फिफ्थ हार्मोनी
| फिफ्थ हार्मोनी | |
|---|---|
सन् २०१७ मा ४ जनको समूहको रूपमा प्रस्तुति दिँदै फिफ्थ हार्मोनी | |
| व्यक्तिगत विवरण | |
| उपनाम | ५एच (5H) |
| उत्पत्ति | मियामी, फ्लोरिडा, संयुक्त राज्य अमेरिका[१] |
| विधा | |
| सक्रिय वर्ष |
|
| लेबल | |
| वेबसाइट | fifthharmony |
| सदस्यहरू | |
| पूर्व सदस्य(हरू) | |
फिफ्थ हार्मोनी (अङ्ग्रेजी: Fifth Harmony), जसलाई प्रायः छोटो रूपमा (5H) भनिन्छ, अमेरिकाको मियामी सहरमा आधारित एक अमेरिकी किशोरी साङ्गीतिक समूह हो। यस समूहको सदस्यहरूमा एली ब्रुक, नोर्मानी, डायना जेन, लरेन हाउरेगी हुन् भने सन् २०१६ डिसेम्बरमा समूहकी गायिका कामिला काबेयोले समूह छाडेकी थिइन्। सन् २०१२ मा अमेरिकी गायन प्रतियोगिता शृङ्खला द एक्स फ्याक्टर को दोस्रो संस्करणमा प्रतिस्पर्धा गरी बाहिरिएपछि यस समूहले साइमन कावेलको लेबल साइको रेकर्ड्स र एलए रिडको एपिक रेकर्ड्ससँगको सम्झौतामा संयुक्त हस्ताक्षर गरेको थियो।
समूहले आफ्नो विस्तारित साङ्गीतिक सङ्ग्रह बेटर टुगेदर अघि आफ्नो पहिलो एकल गीत " मुभिन अन" सार्वजनिक गरेको थियो। सन् २०१५ मा समूहले आफ्नो पहिलो स्टुडियो एल्बम रिफ्लेक्सन जारी गरेपछि यसलाई अमेरिकी रेकर्डिङ उद्योग सङ्घले स्वर्ण प्रमाणीकरण गरेको थियो।[२] यसमा विस्तारित साङ्गीतिक सङ्ग्रहमा "बोस", "स्लेजह्यामर" र "वोर्थ इट" जस्ता एकल गीतहरू समावेश थिए भने यसको पछिल्लो गीत १३ देशका साङ्गितिक तालिकाहरूमा शीर्ष १० स्थानमा पुग्न सफल भएको थियो। सन् २०१६ मा समूहले आफ्नो दोस्रो एल्बम ७/२७ बाट मुख्य एकल गीत "वर्क फ्रम होम" सार्वजनिक गरेको थियो जुन बिलबोर्ड हट १०० मा चौथो स्थानसम्म उक्लिएको थियो।[३] यो गीत उक्त सङ्गीत तालिकामा एक दशकपछि शीर्ष पाँचमा पर्ने किशोरी साङ्गितिक समूहको पहिलो एकल गीत बन्न सफल भएको थियो।[४] यस समूहले सन् २०१७ मा फिफ्थ हार्मोनी नामक तेस्रो एल्बम सार्वजनिक गरेको थियो। सदस्यहरूलाई एकल परियोजनामा लाग्न दिने उद्देश्यले सन् २०१८ मार्चमा यो समूह अनिश्चितकालका लागि निष्क्रिय भएको थियो।[५]
फिफ्थ हार्मोनीले लगभग १ करोड ५० लाख आरआइएए प्रमाणित एकाइहरू बिक्री गरेको थियो।[६] र ३ करोड ३० लाख प्रतिहरू बिक्री भएको तथ्याङ्कका साथ यो समूह सबै समयका सबैभन्दा धेरै बिक्री हुने किशोरी साङ्गीतिक समूहहरू मध्ये एक बनेको थियो।[७] उनीहरू आफ्नो स्वरको दायरा[८] र महिला सशक्तिकरण, आत्म-सकारात्मकता, आत्मविश्वास र एकताका विषयवस्तु भएका गीतहरूका लागि परिचित छन्।[९] नियलसन साउन्डस्क्यानका का अनुसार सन् २०१६ सम्ममा उनीहरूले गीतलाई १ अर्ब ६० करोड पटकसम्म बजाइसकिएको छ।[१०] बिलबोर्ड ले उनीहरूलाई सन् २०१० को दशकको सबैभन्दा सफल किशोरी साङ्गीतिक समूह घोषित गरेको थियो।[११] सन् २०१७ मा, टाइम ले उनीहरूलाई सम्भवतः "विश्वकै सबैभन्दा सफल र प्रख्यात किशोरी साङ्गीतिक समूह" को रूपमा उल्लेख गरेको थियो।[१२]
