सामग्रीमा जानुहोस्

फुकुओका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फुकुओका प्रान्त जापानको दक्षिण-पश्चिमी भागमाको क्युशु टापुमा अवस्थित रहेको छ। यसको राजधानी फुकुओका सहर हो, जुन क्युशुको सबैभन्दा ठूलो सहर पनि हो। यस प्रान्तको क्षेत्रफल करिब ४,९८६ वर्ग किलोमिटर र जनसङ्ख्या पाँच मिलियन भन्दा बढी छ, जसले यसलाई जापानको जनसङ्ख्याका हिसाबले आठौं स्थानमा राख्छ।[]

फुकुओका धार्मिक र सांस्कृतिक दृष्टिले समृद्ध क्षेत्र हो। यहाँ कोरा ताइशा, सुमियोशी-जिञ्जा र हाकोजाकी-गु जस्ता प्रमुख शिन्तो मन्दिरहरू छन्।[] बौद्ध मन्दिरहरूमा शोफुको-जी, तोचो-जी, र कान्जेओन-जी ऐतिहासिक रूपमा महत्वपूर्ण छन्। भिक्षु एइसाइ र कुकाईले स्थापना गरेका यी मन्दिरहरूले जापानमा जेन बौद्ध धर्मको विकासमा योगदान गरेका थिए।

फुकुओकाको १८ प्रतिशत भूभाग राष्ट्रिय वा प्राकृतिक निकुञ्जका रूपमा संरक्षित छ, जसमा सेतोनाइकाई, गेन्काई, किताक्युशु र याबा-हिता-हिकोसान अर्ध-राष्ट्रिय निकुञ्जहरू सामेल छन्।[]

खेलकुदमा, आभिज्पा फुकुओका (फुटबल), सफ्टबैंक हक्स (बेसबल), र राइजिङ जेफर फुकुओका (बास्केटबल) जस्ता टोलीहरू हुन्।[] फुकुओका अन्तर्राष्ट्रिय म्याराथन ७५ वर्षसम्म जापानको प्रतिष्ठित खेल आयोजनामध्ये एक थियो।

फुकुओकामा पाँच याकुजा समूहहरू सक्रिय छन् - कुदो-काई, दोजिन-काई, फुकुहाकु-काई, ताइशु-काई र नामिकावा-काई , जसका कारण कहिलेकाहीँ अपराध दर उच्च रहँदै आएको छ।[]

अर्थतन्त्र र शिक्षा

[सम्पादन गर्नुहोस्]

अर्थतन्त्रका दृष्टिले, फुकुओका क्युशुको औद्योगिक केन्द्र हो, जसले सम्पूर्ण टापुको करिब ४०% आर्थिक गतिविधि ओगट्छ।[] यहाँ अटोमोबाइल, स्टील र सेमिकन्डक्टर उद्योग प्रमुख छन्। ब्रिजस्टोन, TOTO, यासुकावा इलेक्ट्रिक, र LEVEL-5 जस्ता ठूला कम्पनीहरू यहीँ स्थापित भएका हुन्।[]

शिक्षाको क्षेत्रमा, क्युशु विश्वविद्यालय, फुकुओका विश्वविद्यालय, र कुरुमे विश्वविद्यालय प्रमुख उच्च शिक्षा संस्थान हुन्।[]

पर्यटनका हिसाबले, फुकुओका सहर, दाजाइफु, यानागावा र किताक्युशु सबैभन्दा लोकप्रिय गन्तव्य हुन्। डोन्टाकु महोत्सवको समयमा हरेक वर्ष लाखौं पर्यटकहरू यहाँ आउँछन्।[] CNN ले २०१९ मा फुकुओकालाई विश्वका १९ उत्कृष्ट घुम्नयोग्य स्थानहरू मध्ये एकको रूपमा सूचीबद्ध गरेको थियो।[१०]

फुकुओकाको अन्तर्राष्ट्रिय सम्बन्ध बैंकक (थाइल्यान्ड), दिल्ली (भारत), हवाई (संयुक्त राज्य), हनोई (भियतनाम), र जियाङ्सु प्रान्त (चीन) सँग कायम छन्।[११]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. Nussbaum, Louis-Frédéric (2005). "Fukuoka-ken" in Japan Encyclopedia, p.218.
  2. "Nationwide List of Ichinomiya", p.3 (Kokugakuin University)
  3. Ministry of the Environment, Japan (2012).
  4. IAAF History of Fukuoka Marathon (2010).
  5. Fukuoka Police, 2023.
  6. Fukuoka Bank, 2023.
  7. JETRO (2023).
  8. Villagehouse.jp, 2019.
  9. Japan National Tourism Organization, 2018.
  10. CNN Travel (2019).
  11. Hawaii-Fukuoka Sister State Agreement, 2022.