फेरेन्स पुस्काज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
स्यामुएल डेल अल्फ्रेइ ओ डिन
Ferenc Puskás.jpg
१९७१ मा पुस्काज
व्यक्तिगत विवरण
जन्म मिति (१९२७-०४-०२)२ अप्रिल १९२७
जन्म स्थान बुडापेस्ट, हङ्गेरी,
मरण मिति १७ नोभेम्बर २००६(२००६-११-१७) (७९ वर्ष)
मरण स्थान बुडापेस्ट, हङ्गेरी,
उचाई १.७२ मी (५ फिट ८ इन्च)
खेल्ने स्थान स्ट्राइकर
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९४३–१९५५ बुडापेस्ट हन्भेड[१] ३४१ (३५२)
१९५८–१९६२ रियल म्याड्रिड १८० (१५६)
जम्मा ५१२ (५१५)
राष्ट्रिय टिम
१९४५–१९५६ हङ्गेरी ८५ (८४)
१९६१–१९६२ स्पेन (०)
टिमको प्रबन्धन
१९६७ San Francisco Golden Gate Gales
१९६८ Vancouver Royals
१९६८–१९६९ Alavés
१९७९–१९७४ Panathinaikos
१९७५ Murcia
१९७५–१९७६ Colo-Colo
१९७६–१९७७ Saudi Arabia
१९७८–१९७९ AEK Athens
१९७९–१९८२ Al-Masry
१९८५–१९८६ Sol de América
१९८६–१९८९ Cerro Porteño
१९८९–१९९२ South Melbourne Hellas
१९९३ Hungary national football team
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

फेरेन्स पुस्काज (२ अप्रिल १९२७ – १७ नोभेम्बर २००६) हङ्गेरीयन फुटबलर र प्रबन्धक थिए जसलाई विश्वकै उत्कृष्ट फुटबलरको रूपमा चिनिन्छ । उनको गगनचुम्बी लोकप्रियता उनको सुन्दर खेलको परिणाम हो । उनले अन्तराष्ट्रिय खेलहरूमा हङ्गेरीको प्रतिनिधित्व गर्दै ८५ खेलमा ८४ गोल ठोकेका थिए भने क्लब स्तरमा कुल ५२९ खेलमा ५१४ गोल । उमेरमा ७९ वसन्त पार गरेर उनको निधन भयो । उनी १९५२ मा ओलम्पिक फुटबल विजेता बने भने राष्ट्रिय टोलीलाई १९५४ फिफा विश्वकपको फाइनलसम्म डोहोर्याएका थिए जहाँ उनी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बनेका थिए । उनले तीन यूरोपियन कप (१९५९, १९६०, १९६६), १० राष्ट्रिय च्याम्पियनशीप (५ हङ्गेरीयन र ५ स्पेनी प्रिमेरा डिभिजन) र ८ उच्च गोलकर्ता सम्मान जितेका थिए । पुस्काजले हङ्गेरीमा किस्पेस्टबुडापेस्ट हन्भेड बाट खेल जीवन सुरू गरेका थिए । हङ्गेरीयन लिगमा विभिन्न चार अवसरमा उच्च गोलकर्ता बनेका पुस्काज बर्ष १९४८ मा यूरोपकै उच्च गोलकर्ता बनेका थिए । १९५० को दशकमा उनी राष्ट्रिय टोलीका कप्तान थिए भने उनले प्रतिनिधित्व गरेको टोलीलाई माइटी मग्यार्स भनिन्थ्यो ।

हङ्गेरीयन क्रान्तिको दुई बर्षपछि सन् १९५८ मा उनी स्वदेशत्याग गरी स्पेन बसाईँ सरे, जहाँ उनले रियल म्याड्रिडका लागि खेले । रियलमा रहँदा दुई यूरोपियन च्याम्पियन्स कप फाइनलमा सात गोल गरेका पुस्काजले चार पिचिचिस ट्रफि जितेका थिए । १९९५ मा, उनलाई आइ.एफ.एफ.एच.एस. ले बिसौँ सताब्दीको उच्च गोलकर्ता घोषणा गर्यो । खेल जीवनबाट अस्ताएपछि उनले प्रबन्धकीय जीवनलाई अगाडी बढाए । १९७१ मा उनले प्रबन्धकीय क्षेत्रमा पानाथिनाइकसलाई यूरोपियन कपको फाइनलमा पुर्याएर एउटा किर्तिमानी कोसेढुङ्गा पार गरेका थिए तर फाइनलमा डच क्लब एज्याक्सको हातबाट भएको पराजयले उनलाई इतिहास कोर्नबाट पाखा लगायो । यद्यपी उनी प्रबन्धकको रूपमा यूरोप मै जाज्वल्यमान बने । १९५६ मा उनले राष्ट्रका लागि गरेको कर्तव्यच्युतिका वावजुत हङ्गेरी सरकारले उनलाई १९९३ मा स्वदेश फर्कने पुर्ण इजाजत दिँदै राष्ट्रिय फुटबल टोलीको प्रबन्धक पदभार सम्हाल्ने अवसर समेत प्रदान गर्यो । १९९८ मा उनी प्रथम फिफा/एसओएस च्यारिटी एम्बासेडर बने । २००२ मा बुडापेस्टमा रहेको रङ्गशाला (जसको नाम नेप्सटाडियन थियो) को नाम परिवर्तन गरेर पुस्काज फेरेन्स स्टेडियन राखियो जुन उनीप्रतिको सम्मान थियो । उनलाई हङ्गेरियन फुटबल संघले नोभेम्बर २००३ मा यूइएफए जुबिलि अवार्डको अवसरमा पछिल्ला ५० बर्षकै उत्कृष्ट हङ्गेरियन फुटबलर घोषणा गर्यो । उनको मरणोपरान्त २००९ मा फिफाले उनको सम्मानमा फिफा पुस्काज पुरस्कारको सुरूवात गर्यो जुन पुरस्कार क्यालेन्डर बर्षको सुन्दर गोल गर्ने एक खेलाडीलाई दिइन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. before 1950 the club was Kispesti A.C.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]