्री, लेआउट, सान्दर्भिकता, वाह्य लिङ्क सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा छ । |
एउटा रोटि माथि पोलेको मासु राखेर तयार गरिएको खानेकुरालाई फाहिता भनिन्छ| अङ्ग्रेजीमा Fajita लेखिने भएता पनि , स्पानीस भाषामा 'ज'को उच्चारण आवश्यकता अनुसार 'ह्' वा 'अ' हुने भएकोले यसको उच्चारण "फाहिता" वा "फाईता" हुन्छ |
यो उत्तरी मेक्सिको र दक्षिणि-टेक्सासको स्थानिय परिकार भएकोले यसलाई Tex-Mex परिकार पनि भनिन्छ| परम्परागत रूपमा गाइको दुई टुक्रा मासु राखेर तयार गरिने यो परिकारमा आज भोलि जुनसुकै मासु पनि प्रयोग गर्ने गरिन्छ| सजिलोको लागि मासुलाई प्याज हरू सँग भुटेर ,भात र चिज सँग तयार गरिने फाहिता पनि धेरै लोकप्रिय छ|
- बनाउने बिधि
सामग्रीः १ सय ग्राम चिकेन, २५ ग्राम प्याज, २५ ग्राम भेडेखुर्सानी, २५ ग्राम राजमा झोल गरि पकाएको, रोटी ३ पीस, आधा कप भुजा, आधा चम्चा भेनिगर, आधा चम्चा वस्टर्ड सस, नून, तेल,पेपर स्वाद अनुसार ।
विधिः चिकेनलाई स्लाईस बनाएर काट्ने। प्याज र भेडेखुर्सानीलाई पनि सोही आकारमा काटी फ्राइप्यानमा तेल हालेर मसला सहित भुट्ने। सर्भ गर्दा ब्राउन राइसमा झोल राखेको राजमा हाल्ने। अर्का भाँडोमा रोटी तथा अर्का भाँडोमा सल्सा, क्रीम र चिज हालेर सर्भ गर्ने।
| विकिमिडिया कमन्समा Fajitas सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |