बगलामुखी
| बगलामुखी | |
|---|---|
शत्रुलाई स्तम्भन गर्ने (रोक्ने) देवी | |
| दश महाविद्याको सदस्य | |
बगलामुखी, १९औँ शताब्दीको जलरङ्ग चित्र | |
| आबद्ध | पार्वती, दुर्गा, आदिशक्ति, देवी, सती, महाविद्या |
| वासस्थान | हरिद्रा सरोवर (बेसारको सागर) |
| मन्त्र | ह्लीं |
| अस्त्र | गदा |
| वाहन | शव (मुर्दा) |
| रानी | शिव (मृत्युञ्जय भैरवको रूपमा) |
बगलामुखी वा बगला दश महाविद्याको एक स्वरूप हुन् जुन हिन्दु धर्मका दश तान्त्रिक देवीहरूको समूह हो। बगलामुखी देवीका दश रूपहरू मध्ये एक हुन् जसले शक्तिशाली महिला र आद्य शक्तिको प्रतिनिधित्व गर्दछिन्।
बगलामुखी वा बगला देवीका मुख्य मन्दिरहरू बनखण्डी (काँगडा, हिमाचल प्रदेश), श्री बगलामुखी शक्तिपीठ (शिवम्पेट, तेलङ्गाना), बगलामुखी मन्दिर (दतिया, मध्य प्रदेश), बुगिलाधार (घट्टु, उत्तराखण्ड), कामाख्या मन्दिर (गुवाहाटी, असम), ललितपुरको बगलामुखी मन्दिर (नेपाल) र माँ बगलामुखी धाममा (लुधियाना) अवस्थित छ।
व्युत्पत्ति र अन्य नामहरू
[सम्पादन गर्नुहोस्]किन्स्लेले 'बगलामुखी' को अर्थ "बकुल्लो जस्तो मुख भएकी" भनी अनुवाद गरेका छन्। यद्यपि, बगलामुखीलाई विरलै बकुल्लोको टाउको भएको वा बकुल्लोको साथमा चित्रण गरिन्छ। किन्स्लेका अनुसार, शिकार समात्नका लागि बकुल्लो जसरी स्थिर बस्छ, त्यो व्यवहारले देवीद्वारा प्रदान गरिने तान्त्रिक वा अलौकिक शक्तिलाई प्रतिबिम्बित गर्दछ।[१]
अर्को व्याख्या अनुसार, 'बगलामुखी' शब्द 'वल्गामुखी' शब्दको अपभ्रंश हो; 'वल्गा' को अर्थ "लगाम" भन्ने हुन्छ। घोडालाई नियन्त्रण गर्न घोडाको मुखमा लगाम लगाइए जसरी बगलामुखीसँग पनि आफ्ना शत्रुहरूमाथि नियन्त्रण राख्ने अलौकिक शक्ति हुन्छ।[१] यस सन्दर्भमा, बगलामुखीको अर्थ "जसको मुखमा नियन्त्रण गर्ने वा विजय प्राप्त गर्ने शक्ति छ" भन्ने हुन्छ।[२] अर्को व्युत्पत्तिले 'वल्गा' को अर्थ "स्तम्भित गर्नु" वा "जहाँको त्यहिँ रोक्नु" भन्ने सुझाव दिन्छ जसकारण देवीले प्रदान गर्ने भनिएको 'स्तम्भन' शक्तिलाई उनको प्रतीक मानिन्छ। तर यस सिद्धान्तमा किन्स्ले सहमति जनाएका छैनन्।[३]
बगलामुखीलाई 'पीताम्बरा-देवी' वा 'पीताम्बरी' को लोकप्रिय उपनामले पनि चिनिन्छ, जसको अर्थ "पहेँलो लुगा लगाउने" मानिस भन्ने हुन्छ। उनको प्रतिमा र पूजा विधिहरूमा बारम्बार पहेँलो रङको प्रयोग गरिन्छ।[४]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]सत्ययुगमा एक भीषण आँधीले सृष्टिलाई विनाश गगर्नै लाग्छ। भगवान विष्णु यसबाट विचलित हुन्छन् र उनले 'हरिद्रा सरोवर' (बेसारको ताल) को किनारमा देवी पार्वतीलाई प्रसन्न पार्न कठोर तपस्या गर्छन्। विष्णुसँग प्रसन्न भएर देवी प्रकट हुन्छिन् र तालबाट आफ्नो 'बगलामुखी' स्वरूप प्रकट गर्छिन्। बगलामुखीले आँधीलाई शान्त पारी ब्रह्माण्डमा व्यवस्थाको पुनः स्थापना गर्छिन्।[५]
अर्को कथा अनुसार, मदन[६] नामक एक राक्षसले 'वाक-सिद्धि' प्राप्त गरेको थियो जसका कारण उसले जे भन्यो त्यही सत्य हुन्थ्यो। उसले यस शक्तिको दुरुपयोग गरी मानिसहरूलाई दुःख दिन र हत्या गर्न थाल्छ। देवताहरूले बगलामुखीसँग प्रार्थना गरे। देवीले त्यस राक्षसको जिब्रो समातेर उसको शक्तिलाई स्तम्भित पारिदिइन्। मदनले आफूलाई देवीसँगै पूजा गरियोस् भनी अन्तिम बरदान माग्छन् भने देवीले उसलाई वध गर्नुअघि मदनलाई यो वरदान दिएकी हुन्छिन्।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 Kinsley (1997), pp. 196–7
- ↑ Frawley p. 130
- ↑ Kinsley (1997), pp. 197–8
- ↑ Kinsley (1997), pp. 198–9
- ↑ Kinsley (1997), pp. 193–4
- ↑ "Bagalamukhi | Mahavidya" (en-USमा), २६ डिसेम्बर २०१७, मूलबाट २०१९-०७-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०७-२०। अभिलेखिकरण २०१९-०७-२० वेब्याक मेसिन
- ↑ Kinsley (1997) pp. 194–5