फुटबल विश्वकप छनौटमा नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


परिचय‍[सम्पादन गर्ने]

विश्वकप फुटबल प्रतियोगितामा भाग लिनु हरेक राष्ट्रको सपना हो, नेपालमात्र यसको अपवाद हुन सक्दैन। सन् १९३०मा ल्याटिन अमेरिकी राष्ट्र उरुग्वेबाट सुरू भएको फुटबलको कुम्भ मेलाको छनौट चरणमा मात्र भाग लिन नेपालले थप ५५ वर्ष कुरेको थियो।

इतिहास[सम्पादन गर्ने]

  • सन् १९७०को दशकको सुरूवातमै फिफाएएफसीको सदस्यता पाए पनि सन् १९८६को मेक्सिको विश्वकपका लागि नेपालले पहिलो पटक छनौट खेलमा भाग लियो।
  • एसियाली पावरहाउस दक्षिण कोरियामलेसियासमेत रहेको एसियाली क्षेत्रको समूह ५मा आफ्नो गृहमैदानबाट नेपाललले विश्वकप छनौटको यात्रा प्रारम्भ गर्‍यो। नेपालका लागि सुरूवात उत्साहपूर्ण थियो।
  • सन् १९८५ मार्च २मा दशरथ रंगशालामा दक्षिण कोरियाविरुद्ध भिड्नु अगावै नेपाल निकै ठूलो अन्तरले पराजित हुने अनुमान धेरैले गरे। त्यसै दिन प्रकाशित हुने एक दैनिक पत्रिकाले त नेपाली टिम गोल रोक्नका लागि मात्र लागिरहेको कार्टुनसमेत छापेको थियो जुन कार्टुनमा सबै ११ जना खेलाडी गोलपोस्टको अगाडि थिए तर सबैको अनुमान विपरीत नेपालले दक्षिण कोरियालाई कडा चुनौती दियो। स्वर्गीय रूपकराज शर्माको नेतृत्वमा रहेको नेपाली टिम आफ्नो गृहमैदानमा कोरियासँग शून्यका विरुद्ध २ गोलले पराजित भयो। पहिलो हाफमा एक गोलले पछाडि परेको नेपालले खाएका दुई गोलमध्ये एउटा आत्मघाती थियो भने अर्को पेनाल्टी। नेपालको दोस्रो खेल मलेसियासँग थियो।
  • भर्खरै दक्षिण कोरियालाई शून्यका विरुद्ध १ गोलले हराएर आएको मलेसियाको मनोबल उच्च थियो, तर फुटबल इतिहासकै सबैभन्दा सशक्त मानिएको तत्कालीन नेपाली टिमले दशरथ रंगशालामा भएको आफ्नो दोस्रो खेलमा मलेसियालाई गोलरहित बराबरीमा रोकेर सबैलाई चकित बनायो। यद्यपि गृहमैदान बाहिर नेपालको प्रदर्शन त्यति राम्रो हुन सकेन। कप्तान रूपक बिना मलेसिया पुगेको नेपाल त्यहाँ घरेलु टिमसँग शून्यका विरुद्ध ५ गोलले पराजित भयो भने कोरियाले दोस्रो खेलमा नेपालविरुद्ध चार गोल गर्‍यो। उक्त समूहमा ६ अङ्क हात पारेको दक्षिण कोरिया पहिलो पटक विश्वकपका लागि छानियो।
  • सन् १९९०मा इटालीमा सम्पन्न विश्वकप छनौटका लागि नेपाली टिम पुनः एक पटक दक्षिण कोरिया र मलेसियासमेत रहेको समूह ४मा थियो। उक्त समूहमा अर्को टिम थियो सिंगापुर। अखिल नेपाल फुटबल संघका वर्तमान अध्यक्ष गणेश थापाको नेतृत्वमा रहेको नेपालले चार वर्ष अघिको प्रदर्शन दोहोर्‍याउन सकेन।
  • सन् १९८९ मे २३मा आफ्नो पहिलो खेल मलेसियासँग शून्यका विरुद्ध २ गोलले हारेको नेपाललाई दक्षिण कोरियाले शून्यका विरुद्ध ९ गोलको विशाल अन्तरले पराजित गर्‍यो भने सिंगापुरले नेपाललाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्‍यो। दोस्रो लेगमा सुधारिएको प्रदर्शन गरेको नेपाली टिमलाई कोरिया, मलेसिया र सिंगापुरले क्रमशः शून्यका विरुद्ध ४ गोल, शून्यका विरुद्ध ३ गोल शून्यका विरुद्ध ७ गोलले पराजित गरे। दक्षिण कोरियाले विश्वकप यात्रा तय गरेको समूह ४मा नेपाली टिम ६ खेलमा २८ गोल खाएर घर फर्कियो। नेपालले विश्वकप छनौटको एउटै संस्करणमा खाएको यो नै सबैभन्दा धेरै गोल हो।
  • सन् १९९४को अमेरिका विश्वकपका लागि भने नेपालले छनौट खेलमा भाग लिएन। सन् १९९८को फ्रान्स विश्वकपका लागि एसियाली क्षेत्रको छनौट समूह ४मा जापान, ओमान र मकाउसँगै रहेको नेपालले आफ्नो पहिलो लेग ओमानमा खेल्यो।