फिफ्थ हार्मोनीले २१औँ शताब्दीका कुनै पनि किशोरी साङ्गीतिक समूहको तुलनामा अमेरिकी बिलबोर्ड २०० मा सबैभन्दा धेरै शीर्ष १० एल्बमहरू दर्ता गराउन सफल भएको थियो।[१३] उनीहरूले प्राप्त गरेका पुरस्कारहरूमा; १ अमेरिकी सङ्गीत पुरस्कार, तीन एमटिभी युरोप सङ्गीत पुरस्कार, ३ गिनीज विश्व कीर्तिमान, ४ एमटिभी भिडियो म्युजिक पुरस्कार, ४ आईहार्टरेडियो म्युजिक पुरस्कार, पहिलो पटक प्रदान गरिएको बिलबोर्ड वुमन इन म्युजिक] 'वर्ष शीर्ष साङ्गीतिक समूह' पुरस्कार, कीर्तिमानी ५ निकलोडियन किड्स च्वाइस पुरस्कार (कुनै पनि किशोरी समूहका लागि सबैभन्दा धेरै)[१४] र १० टिन च्वाइस पुरस्कारहरू समावेश छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Bio: Fifth Harmony", Fifth Harmony Official, मूलबाट जनवरी ३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १४, २०१५। अभिलेखिकरण जनवरी ३, २०१६ वेब्याक मेसिन
- ↑ "Fifth Harmony's "Reflection," Halsey's "Badlands" Certified Gold As RIAA Adds Track Sales, Streams", Headline Planet (en-USमा), फेब्रुअरी २०१६, मूलबाट अप्रिल ४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ६, २०१६।
- ↑ Trust, Gary (अप्रिल ४, २०१६), "Work' Week: Rihanna Tops Hot 100 for Seventh Week, Fifth Harmony Earns First Top 10 Hit", Billboard, अन्तिम पहुँच अप्रिल ४, २०१६।[मृत कडी]
- ↑ "21 Under 21 2016: Music's Hottest Young Stars", Billboard, मूलबाट अक्टोबर ३, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १९, २०१६।
- ↑ Hughes, Hilary (मे ११, २०१८), "Fifth Harmony Take a Bittersweet Bow at Their Final U.S. Show: Watch", Billboard, मूलबाट मे २३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १२, २०१८।
- ↑ "Fifth Harmony", Recording Industry Association of America, मूलबाट अप्रिल ७, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ९, २०२१।
- ↑ "Top 25: Most influential girl groups of all time (+ Videos)" (स्पेनीमा), E! Online, नोभेम्बर १९, २०१६, मूलबाट फेब्रुअरी ७, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १९, २०१६।
- ↑ "Who the Heck Are Fifth Harmony, and Why Are Teens Obsessed With Them?", Vulture (magazine), फेब्रुअरी १५, २०१५, मूलबाट नोभेम्बर ९, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०२२।
- ↑ Lipshutz, Jason (नोभेम्बर ७, २०१७), "Are You a Harmonizer or a Mixer?", Billboard, मूलबाट जुलाई ११, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १४, २०२२।
- ↑ Anderson, Trevor (डिसेम्बर १९, २०१६), "Fifth Harmony's Billboard Chart Highlights: The First Chapter", Billboard, मूलबाट सेप्टेम्बर २४, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१६।
- ↑ Lipshutz, Jason (मार्च २०, २०१८), "Why Fifth Harmony Mattered: Evaluating the Legacy of the Biggest Girl Group of the '10s", Billboard (en-USमा), मूलबाट जनवरी ११, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ११, २०२२।
- ↑ June 8, Raisa Bruner; Edt, 2017 8:00 Am, "Fifth Harmony on Finding Their Groove as a Foursome", Time (अङ्ग्रेजीमा), मूलबाट मे ११, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २६, २०२२। अभिलेखिकरण मे ११, २०२२ वेब्याक मेसिन
- ↑ "Billboard Explains The Evolution of Girl Groups | Ghostarchive", ghostarchive.org, अन्तिम पहुँच २०२२-०७-०४।
- ↑ "Most Nickelodeon Kids' Choice Awards won by a music group | Guinness World Records", जनवरी ११, २०२२, मूलबाट जनवरी ११, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ११, २०२२।