फैसल मस्जिद
| फैसल मस्जिद | |
|---|---|
فیصل مسجد | |
| निर्देशाङ्क: ३३°४३′४८″N ७३°०२′१८″E / 33.729944°N 73.038436°E | |
| स्थान | इस्लामाबाद |
| प्रशासन | अन्तर्राष्ट्रिय इस्लामी विश्वविद्यालय, इस्लामाबाद |
| बास्तु सम्बन्धि जानकारी | |
| बास्तुकार | वेदत डालोके |
| बास्तुशैली | आधुनिक इस्लामी |
| क्षमता | ३००,००० प्राथर्नाकर्ता |
| मिनारहरू | ४ |
| मिनारको उचाई | ९० मी (३०० फिट) |
| निर्माण लागत | १२ करोड |
फैसल मस्जिद पाकिस्तानको राष्ट्रिय मस्जिद हो, जुन देशको राजधानी इस्लामाबादमा अवस्थित छ।[१][२] यो विश्वको छैटौँ ठुलो मस्जिद हो। यो दक्षिण एसियाको दोस्रो सबैभन्दा ठुलो मस्जिद हो। यो मार्गला पहाडको फेदमा अवस्थित छ। यसको नाम साउदी अरबका स्वर्गीय राजा फैसल (शासनकाल सन् १९६४-७५) को नाममा राखिएको हो। टर्कीका वास्तुकार वेदत दालोकेद्वारा डिजाइन गरिएको थियो।[३]
पाकिस्तानको एक प्रमुख पर्यटकीय आकर्षणको रूपमा रहेको यो मस्जिद इस्लामी वास्तुकलाको समकालीन र प्रभावशाली अंश हो। आधुनिक इस्लामी वास्तुकलाको उत्कृष्ट कृतिको रूपमा रहेको मस्जिद र देशको सांस्कृतिक इतिहासको प्रतिनिधित्व गर्ने पाकिस्तान स्मारक सहितका प्रसिद्ध स्थलहरूले सहरमा आकर्षण थपेका छन्।[४]
मस्जिदको निर्माण सन् १९७६ मा साउदी राजा फैसलबाट २.८ करोड डलर अनुदान पछि सुरु भएको थियो त्यसैले यसको नाममा फैसल राखिएको थियो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पछि टर्की वास्तुकार वेदात दालोकेको डिजाइनलाई छनोट गरिएको थियो।[५] सामान्य गुम्बज बिना, मस्जिद बेदु जातिले प्रयोग गर्ने पाल जस्तो आकारको छ, जसलाई ९० मिटर (३०० फिट) अग्लो खम्बाहरूले घेरिएको छ। यसको क्षमता १० हजार भन्दा बढी छ।[६]
यो संरचनाले १,३०,००० वर्ग मिटर क्षेत्रफल ओगटेको छ।[५] १,४००,००० वर्ग फिट (३३ एकड) मा फैलिएको यो मस्जिदले इस्लामाबादको भूदृश्यमा प्रभुत्व जमाउँदछ। यो इस्लामाबाद द्रुतमार्गको उत्तरी छेउमा अवस्थित छ, जसले यसलाई सहरको सबैभन्दा उत्तरी छेउमा र हिमालयको सबैभन्दा पश्चिमी फेदमा रहेको मार्गला पहाडको फेदमा राख्दछ। यो राष्ट्रिय निकुञ्जको पृष्ठभूमिमा जमिनको उचाइमा अवस्थित छ। फैसल मस्जिद सन् १९८६ देखि १९९३ सम्म विश्वको सबैभन्दा ठुलो मस्जिद थियो तथापि यसलाई साउदी अरबका मस्जिदहरूले उछिनेका थिए। क्षमताको हिसाबले यो अहिले विश्वको छैटौँ ठुलो मस्जिद हो।[७][८]
इतिहास
[सम्पादन गर्नुहोस्]राजा फैसल बिन अब्दुल अजीजले पाकिस्तानको आधिकारिक भ्रमणको क्रममा इस्लामाबादमा राष्ट्रिय मस्जिद निर्माण गर्ने पाकिस्तानी सरकारको पहललाई समर्थन गरेका कारण मस्जिदको निर्माणको सन् १९६६ मा सुरु भएको थियो। सन् १९६९ मा, एक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो जसमा १७ देशका वास्तुकारहरूले ४३ प्रस्तावहरू पेश गरेका थिए। विजेता डिजाइन टर्कीका वास्तुकार वेदत दालोके बनेका थिए। परियोजनाको लागि १९०,००० वर्ग मीटर; २०,००,००० वर्ग फिट जग्गा तोकिएको थियो र कार्यान्वयन पाकिस्तानी इन्जिनियरहरू र कामदारहरूलाई तोकिएको थियो। मस्जिदको निर्माण सन् १९७६ मा अजिम खानको नेतृत्वमा पाकिस्तानको राष्ट्रिय निर्माण लिमिटेडद्वारा सुरु गरिएको थियो र साउदी अरबया सरकारद्वारा १३ करोड साउदी रियाल भन्दा बढीको लागतमा अनुदान दिइएको थियो।[९] राजा फैसल बिन अब्दुल अजीजले कोषको भूमिका निर्वाह गरेका थिए र सन् १९७५ मा उनको हत्या पछि मस्जिद र त्यसतर्फ जाने बाटो दुवै उनको नाममा राखिएको थियो। राजा फैसल बिन अब्दुल अजीजका उत्तराधिकारी राजा खालिदले अक्टोबर १९७६ मा मस्जिदको शिलान्यास गरेका थिए र सन् १९७८ मा निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए। मस्जिदको बारेमा आधारभूत जानकारी शिलान्यासमा लेखिएको पाउन सकिन्छ।