  • सन् १९९७ मार्च २३ नेपालका लागि ऐतिहासिक रहृयो। मस्कटमा मकाउविरुद्धको खेल १-१ गोलको बराबरीमा सकिए पनि नेपालले विश्वकप छनौट चरणमा पहिलो पटक गोलको स्वाद चाख्यो। खेलको पहिलो हाफमा गोल गर्दै हरि खड्का विश्वकप छनौट खेलमा नेपालका लागि गोल गर्ने पहिलो खेलाडी बने। दोस्रो खेलमा ओमानसँग नेपालले निकै राम्रो खेल्यो। आफूभन्दा निकै शक्तिशाली ओमानलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोक्न नेपाल सफल भयो, यद्यपि खेलमा ओमान शून्यका विरुद्ध १ गोलले विजयी भयो। ओमानमा आफ्नो अन्तिम खेलमा जापानसँग शून्यका विरुद्ध ६ गोलले पराजित नेपाललाई टोकियोमा भएको दोस्रो लेगको पहिलो खेलमा ओमानले समेत त्यही अन्तरले हरायो। टोकियोमा जापानसँगको अर्को खेल शून्यका विरुद्ध ३ गोलले हारेको नेपाललाई मकाउले १ का विरुद्ध २ गोलबाट हरायो। उक्त खेलमा नेपालका लागि दीपक अमात्यले गोल गरेका थिए। समूहमा नेपाल अन्तिम स्थानमा रहृयो भने पहिलो स्थानमा रहेको जापान पहिलो पटक विश्वकपका लागि छानियो। उक्त प्रतियोगितामा सहभागी हुन गएका नेपाली टिमका नरेन्द्र श्रेष्ठ, सौगेश श्रेष्ठ र बबिन विष्ट जापानमै लुकेका थिए।
  • २००२को जापान-कोरिया विश्वकपको छनौट चरण नेपालका लागि ऐतिहासिक रहृयो। अखिल नेपाल फुटबल संघमा गणेश थापा र गीता राणाबीचको नेतृत्व विवाद चरम उत्कर्षमा पुगेका बेला भएको उक्त छनौट खेलमा अभ्यास बिना नै इराक र कजाकस्तान पुगेको नेपालले निकै राम्रो प्रदर्शन गर्‍यो। इराकसँगै कजाकस्तान र मकाउसमेत रहेको समूह ६मा नेपाल सन् २००१ अपि्रल १२मा कजाकस्तानसँग शून्यका विरुद्ध ६ गोलले पराजित भयो। दोस्रो खेलमा घरेलु टिम इराकसँग १ का विरुद्ध ९ गोलले हारे पनि फरवार्ड निराजन रायमाझीले एक गोल गरी नेपाललाई सान्त्वना दिए। अपि्रल १६ का दिन नेपाललाई विश्वकप छनौट इतिहासकै पहिलो विजय प्राप्त भयो। फरवार्ड निराजन रायमाझीको दुई तथा हरि खड्का र वसन्त थापाको एक-एक गोल मकाउलाई १ का विरुद्ध ४ गोलले पन्छाउन पर्याप्त थियो। कजाकस्तानको अल्माटीमा सम्पन्न दोस्रो लेगमा नेपाली खेलाडीहरूले अझ राम्रो खेले। पहिलो खेलमा ९ गोल गरेको इराकलाई समेत नेपाली टिमलाई हराउन निकै मुस्किल पर्‍यो। शक्तिशाली इराकले नेपाली टिमलाई २ का विरुद्ध ४ गोलले पराजित गर्दा हरि र निराजनले एक-एक गोल गरेका थिए। कजाकस्तानसँग शून्यका विरुद्ध ४ गोलले पराजित भए पनि आफ्नो अन्तिम खेलमा मकाउलाई एकपक्षीयरूपमा १ का विरुद्ध ६ गोलले हराउँदै विश्वकप २००२ छनौट यात्राको स्वणिर्म अन्त्य गर्‍यो। फरवार्ड निराजनले हृयाट्रीक पूरा गरे भने नेपाललाई जिताउन वसन्त, बालगोपाल महर्जन तथा दीपक लामाले एक-एक गोल गरे। आफना ६ खेलमा १३ गोल गरेको नेपालका निराजन छनौट चरणमा एक्लैले सात गोल गरे। उनी त्यतिबेला एसियाली क्षेत्रको छनौट चरणमा सर्वाधिक गोल गर्ने सातौं एसियाली खेलाडी बनेका थिए।
  • सन् २००२को विश्वकप छनौट चरणमा भाग नलिए फिफा र एएफसीले प्रतिबन्ध लगाउन सक्ने बताएर त्यतिबेला नेपाली टिमलाई इराक र कजाकस्तान पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका गणेश थापाको फुटबल संघमा एकाधिकार रहेकै बेला सन् २००६को जर्मनी विश्वकपका लागि भने नेपाली खेलाडी छनौट चरणमा भाग लिनबाट वञ्चित गराइए।
  • विश्वकप फुटबल, प्रतियोगितामात्रै होइन यसलाई विश्वभरका फुटबल खेलाडी र समर्थकहरूले महोत्सवका रूपमा लिन्छन् तर पछिल्ला केही समय राम्रो नतीजा दिन नसकेको कारण देखाउँदै अखिल नेपाल फुटबल संघले नेपाललाई विश्वकप छनौट चरणमा भाग लिन नदिएर टिमलाई पहिलो पटक छनौट खेलको दोस्रो चरणको इतिहास लेख्न दिइएन।
  • पहिलो चरणमा एसियाकै सबैभन्दा कमजोरमध्येको गुआमसँग पहिलो चरणमा भिड्नुपर्ने सजिलो ड्र पाएको नेपालले नखेलेरै पनि दोस्रो चरणमा प्रवेश पाउने निश्चित थियो किनभने गुआम आफैले छनौट चरणमा भाग नलिने बताइसकेको थियो। नेपालले आफ्नो भागमा परेको दोस्रो चरण खेल्न चाहेन भने पहिलो चरणमा पराजित भएको लाओसले नेपालकै कारण आफ्नो भागमै नपरेको दोस्रो चरणमा प्रवेश पायो।


