फुड स्ट्याम्प

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


फुड स्ट्याम्प अमेरिकी सरकारले जनतालाई दिएको एक प्रकारको सुविधा हो। फुड स्ट्याम्प कार्यक्रमले कम आय भएका व्यक्ति वा परिवारलाई खानेकुरा किन्न मद्दत पुर्‍याउँछ। यो सुविधा चाहने परिवारले केही नियम पुरा गर्नुपर्छ। यो सुविधा पाउन तपाईसँग सोसल सेक्युरिटी नम्बर, तपाई अमेरिकी नागरिक वा त्यसै बराबरको मान्यता पाएको व्यक्ति हुनुपर्छ।

फुड स्ट्याम्पका शर्त के हुन् ?

फुड स्ट्याम्प पाउन तलका केही शर्त पुरा हुनुपर्छ:

(१) १८ वर्षभन्दा सानो उमेरका छोराछोरी भएको परिवार।

(२) सरकारी सुविधा पाइरहेका अपाङ्ग वा दृष्टिविहिन।

(३) सैनिक सेवामा काम गरिरहेको वा गरिसकेको व्यक्ति र नीजको परिवार।

(४) आप्रवासी तथा राष्ट्रियता ऐन (आइएनए)को धारा २०७ अर्न्तगतको शरणार्थी।

(५) आइएनएको धारा २०८ अर्न्तगतको राजनीतिक शरणार्थी।

यसबाहेक अरु धेरै अवस्था छन्।

फुड स्ट्याम्पमा सहभागी गराउने निर्णय तपाईंको आय, श्रोत तथा खर्चमा निर्भर हुन्छ। यसले दिने सहुलियतको मात्रा तपाईंकै परिवारको आकारमा भर पर्छ। यसको श्रोतको सीमा बढीमा महिनाको २ हजार डलर र वृद्ध तथा अपांग भएका परिवारका लागि ३ हजार डलरसम्म हुनसक्छ। फुड स्ट्याम्प पाउने वा नपाउने कुरा माथीका शर्तलगायत तपाईको आम्दानी र खर्चमा भर पर्छ। धेरैजसो राज्यले फुड स्ट्याम्प दिन टेम्पररी एसिस्टेन्स फर नीडि फेमिलीज, टिएएनएफ लाई आधार मान्छन्।

यो सुविधाको निवेदन डिपार्टमेन्ट अफ चिल्ड्रेन एन्ड फेमिली सर्भिसेजमा पाइन्छ। इन्टरनेटमा पनि उपलब्ध हुन्छ। निवेदन दिएपछि तपाई सुविधा पाउने सहि व्यक्ति हो, होइन जाँचिन्छ। सहि ठहरे अवश्य सुविधा पाइन्छ।