बङ्गलालिङ्क

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बङ्गलालिङ्क डिजिटल सञ्चार लिमिटेड
उद्योगको प्रकारनियन्त्रित कम्पनी
उद्योगदूरसञ्चार
स्थापनानोभेम्बर १९९६; २३ वर्ष अघि (१९९६-११)[१]
व्यापारिक क्षेत्रबङ्गलादेश (राष्ट्रब्यापी )
मुख्य व्यक्तिहरूएरिक एस,[२]
उत्पादन (हरू)मोबाइल टेलिफोन, एज, जिएसएम, जिपिआरएस, युएमटिएस, एचएसडिपिए, एचएसयुपिए, एचएसपिए, एचएसपिए+, एफडिडि-एलटिइ
मालिकभियोन
वेबसाइटbanglalink.net

बङ्गलालिङ्क (बङ्गाली: বাংলালিংক) दक्षिण एसियामा अवस्थित देश, बङ्गलादेशको तेस्रो ठूलो मोबाइल सेवा प्रदायक हो । बङ्गलालिङ्गक डिजिटल सञ्चार लिमिटेड (पहिला ओरास्कम टेलिकम बङ्गलादेश लिमिटेड) टेलिकम भेन्चर्स लिमिटेडको पूर्ण स्वामित्वमा रहेको छ । (पहिला माल्टाको ओरास्कम दूरसञ्चार भेन्चर्स लिमिटेड), जो ग्लोबल टेलीकम होल्डिङ्सको एक १००% सहायक कम्पनी हो । अप्रिल २०११ मा, भियोन र विन्ड टेलिकम एसपीए बीच यस व्यवसायिक संयोजनपछि, भियोन, ग्लोबल दूरसञ्चार होल्डिङ्सको ५१.९२% शेयरको मालिक बनेको थियो । भियोन, रूस, यूक्रेन, कजाखस्तान, उजबेकिस्तान, आर्मेनिया, जर्जिया, किर्गिस्तान, अल्जेरिया, पाकिस्तान र बङ्गलादेशका लगायतका देशहरूमा ब्रोडब्यान्ड मोबाइल र निश्चित प्रबिधी माध्यमबाट आवाज र डेटा सेवाहरू प्रदान गर्ने विश्वको सबैभन्दा ठूलो एकीकृत सीमित दूरसञ्चार सेवा प्रदायक हो । भियोनको मुख्यालय नेदरल्यान्ड्सको राजधानी एम्सटर्डममा अवस्थित छ ।

बङ्गलालिङ्कले दुई वर्ष भन्दा कम समयमा वा डिसेम्बर २००५ सम्म १ मिलियन प्रयोगकर्ता र अक्टोबर २००६ मा ३ मिलियन प्रयोगकर्ताहरूबाट समर्थन प्राप्त गरेको थियो । डिसेम्बर २००७, बङ्गलालिङ्कले ७.१ मिलियन भन्दा बढी ग्राहकहरूका साथ, एक्टेल (अहिले रोबि) लाई उछिन्दै बङ्गलादेशको दोस्रो ठूलो सञ्चालक बनेको थियो ।

अगस्ट २०१८ का अनुसार, बङ्गलालिङ्क ३३.४ मिलियन प्रयोगकर्ताका साथ २१.८८% बजार साझेदारी गरेको छ । यो ग्लोबल सञ्चार होल्डिङ्स स्वामित्वमा रहेको माल्टाको दूरसञ्चार भेन्चर्स लिमिटेडको एक पूर्ण स्वामित्वमा रहेकोे सहायक कम्पनी हो ।

बङ्गलालिङ्कले डिसेम्बर २०९५ सम्म १.०३ मिलियन प्रयोगकर्ताहरूका माझ सेवा प्रदान गरेको थियो । बङ्गलालिङ्कका प्रयोगकर्ताहरूको संख्या २५७ प्रतिशतले बढ्यो र २००६ को अन्तमा ३.६४ मिलियन भन्दा बढी नागेको थियो, र त्यस वर्षको विश्वमा सबैभन्दा तेस्रो बढ्दो सञ्चालक बनेको थियो । अगस्ट २०९६ मा, बङ्गलालिङ्क पहिलो पोस्टपेड र प्रीपेड जडानका लागि बीटीटीबीबाट निशुल्क आगमन कलहरू उपलब्ध गराउने पहिलो कम्पनी बनेको थियो । २० अगस्ट २००८ मा, बङ्गलालिङ्कका १० मिलियन प्रयोगकर्ता पुगेका थिए ।

इतिहास[सम्पादन गर्ने]

सेबा टेलिकम (प्रा) लिले सन् १९८९ मा अनुमतिपत्र प्राप्त गरेको थियो[३] जसमा यसले बङ्गलादेशका १९९ वटा उपजिल्लाका ग्रामीण भेगमा कार्य सञ्चालन गरेको थियो। पछि यसले नोभेम्बर १९९६ मा राष्ट्रव्यापी १५ वर्षीय जिएसएम अनुमतिपत्र प्राप्त गरेको थियो। नोभेम्बर १९९६ मा यसले आफ्नो व्यापारलाई बढाई सेलुलर मोबाइल, रेडियो टेलिफोन सेवामा विस्तार गरेको थियो।

गुलसनमा रहेको बङ्गलालिङ्कको प्रधान कार्यलय

नेटवर्क[सम्पादन गर्ने]

बङ्गलालिङ्कले हालै कुल स्पेक्ट्रमको ५३ प्रतिशतले १०.६ मेगाहर्ट्ज स्पेक्ट्रम हासिल गरेर ३,००० करोड रुपैयाँ कमाएको छ ।[४] कम्पनीले फेब्रुअरी २०१८ मा ४ जी इजाजत पत्र प्राप्त गर्यो र ९,५०० आधार स्टेशनहरू मध्य ४०० मा आफ्नो ४ जी सेवाहरू उपलब्ध गराएको थियो । यसले हालको नेटवर्क अवस्था सुधार गर्न १ अरब अमेरिकी डलर भन्दा बढी लगानी गरेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "गृह – ऋण मूल्याङ्कन सूचना र सेवा लिमिटेड", अन्तिम पहुँच १७ जुलाई २०१५ 
  2. प्रमुख कार्यकारी अधिकृत
  3. आलम, महबुबुफ (२०१२). "दूरसञ्चार". In इस्लाम, सिराजुल; जमल, अहमेद ए. बङ्गलापिडिया: बङ्गलादेशको राष्ट्रिय रङ्गशाला (दोस्रो संस्करण). बङ्गलादेशको एसियाली समाज. http://en.banglapedia.org/index.php?title=दूरसञ्चार. 
  4. "बङ्गलालिङ्कको ४ जी सेवा जून देखि सबै जिल्लाको सदरमुकाममा पुग्नेछ: प्राकाअ", द डेल्ली स्टार, २०१८-०२-२७, अन्तिम पहुँच २०१८-०९-०७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]