सामग्रीमा जानुहोस्

फ्रेडरिक पासी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रेडरिक पासी
कार्यकाल
१८८१–१८८९
व्यक्तिगत विवरण
जन्म
फ्रेडरिक पासी

(१८२२-०५-२०)२० मे १८२२[]:975
पेरिस, फ्रान्स
मृत्यु१२ जुन १९१२(1912-06-12) (उमेर ९०)[]:975
न्युलिलि-सर-सेइन, फ्रान्स
राष्ट्रियताफ्रान्सेली
राजनीतिक दलस्वतन्त्र
जीवन साथी
ब्लान्चे सेगेरेट
(
वि १८४७; मृत्यु १९००)
जीवनवृतिअर्थशास्त्री
पुरस्कार
फ्रेडरिक र मेरी ब्लान्चे पासी, c.1855

फ्रेडेरिक पासी (जन्मः २० मे १८२२ – १२ जुन १९१२) एक फ्रान्सेली अर्थशास्त्री र शान्तिवादी थिए । उनी विभिन्न शान्ति समाजहरू र अन्तरसंसदीय संघका संस्थापक सदस्यहरूमध्ये एक थिए। उनी लेखक र राजनीतिज्ञ समेत थिए । उनी सन् १८८१ देखि १८८९ सम्म फ्रान्सको डेपुटी सभामा रहेका थिए। उनले युरोपेली शान्ति आन्दोलनमा गरेका योगदानका लागि सन् १९०१ मा नोबेल शान्ति पुरस्कार संयुक्त रूपमा प्राप्त गरेका थिए।

पेरिसमा एक प्रतिष्ठित क्याथोलिक र ओरलियनिस्ट परिवारमा जन्मेका फ्रेडेरिक पासी सैन्य पूर्वसैनिक र राजनीतिज्ञहरूबाट घेरिएका थिए। कानुनको अध्ययन गरेपछि उनले लेखापालको रूपमा काम गरे र राष्ट्रिय सुरक्षागार्डमा समेत सेवा गरेका थिए। केही समयपछि उनले यो पद छोडे र फ्रान्सभरि यात्रागरि अर्थशास्त्र सम्बन्धी प्रशिक्षण दिन थालेका थिए। युरोपभरि भएका वर्षौंदेखिका हिंसात्मक द्वन्द्वहरूपछि, पासी सन् १८५० को दशकमा शान्ति आन्दोलनमा सामेल भएका थिए। उनले विभिन्न प्रसिद्ध अभियन्ता र लेखकहरूसँग मिलेर पत्रपत्रिका, लेखहरू, र शैक्षिक पाठ्यक्रमहरू विकास गर्न काम गरेका थिए।


डेपुटी सभामा बस्दा, फ्रेडेरिक पासीले ब्रिटिश सांसद विलियम रान्डल क्रेमरसँग मिलेर अन्तरसंसदीय सम्मेलन (पछि अन्तरसंसदीय संघ) स्थापना गरेका थिए। यससँगै, उनले थुप्रै शान्ति समाजहरू स्थापना गरेका थिए। पासीको शान्ति आन्दोलनमा गरेको योगदान उनको जीवनको पछिल्ला वर्षसम्म जारी रह्यो। सन् १९०१ मा, उनलाई रेडक्रसका संस्थापक हेनरी डुनान्टसँग संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्रदान गरियो।


पासीको लामो बिरामीपनपछि सन् १९१२ मा उनको निधन भयो। यद्यपि उनका आर्थिक लेखहरू धेरै चर्चित हुन सकेनन्, उनले शान्ति आन्दोलनमा पुर्‍याएको योगदानका कारण उनलाई "युरोपेली शान्ति अभियन्ताहरूका डीन" भनेर सम्मान गरियो।[] उनका छोरा, पउल पासीले सन् १९२७ मा उनको जीवनकथा प्रकाशित गरे, र उनका लेखनहरू २१औं शताब्दीसम्म पनि पुनः प्रकाशित र अंग्रेजीमा अनुवाद भइरहेका छन्।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "Frederic Passy", The American Journal of International Law (Cambridge University Press) 6 (4): 975–976, १९१२, आइएसएसएन 0002-9300, जेएसटिओआर 2186901, डिओआई:10.2307/2186901 
  2. Patriotic Pacifism: Waging War on War in Europe, 1815-1914, १९९१।