फुलछाडी उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
फुलछाडी

ফুলছড়ি
उपजिल्ला
फुलछाडी is located in बङ्गलादेश
फुलछाडी
फुलछाडी
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशबङ्गलादेश बङ्गलादेश
विभागरङ्पुर विभाष
जिल्लागाइबान्धा जिल्ला
क्षेत्रफल
 • जम्मा३०६.५३ किमी (११८.३५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा१२८,८४५
 • घनत्व४२०/किमी (१,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटउपजिल्लाको आधिकारिक नक्सा

फुलछाडी (बङ्गाली: ফুলছাডী) बङ्गलादेशको गाइबान्धा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

फुलछाडी बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°०६' देखि २५°२३' उत्तर अक्षांश र ८९°३४' देखि ८९°४६' पूर्वी देशान्तरणमा अवस्थित छ। फुलछाडी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३०६.५३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई गाइबान्धन सदर उपजिल्लाले उत्तर, इस्लामपुरसाघाटा उपजिल्लाले दक्षिण, दिवानगञ्ज, उपजिल्लाले पूर्व, गाइबान्धा सदरसाघाटा उपजिल्लाले पश्चिमबाट घेरेको छ। ब्रह्मपुत्र र जमुना यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

सन् १९५६ मा यस उपजिल्लामा तीन दिने किसान सम्मेलनको आयोजना गरिएको थियो जहाँ यस सम्मेलनका आयोजक मैलाना अब्दुल हमेद खानेले यस उपजिल्लाका सबै किसानहरूलाई एकत्रित गरेका थिए। ऐतिहासिक तेकहा आन्दोलन पनि सन् १९४६ मा यसै उपजिल्लाबाट फैलिएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने यस युद्धका बेला यस क्षेत्रमा बसोबास गर्ने उर्दु मात्रृभाषा भएका मानिसहरूले (राजाकार) र पाकिस्तानी सेनाले यहाँ रहेका बङ्गाली मातृभाषा भएका स्थानीय मानिसहरूको सामूहिक हत्या, घरटहरामा आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरी आतङ्क मच्चाएका थिए। यस उपजिल्लाको उरिया भन्ने स्थानमा स्थानीय राजाकार र पाकिस्तानी सेनाको समूह र बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकु बीच युद्ध भएको थियो जहाँ थुप्रै पाकिस्तानी सेना र राजाकारको मृत्यु भएको थियो भने उक्त युद्धमा बङ्गलादेशी लडाकुहहरूले पाकिस्तानी सेनाको थुप्रै हातहतियारहरू कब्जा गर्न सफल भएका थिए। पाकिस्तानी सेना र बङ्गलादेशी लडाकु बीच अर्को युद्ध पनि भएको थियो जहाँ एक लडाकुको ज्यान गएको थियो। ३ डिसेम्बर १९७१ का दिन बङ्गलादेशी लडाकुको एक समूहले फुलछाडी प्रहरी चौकीमा आक्रमण गरी थुप्रै हातहतियारहरू कब्जा गर्न सफल भएका थिए। ४ डिसेम्बर १९७१ कन दिन यस उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुको बीच युद्ध तथा प्रत्यक्ष गोलि हानाहान भएको थियो‍ जहाँ २७ पाकिस्तानी सेना सहिथ ५ लडाकुहरूको ज्यान गएको थियो। फुलछाडी उपजिल्ला ९ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १३७७९५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६९८१६ छ भने महिलाको जनसङ्ख्या ६७९७९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १३२०७५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५४६४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २५६ रहेको छ। यस उपजिल्लामा २४५ मस्जिद र ६ हिन्दु मन्दिर रहेका छन्। यस उपजिल्लाका ९१.१४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.४४% ले पोखरी, ०.२८% ले टुटी र ८.१४% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ४८.९१% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। फुलछाडी उपजिल्लामा २ अस्पताल, ३ प्रशुति तथा शिशु हेरचाह केन्द्र, ६ गैरसरकारी अस्पतालहरू रहेका छन्।[२]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, बदाम, खुर्सानी, तोरी, प्याज, जुट, उखु, आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया तोरी, बदाम, प्याज, खुर्सानी लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका कोदो, आलसको तेल र सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २१५ माछापालन केन्द्र, २८ दुग्ध सङ्कलन केन्द्र तथा ४४ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७५.१५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.३५% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.५२% वाणिज्यमा ८.११%, सञ्चार तथा यातायातमा २.४९%, निर्माण क्षेत्रमा १.२३%, सुविधामा ३.४६%, धार्मिक सेवामा ०.२२%, वैदेशिक रोजगारी तथा भाडामा ०.४४% र अन्यमा ५.०३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय फुलछाडी थानको स्थापना सन् १८५५ फेब्रुअरी २५ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर २७.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३३.२% छ भने महिलाको साक्षरता दर २२.१% रहेको छ। यस उपजिल्लामा १ क्याम्पस, ८ माध्यमिक विद्यालय, ६९ प्राथमिक विद्यालय र १५ मदरसाहरू रहेका। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; फुलछाडी पाइलट उच्च विद्यालय (सन् १९४०), कञ्चीपाडा एकेडेमी (सन् १९६०) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. जाहरुल कायुम (सन् २०१२), "फुलछाडी उपजिल्ला", in सिराजुल इसलाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य कडीहरू[सम्पादन गर्ने]