फेरान तोरेस
|
सन् २०२६ मा स्पेनका साथमा तोरेस | |||||||||||||||||||||||||||||||||||||||||||||||||
| व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | फेरान तोरेस गार्सिया[१] | ||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म मिति | २९ फेब्रुअरी २०००[२] | ||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म स्थान | फोइओस, स्पेन | ||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाइ | १.८२ मिटर[३] | ||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति, मध्यपङ्क्ति | ||||||||||||||||||||||||||||||||||||||||||||||||
| क्लब जानकारी | |||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्तमान टोली | बार्सिलोना | ||||||||||||||||||||||||||||||||||||||||||||||||
| सङ्ख्या | ७ | ||||||||||||||||||||||||||||||||||||||||||||||||
| युवा करियर | |||||||||||||||||||||||||||||||||||||||||||||||||
| सन् २००६–२०१७ | भ्यालेन्सिया | ||||||||||||||||||||||||||||||||||||||||||||||||
| वरिष्ठ करियर* | |||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१६–२०१७ | भ्यालेन्सिया मेस्ताया | १२ | (१) | ||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१७–२०२० | भ्यालेन्सिया | ७१ | (६) | ||||||||||||||||||||||||||||||||||||||||||||||
| २०२०–२०२२ | म्यानचेस्टर सिटी | २८ | (९) | ||||||||||||||||||||||||||||||||||||||||||||||
| २०२२– | बार्सिलोना | १४० | (४१) | ||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१६–२०१७ | स्पेन यु–१७ | २४ | (२) | ||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१८–२०१९ | स्पेन यु–१९ | १७ | (१०) | ||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१९–२०२१ | स्पेन यु–२१ | ६ | (०) | ||||||||||||||||||||||||||||||||||||||||||||||
| २०२०– | स्पेन | ६५ | (२५) | ||||||||||||||||||||||||||||||||||||||||||||||
सम्मान
| |||||||||||||||||||||||||||||||||||||||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३ मे २०२६ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १९ जुलाई २०२६ | |||||||||||||||||||||||||||||||||||||||||||||||||
फेरान तोरेस गार्सिया (जन्म: २९ फेब्रुअरी २०००) एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन्। उनी स्पेनी क्लब बार्सिलोना र स्पेन राष्ट्रिय टोलीका लागि अग्रपङ्क्ति वा मध्यपङ्क्तिको रूपमा खेल्छन्।
बार्सिलोनाका पूर्व प्रबन्धक जावी हर्नान्डेजद्वारा एल तिबुरोन उपनाम दिइएका तोरेसले आफ्नो व्यावसायिक खेल जीवनको सुरुवात भ्यालेन्सियाबाट गरेका थिए, जहाँ उनले सन् २०१७ मा सिनियर टोलीमा पहिलो खेल खेलेका थिए। उनी सन् २०२० मा म्यानचेस्टर सिटीमा आबद्ध भई सन् २०२०–२१ को संस्करणमा प्रिमियर लिग र इएफएल कप जित्न सफल भएका थिए। उनी सन् २०२२ जनवरीमा बार्सिलोनामा आबद्ध भएका थिए। क्लबमा आफ्ना सुरुवाती सिजनहरूमा सङ्घर्ष गर्नु परे तापनि, सन् २०२४–२५ मा उनले बार्सिलोनालाई ला लिगा, कोपा देल रे, र सुपरकोपा डे एस्पान्या सहितको 'घरेलु ट्रेबल' दिलाउन महत्त्वपूर्ण योगदान दिए। त्यसपछिको सिजन तोरेसको खेल जीवनकै सबैभन्दा बढी गोल गर्ने सिजन रहँदै, उनको २१ गोलको मद्दतले बार्सिलोनाले अर्को ला लिगा उपाधि जित्न सफल भएको थियो।
उनले विभिन्न युवा स्तरहरूमा स्पेनको प्रतिनिधित्व गरिसकेका छन् भने सन् २०२० मा सिनियर टोलीमा डेब्यु गरेका थिए। उनलाई युइएफए युरो २०२० को लागि स्पेनको टोलीमा समावेश गरिएको थियो। उनले २०२२ फिफा विश्वकप, युएफा युरो २०२४, र २०२६ फिफा विश्वकपमा देशको प्रतिनिधित्व गर्दै सन् २०२४ को प्रतियोगिता जित्न सफल भएका थिए भने २०२६ को फिफा विश्वकप फाइनलमा निर्णायक गोल समेत गरेका थिए।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "2020/21 Premier League squads confirmed", Premier League, २० अक्टोबर २०२०, अन्तिम पहुँच २५ अक्टोबर २०२०।
- ↑ "Ferrán Torres: Overview", ESPN, अन्तिम पहुँच २० फेब्रुअरी २०२१।
- ↑ "Ferran Torres", FC Barcelona, अन्तिम पहुँच १९ सेप्टेम्बर २०२५।
- ↑ "फेरान टोरेसको निर्णायक गोलमा अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता", सेतोपाटी, अन्तिम पहुँच ४ साउन २०८३।