फ्रेन्च ईस्ट इण्डिया कम्पनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फ्रेन्च ईस्ट इण्डिया कम्पनी
उद्योगको प्रकारसार्वजनिक कम्पनी
उद्योगव्यापार
भवितव्यता१७६५मा फ्रेन्च सरकारबाट खारेज, १७८५ मा पुन:स्थापन र १७९४ मा अन्त्य
स्थापना१६६४
मुख्य कार्यालयपेरिस


फ्रेन्च ईस्ट इण्डिया कम्पनी (अङ्ग्रेजी: French East India Company, फ्रेन्च: Compagnie française pour le commerce des Indes orientales) सन् १६६४ मा पूर्वी गोलार्धमा फ्रान्सको व्यापार विस्तार गर्न लुई चौधौँको आज्ञापत्र बाट स्थापित व्यापारिक प्रतिष्ठान थियो।

खोजको युगमा फ्रान्स निकै अगाडिदेखि सहभागी भएतापनि इंगलैंड, नेदरल्यान्ड्स जस्ता पछि आएका मुलुकहरुको बढ्दो उपस्थितिले गर्दा फ्रान्सको भूमिका नगण्य हुन पुगेको थियो। यसैलाई पूर्ति गर्न अर्थ मन्त्रि जँ बाप्तिस कोलबेर्रले कोमपन्य द सिन, कोमपन्य दोरियाँ र कोमपन्य द मदागास्कार नामक तिन पुराना कम्पनीलाई गाभेर फ्रेन्च ईस्ट इण्डिया कम्पनी बनाउने प्रस्ताव लुई चौधौलाई पेश गरे, जसमा राजाले सहमति दिए।

सुरुवाती दिनहरुमा प्रभावकारी भएतापनि कम्पनीले सुरु देखि नै डच र ब्रिटिश ईस्ट इण्डिया कम्पनीहरु संग निकै नै प्रतिष्पर्धा गर्नुपर्यो। ती देश हरुमा जस्तो उद्योगको लागि अनुकुल वातावरण फ्रान्समा थिएन र कम्पनीको संयन्त्र पनि प्रभावकारी थिएन। तथापी कम्पनी मादागास्कार, भारत, मौरीसस जस्ता देशमा उपनिवेश र व्यापार विस्तार गर्न सफल रह्यो। जोसेफ फ्र्स्वा दुप्लेइ को बाह्र बर्षिय कार्यकाल (१७४२ -१७५४) मा कम्पनीले भारतमा केहि हद सम्म पकड जमाएको पनि थियो, तर फ्रान्सको अन्तरिक समस्या, राजपरिवारको विलासिता, एवं कयौं युद्ध हरुमा सहभागी हुनु जस्ता कारणले फ्रान्सको ढुकुटी रित्तिसकेको थियो र कम्पनीको फाइदा पनि उत्साहजनक थिएन। ब्रिटेनसंगको सप्त-वर्षीयको हारपछि फ्रान्स को भारतीय सपना पोंदिचेर्रीमा सिमित हुन पुग्यो, साथै क्यानाडा जस्ता अन्य उपनिवेश हरु पनि गुमाउन पुग्यो। फ्रान्स को ध्यान ईस्ट इन्दिजबाट अब वेस्ट इन्दिजमा सर्यो र सरकारको समर्थन पनि कम्पनी लाई प्राप्त भएन। १७६९ मा कम्पनीले पाएको पूर्वको व्यापारको एकछत्र राजको पनि अन्त्य भयो, र साथै १७८९ मा यो कम्पनी पूर्ण रुपमा खारेज भयो।[१]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

ब्रिटिश इस्ट इण्डिया कम्पनी

सन्दर्भ सामग्री[सम्पादन गर्ने]