फुलेक गा.वि.स.

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(फुलेक गाविसबाट अनुप्रेषित)
फुलेक
Phulek
देश नेपाल
अञ्चलकोशी
जिल्लातेह्रथुम जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा१५६६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

फुलेक गा.वि.स. नेपालको कोशी अञ्चल,तेह्रथुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यहाँको लेकमा धेरै प्रजातिका फूलहरू पाइने हुनाले यस गाविसको नाम फुलेक हुन गएको हो।

भूगोल[सम्पादन गर्नुहोस्]

धरानबाट भेडेटार धनकुटा हिले जोरपाटी सिँधुवा हुँदै चित्रे सम्मको करीब ४-५ घण्टाको बस यात्रा साथै पैदल चित्रेबाट ३० मिनेटको यात्रा गरेपछि तेह्रथुम जिल्लाको फुलेक गाविस आउँछ। चित्रे बजारदेखि पूर्वपट्टिको भिरालो भाग नै फुलेक गाविस हो। यहाँको लेकमा धेरै प्रजातिका फूलहरू पाइने हुनाले यस गाविसको नाम फुलेक हुन गएको हो। यसको क्षेत्रफल ८.७ वर्ग किलोमिटर रहेको छ। फुलेकको उत्तरमा बसन्तपुर गाविस, पश्चिममा धनकुटा जिल्लाको मूर्तिढुंगा गाविसको चित्रे बजार, दक्षिणमा दाङपा गाविस र पूर्वमा बसन्तपुर तथा दाङपा गाविस रहेका छन्। यस गाविसबाट सबैभन्दा नजिकका बजारहरू बसन्तपुर बजार, चित्रे बजार तथा सिन्धुवा बजार हुन्। यस गाविसको उत्तरपट्टि मन्सिवा खोला तथा दक्षिणमा परेवा खोला पर्दछन्। यस गाविसको प्राय: सबै जमिन भिरालो छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

यहाँका ९५% मानिसहरू कृषिमा निर्भर छन्।२०६८ साल को जन गणना अनुसार यहाँको कुल जन्सन्ख्या ७८७  पुरुष ८८८  महिला छ ।

अर्थ तन्त्र[सम्पादन गर्नुहोस्]

केही वर्ष अगाडि सम्म यहाँ का मानिसहरूको जिबनस्तर अतन्त्य नाजुक् थियो। तर अहिले आएर यहाँ का मानिसहरू निकै सम्पन्न र जिबनस्तर पनि निकै माथि उठेको छ। खास गरेर यहाँ का मानिसहरूले गाइपालेर र अलैचिखेती गरेर अर्थिक सम्पन्नता लाई माथि उक्साएकाहुन।अहिले १२ वर्ष अगाडिसम्म ५०% भन्दा बढी गरीबिको रेखामुनी थिए भने अहिले आएर ९०% मानिसहरू सम्पन्नताको शिखरमा पुगे का छन्।फुलेकका प्रतेक घरका १ वा २ जना पुरुष मानिसहरू वैदेशिक रोज्गारिको लागि मलेसिया,दुबइ,साउदीअरब तथा खाडीका अरुदेशहरूमा काम गरेर बसेका छन्।यहा का करिब् ७० जना जती पुरुष र महिला हरू सरकारी सेवामा पनि कार्यरत छन्।

विकास[सम्पादन गर्नुहोस्]

यहाबाट सबै भन्दा नजीकको बजार बसन्तपुर हो तर भौगोलिक करणले गर्दा बसन्तपुर नजीकै भए पनि बाटो अलिक अफ्ठ्यारो छ।फुलेकबाट बसन्तपुरलाई जोड्ने २ वटा मात्रै बाटहरू छन एउटा बाटो फुलेकको सिरान माथिल्लो भागबाट फुलेक कै चाम्फुला हुँदै चित्रे निस्केर जान्छ भने अर्को बाटो तल्लो भागबाट फुलेकको १ र २ नो वडा हुँदै मुसाङ्खेल् भएर जान्छ।करिब् २ घण्टाको पैदल हिंडेर मात्रै बसन्तपुर बजार पुगिन्छ।बाटो सिधै उकालो पर्छ। फुलेक गाविसमा एउटा हाइस्कूल् एउटा निमाबी र दुइवटा प्राबि गरी जम्मा ४ वटा बिद्यालय छन्।२०५० साल भन्दा अगाडिसम्म यहाँका मानिसहरूमा महिला हरूले पढ्नुहुन्न भन्ने धारणा थियो।मलाई थाहा भएअनुसार २०५१को एस्.एल.सिमा यो गाविसबाट एकजना महिला प्रथम् पटक् नजीकै भएको कुरा जानकारी हुन आएको छ।त्यो भन्दा अगाडि कुनै पनि महिला नजीकै भए का थिएनन।तेशो त त्यो बेला यो गाविसमा हाइ स्कूल् पनि थिएन।

गाउँ तथा टोलहरू[सम्पादन गर्नुहोस्]

यो गबिसमा आ-आफ्नो थर अनुसार का तथा बस्तीको आधारमा टोलको नामाकरण गरिएको छ। गाविसको सबैभन्दा तल सुबेदी गाउ,अनी सुतार गाउ,गैरिबारि,गौतम गाउ,डाँडाबारी,धाराबारि ज्यामिरे गाउँ, पौडेल गाउँ बानिया गाउँ, कट्वाल टोल कालिमाटी चम्फूला आदि नामाकरन् गरिएको छ।बिसेस् गरेर यहा पौडेल् र कट्वाल थर् का मानिश् हरूको बढि छन्.तेस्तै अन्य थर् हरूमा कार्कि भुजेल्,खड्का गौतम् अनि राइ, गुरुण्ङ्को बशो बास् पनि छ।

गाउँको नामाकरण यहाँको लेकमा धेरै प्रजातिका फूलहरू पाइने हुनाले यस गाविसको नाम फुलेक हुन गएको हो।

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]