फिफा विश्वकप - २०१० का निराशाजनक प्रदर्शनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
  • लियोनल मेसी (अर्जेन्टिना)

क्लब फुटबलमा गरेको सनसनीपूर्ण प्रदर्शन लियोनल मेसीले विश्वकपमा पनि दोहोर्‍याउने धेरैको विश्वास थियो, तर उनी चम्कन सकेनन्। बार्सिलोनाका लागि गरिरहेको जादु उनले अर्जेन्टिनाका लागि गर्न सकेनन्। मेसीले आफूलाई महान् खेलाडीका रूपमा स्थापित गर्ने सुनौलो अवसर गुमाए।

यो सिजनमा बार्सिलोनाका लागि ४७ गोल गरेका मेसीले विश्वकपमा कुनै गोल गर्न सकेनन्। २३ वषर्ी यी फरवार्डको उपस्थिति जर्मनीसँग ४-०ले हारेको क्वाटरफाइनलमा शून्यसरह नै थियो। ३ सय ३७ पास खेल्दै ३० पल्ट पोस्ट आक्रमण गरे पनि उनले गोलको खाता खोल्न सकेनन्। विश्वकै सर्वाधिक पारिश्रमिक थाप्ने मेसी अन्ततः विश्वकपमा असफल भए। तैपनि उनकै पासमा अर्जेन्टिनाले १० मध्ये ८ गोल गरेको थियो।

  • क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

संसारकै सबैभन्दा महँगा खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो। गएको वर्ष मात्र स्पेनी क्लब रियल म्याडि्रडले उनलाई म्यानचेस्टर युनाइटेडबाट कीर्तिमान १३ करोड २० लाख अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। घुँडाको चोटका बाबजुद पनि रियलका लागि यो सिजनमा ३३ गोल गरेकाले पनि उनले विश्वकपमा पोर्चुगललाई सफलता दिलाउने धेरैको विश्वास थियो।

दक्षिण अफ्रिकामा उनको कुनै जादु चलेन। उनी पूर्णता फ्लप भए। चार वर्षअघि सेमिफाइनल पुगेको पोर्चुगल यसपल्ट अन्तिम-१६ बाटै घर फर्कियो। पोस्ट आक्रमण २१ पल्ट गरे पनि २५ वषर्ीय रोनाल्डोको एउटा प्रहारले मात्र जाली चुम्यो। त्यो पनि उत्तर कोरियालाई ७-०ले हराएको खेलमा। बाँकी तीन खेलमा पोर्चुगलले गोल नै गर्न सकेन।

  • वायन रुनी (इंग्ल्यान्ड)

यो विश्वकपको सबैभन्दा खराब प्रदर्शन गरेका वायन रुनीले 'सुपर-फ्लप' का रूपमा नयाँ परिचय बनाएका छन्। म्यानचेस्टर युनाइटेडका लागि क्लब फुटबलमा देखाएको जादु उनले इंग्ल्यान्डका लागि कहिल्यै प्रस्तुत गर्न सकेका छैनन्। त्यो क्रम विश्वकपमा पनि दोहोरियो।

बलियो शरीरका २४ वषर्ीय फरवार्ड रुनी लगातार आठ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न चुके। यस्तो तथ्यांक असफल फरवार्डको नाममा मात्र जोडिन्छ। यो सिजन म्यानचेस्टरका लागि ३४ गोल गरेकाले पनि रुनीले इंग्ल्यान्डलाई विश्वकपमा सफलता दिलाउने आशा गरिएको थियो। मैदानमै हराएजस्तो देखिएका रुनीले एकैपल्ट पनि पोस्टमा बल प्रहार गर्न सकेनन्।

  • काका (ब्राजिल)

विश्वकपअघि ब्राजिललाई उपाधिको प्रमुख दाबेदार मानिएको थियो। छैटौंपल्ट विश्वविजेता बन्ने ब्राजिलको योजनाको नेतृत्व काकाले गर्ने अपेक्षा गरिएको थियो, तर उनी कुनै पनि खेलमा जमेनन्। अपेक्षा गरेजस्ते प्लेमेकरको छाप उनमा कतै देखिएन।

रियल म्याडि्रडका यी २९ वषर्ीय स्टार भलाद्मी खेलाडीका रूपमा चिनिन्थे, तर यो विश्वकपमा उनको छविमा पनि कालो दाग लागेको छ। उनले निरन्तर फल खेले। उनलाई एक-एकवटा रातो र पहेंलो कार्ड देखाउन रेप|mी बाध्य भए। ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिनुमा उनको असफलता पनि एउटा कारण हो।

  • फाबियो कानाभारो (इटाली)

