फ्रान्सेली पाँचौं गणतन्त्र
पाँचौँ गणतन्त्र (फ्रान्सेली: Cinquième République) फ्रान्सको वर्तमान गणतन्त्रात्मक सरकार प्रणाली हो। यो पाँचौं गणतन्त्रको संविधान अन्तर्गत चार्ल्स डे गलद्वारा ४ अक्टोबर १९५८ मा स्थापित गरिएको थियो।[१]
संसदीय गणतन्त्र अभ्यास रहेको चौथो गणतन्त्रको पतनपछी पाँचौँ गणतन्त्रको उदय भयो। यसमा अर्ध-राष्ट्रपति (वा दोहोरो-कार्यकारी प्रणाली) प्रणाली[२] सुरु भयो जस अन्तर्गत राष्ट्रप्रमुखको रूपमा राष्ट्रपति र सरकारको प्रमुखको रूपमा प्रधानमन्त्री शक्ति/ अधिकार बाँडफाँड भयो ।[३] डिसेम्बर १९५८ मा पाँचौं गणतन्त्र अन्तर्गत चार्ल्स डे गल पहिलो फ्रान्सेली राष्ट्रपति निर्वाचित भए। उनी बलियो राष्ट्रप्रमुखमा विश्वास गर्थे, जसलाई उनले ल 'l'esprit de la nation ला राष्ट्र (राष्ट्रको आत्मा) को मूर्त रूपको रूपमा वर्णन गरेका थिए । ।[४] पाँचौँ गणतन्त्र अन्तर्गत, राष्ट्रपतिसँग राष्ट्रिय सभा विघटन गर्ने र नयाँ संसदीय चुनाव गर्ने अधिकार छ। राष्ट्रिय सभामा राष्ट्रपतिको बहुमत भएमा राष्ट्रपतिले आन्तरिक नीति निर्धारण गर्छन् र प्रधानमन्त्रीले यसलाई व्यवहारमा ल्याउँछन्। राष्ट्रपतिको जनादेशको समयमा, राष्ट्रपतिले प्रधानमन्त्री परिवर्तन गर्न र सरकार फेरबदल गर्न पनि सक्छन्।
सामन्ती राजतन्त्र र संसदीय तेस्रो गणतन्त्र (४ सेप्टेम्बर १८७०-१० जुलाई १९४०) पछि पाँचौँ गणतन्त्र फ्रान्सको तेस्रो-सबैभन्दा लामो-स्थायी राजनीतिक शासन व्यवस्था हो।
चौथो गणतन्त्रको अस्थिरता
[सम्पादन गर्नुहोस्]चौथो गणतन्त्रले १९४६ देखि नै राजनीतिक सहमतिको अभाव, कमजोर कार्यकारी, र सरकारहरू छिटो छिटो बन्ने र गिर्ने खेलहरू देखेको थियो। कुनै पनि दल वा गठबन्धनले संसदीय बहुमत कायम राख्न नसकेपछि, प्रधानमन्त्रीहरूले अलोकप्रिय सुधारहरू गरेर आफ्नो राजनीतिक स्थिति जोखिम लिन हिम्मत गर्न सकेनन्।[५]
मे १९५८ संकट
[सम्पादन गर्नुहोस्]फ्रान्सेली चौथो गणतन्त्रको पतनको कारण सन् १९५८ को अल्जियर्स सङ्कट थियो।द्वन्द्व र विद्रोहले विउपनिवेशवादको प्रक्रिया सुरु गरेको भए तापनि फ्रान्स अझै पनि औपनिवेशिक शक्ति थियो। फ्रान्सेली पश्चिम अफ्रिका, फ्रान्सेली इन्डोचाइना र फ्रान्सेली अल्जेरियाले अझै पनि फ्रान्सेली सङ्घमा सीमित मताधिकारको प्रणालीअन्तर्गत फ्रान्सेली संसदमा प्रतिनिधिहरू पठाएका थिए। विशेष गरी अल्जेरिया, सबैभन्दा ठूलो फ्रान्सेली जनसङ्ख्या भएको उपनिवेश भए तापनि, मुख्य भूमी फ्रान्सबाट अलग हुने दबाब बढ्दै गएको देखियो। अल्जेरियामा रहेका युरोपेली मूल, यहुदीहरू र हार्किस (मूल मुस्लिमहरू जो फ्रान्सप्रति वफादार थिए) फ्रान्ससँगै बस्न चाहन्थे । अल्जेरियाको युद्ध एउटा पृथकतावादी आन्दोलन मात्र थिएन तर यसमा गृहयुद्धका तत्वहरू पनि थिए।
फ्रान्सेली सेनाको एक हिस्साले विद्रोह गरेर पृथकतावादीलाई परास्त गर्न अल्जेरिया फ्रान्सेली आन्दोलनलाई खुला रूपमा समर्थन गरेपछि थप जटिलताहरू देखा पर्यो।[६] एक दशक अगाडि राजनीतिबाट अवकाश लिएका चार्ल्स द गलले सरकार निलम्बन गर्न र नयाँ संवैधानिक प्रणाली सिर्जना गर्न राष्ट्रलाई आह्वान गरे। जनविरोधका बीच संसदले सरकार छनौट गर्न सकेन। चौथो गणतन्त्रको अन्तिम संसदले आफ्नै विघटन र संवैधानिक अधिवेशन बोलाउने पक्षमा मतदान गर्दा द गल सत्तामा पुगे। [७]
सङ्क्रमणकाल