खेलहरू[सम्पादन गर्ने]

सन् १९८६ को विश्कप छनोटमा नेपाल[सम्पादन गर्ने]

क.पहिलो लिग

  1. दक्षिण कोरियादक्षिण कोरिया (२-०)
  2. मलेशियामलेसिया (०-०)

ख.दोस्रो लिग

  1. दक्षिण कोरियादक्षिण कोरिया (४-०)
  2. मलेशियामलेसिया (५-०)

सन् १९९०को विश्कप छनोटमा नेपाल[सम्पादन गर्ने]

क. पहिलो लिग

  1. मलेशियामलेसिया(२-०)हार
  2. दक्षिण कोरियादक्षिण कोरिया(९-०)हार
  3. सिंगापुरसिङ्गापुर(३-०)हार

ख. दोस्रो लिग

  1. मलेशियामलेसिया(३-०)हार
  2. दक्षिण कोरियादक्षिण कोरिया(४-०)हार
  3. सिंगापुरसिङ्गापुर(७-०)हार

१९९८को विश्वकप छनोटमा नेपाल[सम्पादन गर्ने]

क.पहिलो लिग

  1. ओमानओमान(१-०)हार
  2. जापानजापान (६-०)हार
  3. मकाउमकाउ(१-१)बराबर

ख.दोस्रो लिग

  1. ओमानओमान(१-१)बराबर
  2. जापानजापान(३-०)हार
  3. मकाउमकाउ (२-१)हार

सन् २००२को विश्वकप छनोटमा नेपाल[सम्पादन गर्ने]

क.पहिलो लिग

  1. कजाख्स्तानकाजगस्थान(६-०)हार
  2. इराकइराक (९-१)हार
  3. मकाउमकाउ (४-१)हार

ख.दोस्रो लिग

  1. कजाख्स्तानकाजगस्थान(४-०)हार
  2. इराकइराक(४-२)हार
  3. मकाउमकाउ (६-१)हार

२०१८विश्वकप तथा २०१९ एसियन कप छनोटमा नेपाल[सम्पादन गर्ने]

क.पहिलो लिग
  1. भारतभारत (२-०)हार
ख.दोस्रो लिग
  1. भारतभारत(०-०)बराबर

हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]