इटालीले चार वर्षअघि चौथोपल्ट विश्वकप उपाधि जित्दाका नायक थिए, कप्तान फावियो कानाभारो। उपाधि रक्षा गर्ने अभियानमा भने उनी खलनायकका रूपमा उभिए। उनले राष्ट्रिय टिमबाट सर्वाधिक १ सय ३६ खेल खेलेको कीर्तिमान बनाए पनि इटालीले समूह चरण पार गर्न सकेन। कानाभरोकै व्यक्तिगत गल्तीले २ गोल खाएपछि इटालीले पाराग्वे र न्युजिल्यान्डसँग बराबरी खेल्यो। अन्तिम खेलमा स्लोभाकियासँग ३-२ले इटाली चुक्दासमेत कानाभारोले टिममा चार वर्षअघिको जस्तो ऊर्जा थप्न सकेनन्।

  • प्याटि्रस एभरा (फ्रान्स)

फ्रान्सेली प्रशिक्षक रेयमन्ड डोमेनेकले म्यानचेस्टर युनाइटेडका लेफ्ट-ब्याक प्याटि्रस एभराप्रति पूर्ण भरोसा गरेका थिए। त्यसैले यी २९ वषर्ीय स्टारलाई उनले फ्रान्सको कप्तान बनाए, तर विभाजित फ्रान्सेली राष्ट्रिय टिमलाई यिनै एभराले संकटमा पार्ने काम गरे।

अनुशासनहीन फरवार्ड निकोलस एनेल्काको समर्थन गर्दै अन्तिम र निणरायक खेलअघिको प्रशिक्षण पूरै टिमलाई त्याग्न लगाएर एभराले विश्वकपमा खलनायकको भूमिका निर्वाह गरे। त्यसैले प्रशिक्षक डोमेनेक उनलाई दक्षिण अपि|mकाविरुद्धको अन्तिम खेलमा नखेलाउने निर्णय गर्न बाध्य भएका थिए।

  • डिडियर ड्रोग्बा (आइभरिकोस्ट)

युरोपेली ठूला क्लबमा व्यस्त स्टार खेलाडीले भरिएको टिम लिएर आइभरिकोस्ट दक्षिण अपि|mका पुगेको थियो। इङ्लिस क्लब चेल्सीबाट व्यावसायिक फुटबल खेल्ने डिडियर ड्रोग्बाको नेतृत्वमा ब्राजिल, पोर्चुगल र उत्तर कोरिया सम्मिलित 'ग्रूप अफ डेथ' बाट दोस्रो चरण पुग्ने विश्वास गरिएको थियो, तर ड्रोग्बाले आइभरिकोस्टका निम्ति गोल गर्ने कौशल देखाउन सकेनन् र मुलुक समूह चरणबाटै घर फर्कियो। यो सिजन चेल्सीका लागि उनले ४४ गोल गरेको स्तर विश्वकपमा कायम राख्न सकेनन्। सम्भवतः अन्तिमपल्ट विश्वकपमा सहभागी यी ३२ वषर्ीय फरवार्डले १ गोल मात्र गरे। त्यस क्रममा उनले १० पल्ट पोस्टमा बल प्रहार गरेका थिए।

  • सामुएल एटो (क्यामरुन)

तीन खेलमा पूरै २ सय ७० मिनेट मैदानमा रहे पनि सामुयल एटोले २ गोल मात्र गरे। त्यसले क्यामरुनलाई नकआउट चरणमा पुर्‍याउन सकेन। एक पेनाल्टीको सहयोगमा गरेको गोलसँगै उनले हरियो जर्सीको ९५ खेलमा आफ्नो गोलसंख्या ४४ पुर्‍याए। उनको गोलले क्यामरुनको लगातार तीन हार टार्न सकेन।

तेस्रोपल्ट विश्वकप खेलेर पनि २९ वषर्ीय फरवार्ड एटो असफल रहे। रियल मालोर्का, बार्सिलोना र इन्टरमिलानमा जस्तै उनले विश्वकपमा गोल गर्न सकेनन्। नाइजेरियालीले उनीप्रति गरेको विश्वास खेर गएको छ।

  • ओबाफेमी मार्टिन्स (नाइजेरिया)

नाइजेरियाका तर्फबाट विश्वकपमा सहभागी २३ जनै खेलाडी युरोपेली क्लबहरूसँग आबद्ध छन्। स्टार फरवार्ड ओबाफेमी मार्टिन्स सबैभन्दा प्रतिभावान् हुन्। त्यसैले उनले नाइजेरियालाई विश्वकपको समूह चरण पार गराउने अपेक्षा गरिएको थियो।

इटालीको रेजिना र इन्टरमिलान तथा इंग्ल्यान्डको न्युक्यासल युनाइटेडपछि अहिले जर्मनीको उल्फबर्गजस्ता ठूला क्लबमा जमेका २५ वषर्ीय मार्टिन्सले विश्वकपमा स्वाभाविक खेल देखाउन सकेनन्, न त गोल नै गरे। त्यसैले नाइजेरिया दुई हार र एक बराबरी खेल्दै समूह चरणबाटै बाहिरिन बाध्य भयो।