फिफा महिला विश्व वरियता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२८ सेप्टेम्बर २०१८ मा सूचिकृत पहिलो २० उत्कृष्ट समूहहरू[१]
बरियता परिबर्तन टोली अङ्क
Steady  संयुक्त राज्य २११४
Steady  जर्मनी २०६०
वृद्धि  इङ्ल्यान्ड २०३४
ह्रास  फ्रान्स २०३३
Steady  क्यानडा २०१४
वृद्धि  अस्ट्रेलिया २०१२
ह्रास  जापान १९८१
ह्रास  ब्राजिल १९७३
वृद्धि  स्वीडेन १९६४
१० ह्रास  नेदरल्यान्ड १९६३
११ ह्रास  उत्तर कोरिया १९३८
१२ Steady  स्पेन १९१६
१३ वृद्धि  नर्वे १९०७
१४ वृद्धि  दक्षिण कोरिया १८८०
१५ वृद्धि  चीन १८७६
१६ ह्रास  डेनमार्क १८६४
१७ ह्रास  इटाली १८५५
१८ Steady  स्विजरल्याण्ड १८४०
१९ वृद्धि  स्कटल्यान्ड १८११
२० Steady  न्युजिल्यान्ड १८१०
*२२ जून २०१८बाट परिवर्तित
फिफा डटकममा पुर्ण बरियता

फुटबलमा, फिफा महिला विश्व वरियता, पुरुषहरूको लागि अवस्थित फिफा विश्व वरियता पछ्याउने क्रममा सन् २००३ मार्चमा पहिलो पटक प्रकाशित वरियता पेश गरिएको थियो।[२] फिफाले कुनै निश्चित समयमा अन्तर्राष्ट्रिय रूपमा सक्रिय महिला राष्ट्रिय टोलीहरूको तुलना गर्न गर्दछ।

वरियता प्रणालीको विशिष्टता[सम्पादन गर्ने]

१) फिफा महिला विश्व वरियता, टोलीले खेलेको हरेक अन्तर्राष्ट्रिय खेलमा आधारित छ। सन् १९७१ मा फिफाद्वारा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल भने फ्रान्सनेदरल्याण्ड्स बिच भएको थियो।

१) फिफा महिला विश्व वरियताले हालैका नतिजाहरूमा जोड दिदैँ आइरहेको छ।

२) फिफा महिला विश्व वरियता वर्षमा मत्रै चार पटक प्रकाशित गरिन्छ। सामान्यतया, मार्च, जून, सेप्टेम्बर र डिसेम्बरमा वरियताहरू प्रकाशन हुँदै आइरहेका छ। (विश्वकपका वर्षहरूमा, विश्व कप परिणामहरू प्रतिबिम्बित गर्नका लागि मितिहरू समायोजन गरिएको छ।)

४) फिफा महिला महिला विश्व वरियता प्रणालीबाट पहिलो दुई बिन्दुहरूको परिणाम फुटबलको लागि अनुकूल गरिएको एलो दर्जा प्रणालीमा आधारित छ।

सन् २०१८ मा, निरन्तर आलोचना पछि एलो प्रणालीमा आधारित गर्दै फिफाले पुरुष वरियता प्रणालीलाई परिमार्जन गरेको थियो। फिफाले टोलीहरूको मूल्याङ्कनलाई सूचीको अन्त्यमा ५ भन्दा कम खेलसँग सूचीबद्ध गरेको छ। साथै कुनै टोलीले १८ महिना सम्म अन्तर्राष्ट्रिय खेल खेलेन भने फिफाले उक्त राष्ट्रिय टोलीलाई वरियतामा समावेश गरेको छैन।

महिला फुटबल नेतृत्वकर्ता[सम्पादन गर्ने]

हालसम्म, फिफा महिलाको श्रेणीमा नेतृत्व लिने जर्मनीसंयुक्त राज्य अमेरिका मात्र दुई टोलीहरू हुन्। उनीहरूले फिफा महिला वरियताको पाँच प्रकाशनमा शीर्ष दुई स्थानहरू ओगटेका थिए। जर्मनी तेस्रो स्थानमा भएको बेलामा, नर्वे दोस्रो स्थानमा रहेको थियो। पछि, जर्मनीले २००३ फिफा महिला विश्वकप जित्दै उनीहरूलाई पछाडि पारेको थियो। सन् २००९ मार्चमा ब्राजिल दोस्रो स्थानमा थियो र जुन २००९ मा जर्मनी २००८ युरो कप जित्दै शीर्ष दुईमा सामेल भएको थियो र मार्च २०१८ मा, इङ्ल्यान्ड दोस्रो स्थानमा रहेको थियो।

मार्च २००८ देखि डिसेम्बर २०१४, करीव ७ वर्ष सम्म संयुक्त राज्य अमेरिका सबैभन्दा लामो अवधि सम्म शीर्ष स्थानमा रहेको थियो।

वरियता प्रक्रिया[सम्पादन गर्ने]

वरियता निम्नलिखित सूत्रहरूमा आधारित छ: [२]

वरियता तालिका[सम्पादन गर्ने]

फिफा महिला विश्व वरियता १ वर्षको ४ पटक प्रकाशित गरिन्छ र प्रायः शुक्रबार प्रकाशन गरिँदै आइरहेको छ[३]

२०१८ को वरियता तालिका
प्रकाशन मिति
२३ मार्च
२२ जून
२८ सेप्टेम्बर
७ डिसेम्बर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "फिफा/कोका-कोला विश्व बरियता - महिला", फिफा, २२ जून २०१९, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१८ 
  2. २.० २.१ "तथ्या पाना, फिफा महिफा विश्व वरियता", अन्तिम पहुँच २०१५-०६-०८ 
  3. "महिला विश्व वरियता", फिफा/कोका-कोला विश्व वरियता, फिफा, अन्तिम पहुँच ११ जनवरी २०१८ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]