सामग्रीमा जानुहोस्

फेरेन्स पुस्कास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्यामुएल डेल अल्फ्रेइ ओ डिन
१९७१ मा पुस्काज
व्यक्तिगत जानकारी
उचाइ १.७२ मी (५ फिट ८ इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९४३–१९५५ बुडापेस्ट हन्भेड[१] ३४१ (३५२)
१९५८–१९६२ रियल म्याड्रिड १८० (१५६)
जम्मा ५१२ (५१५)
अन्तर्राष्ट्रिय करियर
१९४५–१९५६ हङ्गेरी ८५ (८४)
१९६१–१९६२ स्पेन ४ (०)
प्रबन्धक करियर
१९६७ सन फ्रान्सिस्को गोल्डेन गेट गेल्स
१९६८ भेनकुभर रोयल्स
१९६८–१९६९ डेपोर्टिभो अलाभे
१९७९–१९७४ पेनेथनाइकोस एफसी
१९७५ रियल मुर्सिया
१९७५–१९७६ कोलो-कोलो
१९७६–१९७७ साउदी अरब राष्ट्रिय फुटबल टिम
१९७८–१९७९ ए.इ.के एथेन्स एफसी
१९७९–१९८२ एल-मास्री
१९८५–१९८६ क्लब सोल डे अमेरिका
१९८६–१९८९ सेर्रो पोर्तेनो
१९८९–१९९२ साउथ मेलबर्न हेलास
१९९३ हङ्गेरी राष्ट्रिय फुटबल टिम
*क्लब घरेलु लिग उपस्थिति र गोल

फेरेन्स पुस्काज (२ अप्रिल १९२७ – १७ नोभेम्बर २००६) हङ्गेरीयन फुटबलर र प्रबन्धक थिए जसलाई विश्वकै उत्कृष्ट फुटबलरको रूपमा चिनिन्छ । उनको गगनचुम्बी लोकप्रियता उनको सुन्दर खेलको परिणाम हो । उनले अन्तराष्ट्रिय खेलहरूमा हङ्गेरीको प्रतिनिधित्व गर्दै ८५ खेलमा ८४ गोल ठोकेका थिए भने क्लब स्तरमा कुल ५२९ खेलमा ५१४ गोल । उमेरमा ७९ वसन्त पार गरेर उनको निधन भयो । उनी १९५२ मा ओलम्पिक फुटबल विजेता बने भने राष्ट्रिय टोलीलाई १९५४ फिफा विश्वकपको फाइनलसम्म डोहोर्याएका थिए जहाँ उनी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बनेका थिए । उनले तीन यूरोपियन कप (१९५९, १९६०, १९६६), १० राष्ट्रिय च्याम्पियनशीप (५ हङ्गेरीयन र ५ स्पेनी प्रिमेरा डिभिजन) र ८ उच्च गोलकर्ता सम्मान जितेका थिए । पुस्काजले हङ्गेरीमा किस्पेस्ट र बुडापेस्ट हन्भेडबाट खेल जीवन सुरू गरेका थिए । हङ्गेरीयन लिगमा विभिन्न चार अवसरमा उच्च गोलकर्ता बनेका पुस्काज वर्ष १९४८ मा यूरोपकै उच्च गोलकर्ता बनेका थिए । १९५० को दशकमा उनी राष्ट्रिय टोलीका कप्तान थिए भने उनले प्रतिनिधित्व गरेको टोलीलाई माइटी मग्यार्स भनिन्थ्यो ।

हङ्गेरीयन क्रान्तिको दुई वर्षपछि सन् १९५८ मा उनी स्वदेशत्याग गरी स्पेन बसाईँ सरे, जहाँ उनले रियल म्याड्रिडका लागि खेले । रियलमा रहँदा दुई यूरोपियन च्याम्पियन्स कप फाइनलमा सात गोल गरेका पुस्काजले चार पिचिचिस ट्रफि जितेका थिए । १९९५ मा, उनलाई आइ.एफ.एफ.एच.एस. ले बिसौँ सताब्दीको उच्च गोलकर्ता घोषणा गर्यो । खेल जीवनबाट अस्ताएपछि उनले प्रबन्धकीय जीवनलाई अगाडि बढाए । १९७१ मा उनले प्रबन्धकीय क्षेत्रमा पानाथिनाइकसलाई यूरोपियन कपको फाइनलमा पुर्याएर एउटा किर्तिमानी कोसेढुङ्गा पार गरेका थिए तर फाइनलमा डच क्लब एज्याक्सको हातबाट भएको पराजयले उनलाई इतिहास कोर्नबाट पाखा लगायो । यद्यपी उनी प्रबन्धकको रूपमा यूरोप मै जाज्वल्यमान बने । १९५६ मा उनले राष्ट्रका लागि गरेको कर्तव्यच्युतिका वावजुत हङ्गेरी सरकारले उनलाई १९९३ मा स्वदेश फर्कने पुर्ण इजाजत दिँदै राष्ट्रिय फुटबल टोलीको प्रबन्धक पदभार सम्हाल्ने अवसर समेत प्रदान गर्यो । १९९८ मा उनी प्रथम फिफा/एसओएस च्यारिटी एम्बासेडर बने । २००२ मा बुडापेस्टमा रहेको रङ्गशाला (जसको नाम नेप्सटाडियन थियो) को नाम परिवर्तन गरेर पुस्काज फेरेन्स स्टेडियन राखियो जुन उनीप्रतिको सम्मान थियो । उनलाई हङ्गेरियन फुटबल संघले नोभेम्बर २००३ मा यूइएफए जुबिलि अवार्डको अवसरमा पछिल्ला ५० वर्षकै उत्कृष्ट हङ्गेरियन फुटबलर घोषणा गर्यो । उनको मरणोपरान्त २००९ मा फिफाले उनको सम्मानमा फिफा पुस्काज पुरस्कारको सुरूवात गर्यो जुन पुरस्कार क्यालेन्डर वर्षको सुन्दर गोल गर्ने एक खेलाडीलाई दिइन्छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ before 1950 the club was Kispesti A.C.

बाह्य कडीहरू

[सम्पादन]