[सम्पादन गर्नुहोस्]डि गल र उनका समर्थकहरूले सात वर्षका लागि निर्वाचित शक्तिशाली राष्ट्रपति प्रणाली प्रस्ताव गरे। प्रस्तावित संविधानअन्तर्गत राष्ट्रपतिलाई आफूले नियुक्त गर्ने प्रधानमन्त्रीसँग परामर्श गरेर देश चलाउने कार्यकारी अधिकार हुनेछ। १ जुन १९५८ मा, चार्ल्स डे गललाई सरकारको प्रमुख नियुक्त गरियो ;[८]३ जुन १९५८ मा संवैधानिक कानूनले नयाँ सरकारलाई फ्रान्सको नयाँ संविधानको मस्यौदा तयार गर्न अधिकार दियो, र अर्को कानूनले चार्ल्स डे गल र उनको मन्त्रिपरिषदलाई फौजदारी कानून, चुनावी कानून, नागरिकहरूको आधारभूत अधिकार र स्वतन्त्रताहरू र ट्रेड युनियनहरूको गतिविधिहरू सम्बन्धी मामिलाहरू बाहेक छ महिनासम्म अध्यादेशद्वारा शासन गर्ने शक्ति प्रदान गर्यो। [९] यी योजनाहरू २८ सेप्टेम्बर १९५८ को जनमत संग्रहमा मतदान गर्ने ८०% भन्दा बढीले अनुमोदन गरेका थिए।[१०] नयाँ संविधान ४ अक्टोबर १९५८ मा कानूनमा हस्ताक्षर गरिएको थियो। [११] प्रत्येक नयाँ संविधानले नयाँ गणतन्त्र स्थापना गर्ने भएकाले फ्रान्स चौथोबाट पाँचौँ गणतन्त्रमा सरेको थियो।
सन् १९५८ को संविधान
[सम्पादन गर्नुहोस्]नयाँ संविधानले संक्रमणकालीन खण्डहरू (धारा ९०-९२ ) समावेश गरेको थियो जसले नयाँ संस्थाहरू सञ्चालन नभएसम्म आदेशद्वारा शासनको अवधि विस्तार गरेको थियो। नयाँ राष्ट्रपति घोषणा नभएसम्म रेने कोटी गणतन्त्रका राष्ट्रपति रहे। २१ डिसेम्बर १९५८ मा, चार्ल्स ड गल निर्वाचक मण्डलद्वारा फ्रान्सको राष्ट्रपति निर्वाचित भए।[१२] अस्थायी संवैधानिक आयोगले ९ जनवरी १९५९ मा चुनावको नतिजा घोषणा गऱ्यो। नयाँ राष्ट्रपतिले त्यस मितिबाट आफ्नो कार्यालय सुरु गरे, मिशेल डेब्रेलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गरे।
सन् १९५८ को संविधानले फ्रान्सेली सङ्घलाई फ्रान्सेली समुदाय प्रतिस्थापन गर्यो, जसले चौध सदस्य क्षेत्रहरू (अल्जेरिया छोडेर) लाई आफ्नो स्वतन्त्रता दाबी गर्न अधिकार दियो।[१३] नयाँ स्वतन्त्र राज्यहरूको यस लहरका कारण सन् १९६० लाई "अफ्रिकाको वर्ष" भनेर चिनिन्छ।[१४] अल्जेरिया ५ जुलाई १९६२ मा स्वतन्त्र भयो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ ढाँचा:Cite French law.
- ↑ Lessig, Lawrence (१९९३), "The Path of the Presidency", East European Constitutional Review, Fall 1993 / Winter 1994 (2/3): १०४ – Chicago Unbound, University of Chicago Law Schoolद्वारा।
- ↑ Richburg, Keith B. (२५ सेप्टेम्बर २०००), "French President's Term Cut to Five Years", The Washington Post, अन्तिम पहुँच २५ फेब्रुअरी २०१७।
- ↑ Kubicek, Paul (२०१५), European Politics, Routledge, पृ: 154–156, 163, आइएसबिएन 978-1-317-34853-5।
- ↑ Philip M. Williams, Crisis and Compromise: Politics in the Fourth Republic (1958)
- ↑ John E. Talbott, The War Without a Name: France in Algeria, 1954–1962 (1980).
- ↑ Jonathan Fenby, The General: Charles de Gaulle and the France He Saved (2010) pp 375–408.
- ↑ "Fac-similé JO du 02/06/1958, page 05279 – Legifrance", www.legifrance.gouv.fr।
- ↑ ढाँचा:Cite French law.
- ↑ Proclamation des résultats des votes émis par le peuple français à l'occasion de sa consultation par voie de référendum, le 28 septembre 1958
- ↑ "Constitution", Journal Officiel de la République Française, ५ अक्टोबर १९५८, मूलबाट Jun ३, २०२०-मा सङ्ग्रहित – Légifranceद्वारा।
- ↑ "Fac-similé JO du 09/01/1959, page 00673 – Legifrance", www.legifrance.gouv.fr।
- ↑ Cooper, Frederick (जुलाई २००८), "Possibility and Constraint: African Independence in Historical Perspective", Journal of African History 49 (2): 167–196, डिओआई:10.1017/S0021853708003915।
- ↑ Abayomi Azikiwe, "50th Anniversary of the 'Year of Africa' 1960", Pan-African News Wire, 21 April 2010.