[१०] १८ जुन १९८८ मा, पहिलो प्रार्थना गरिएको थियो, यद्यपि मस्जिद सन् १९८६ मा सम्पन्न भएको थियो। प्रार्थनाको लागि भवन हुनुको साथै मस्जिद मैदान केही वर्ष पहिले अन्तर्राष्ट्रिय इस्लामी विश्वविद्यालय पनि थियो तर त्यसपछि सन् २००० मा नयाँ क्याम्पसमा सारिएको छ। केही परम्परागत र रूढिवादी मुस्लिमहरूले सुरुमा यसको अपरम्परागत डिजाइन र परम्परागत गुम्बज संरचनाको अभावको लागि डिजाइनको आलोचना गरेका थिए।[११]
क्षमता
[सम्पादन गर्नुहोस्]मस्जिदमा लगभग ३,००,००० पूजा गर्ने व्यक्तिहरू बस्न सक्छन्। मस्जिदको चारवटै मीनारहरू ९० मिटर (३०० फिट) उचाइका छन् (दक्षिण एसियामा सबैभन्दा अग्ला मीनारहरू) र १०×१० मिटर परिधिमा छन्।[११] यसको मुख्य क्षेत्रहरूमा रहेका मुख्य हल र आँगनहरूमा गरि यहाँ ७४,००० व्यक्तिहरू अटाउन सक्छन्। मस्जिद वरिपरिको क्षेत्रमा २,००,००० व्यक्तिहरू अट्छन्।
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]- अगाडिको दृश्य
- तस्वीर
- हवाई दृश्य
- मस्जिद र हिउँले ढाकिएको मार्गला पहाडहरू
- मस्जिदको उचाइको दृश्य
- २७औँ रमजान
- दामने कोहबाट
- मार्गला पहाडबाट देखिएको दृश्य
- सूर्यास्त हुनुभन्दा पहिलेको दृश्य
- रातको समयमा प्रार्थनाको समयमा मस्जिद
- बादल लागेको समयमा फैसल मस्जिद
- गोधूलिमा फैसल मस्जिद
- फैसल मस्जिदको मुख्य हलको झुमर
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Len McGrane (जनवरी–फेब्रुअरी १९९२), "A Mosque in Islamabad", Saudi Aramco World magazine, Aramco Services Company, मूलबाट १८ फेब्रुअरी २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २००७।
- ↑ Neelam Naz (१३ सेप्टेम्बर २००५), "Contribution of Turkish architects to the national architecture of Pakistan: Vedat Dalokay", Journal of the Faculty of Architecture (Ankara, Turkey: Middle East Technical University) 22 (2): 56–64, मूलबाट २३ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २००७। अभिलेखिकरण २३ नोभेम्बर २०१८ वेब्याक मेसिन
- ↑ "Three Pakistani mosques make it to 'world's most beautiful mosques' list", The Express Tribune (en-USमा), ३ अगस्ट २०१५, अन्तिम पहुँच २ मार्च २०२१।
- ↑ "Faisal Mosque attracts visitors from all over country", The News International, अन्तिम पहुँच १७ डिसेम्बर २०१९।
- 1 2 "Faisal Mosque not a 'gift' by Saudi Arabia", Daily Times (en-USमा), १३ फेब्रुअरी २०१७, अन्तिम पहुँच ८ अगस्ट २०२०।
- ↑ "Faisal Mosque – Islamabad, Pakistan", www.sacred-destinations.com, अन्तिम पहुँच १७ डिसेम्बर २०१९।
- ↑ "Shah Faisal Mosque in Islamabad & Rawalpindi", Lonely Planet, अन्तिम पहुँच १७ डिसेम्बर २०१९।
- ↑ "Three Pakistani mosques make it to 'world's most beautiful mosques' list", The Express Tribune (en-USमा), ३ अगस्ट २०१५, अन्तिम पहुँच २ मार्च २०२१।
- ↑ Rengel, Marian (२००४), Pakistan: A Primary Source Cultural Guide, Rosen, पृ: ७१, आइएसबिएन 978-0-8239-4001-1।
- ↑ Mujtaba Razvi (१९८१), "PAK-Saudi Arabian Relations: An Example of Entente Cordiale", Pakistan Horizon 34 (1): 81–92, जेएसटिओआर 41393647।
- 1 2 "Faisal Mosque", archnet.org, ArchNet website, अन्तिम पहुँच १२ फेब्रुअरी २०१९। अभिलेखिकरण १३ फेब्रुअरी २०१९ वेब्याक मेसिन