सामग्रीमा जानुहोस्

बङ्गाली नाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बङ्गाली नाम (बङ्गाली: বাঙালি নাম) एक वा अधिक नामहरूका साथ एउटा थर मिलेर बनेका त्यस्ता व्यक्तिगत नामहरू हुन् जुन बङ्गाली भाषा बोलिने देशहरूमा प्रचलनमा रहेका छन्। बङ्गाली नामहरू प्रायः लिङ्ग निर्दिष्ट हुन्छन्। सामान्यतया बङ्गाली नामहरूलाई, सुरुमा नाम र पछि थरका साथै पश्चिमी क्रम अनुसार उल्लेख गरिने भएतापनि यो अभ्यास पश्चिमबाट अपनाइएको होइन भने सबै ठाउँमा अनिवार्य रूपमा प्रयोग पनि हुँदैन। बङ्गाली व्यक्तिहरूका नाम सामान्यतया व्यक्तिको धर्मका आधारमा निर्धारण हुने गर्दछ। भारतबङ्गलादेशका बङ्गालीहरूले प्रयोग गर्ने नामहरू प्रायः अरबी, संस्कृत वा पालीजस्ता अन्य भाषाबाट उद्गम भएका हुन्छन्। तर तिनको प्रयोग, सही लेखाइ र उच्चारण भने बङ्गाली भाषा अनुसार अनुकूलित गरिन्छ।

भारतबङ्गलादेशमा बसोबास गर्ने वा जन्मिएका अधिकांश बङ्गाली व्यक्तिहरूलाई दिइने नामहू दुईवटा हुन्छन् जसमध्ये पहिलो वास्तविक नाम (बङ्गाली: ভালো নাম), जुन सबै कानुनी कागजातहरूमा प्रयोग हुन्छ र अर्को बोलाउने नाम वा घरको नाम (बङ्गाली: ডাক নাম), जुन परिवारका सदस्य तथा नजिकका साथीहरूले प्रयोग गर्छन्।[] यी दुई नामहरू एक-अर्कासँग सम्बन्धित पनि हुन सक्छन् वा नहुन पनि सक्छन्। उदाहरणका लागि, शुमोन/सुमोन/सुमन(সুমন) नाम भएको व्यक्तिलाई घरमा बोलाउने नाम, जस्तै बुबाइले (বুবাই) बोलाइन्छ भने, बाहिर वास्तविक नाम सुमन नै प्रयोग गरिने गरिन्छ। धेरै व्यक्तिहरूले आफ्नो वास्तविक नामको छोटो रूप पनि प्रयोग गर्ने गर्दछन्। उदाहरणका लागि, दिपु (দিপু) दीपकको (দীপক) छोटो रूप हो र फारु (ফারু) फरहानाको (ফারহানা) छोटो रूप हो। यी छोटा रूपहरू वास्तविक नाम र बोलाउने नाम दुवै सँगै समेत प्रयोग हुन सक्छन्। त्यसैगरी, पहिलो नाम सम्पूर्ण नामको एक अंश पनि हुन सक्छ। उदाहरणका लागि, अब्द अल-रहमान(अरबीमा अब्द उर रहमान उच्चारण) स्वयंमा एउटा पूरा नाम हो, तर बङ्गलादेश कानुनी कागजातहरूमा यसको पहिलो भाग अब्दुर लाई प्रायः पहिलो नामरहमान लाई अन्तिम नामको रूपमा लेखिने गरिन्छ।

बीचका नामहरू बङ्गलादेशमा धेरै सामान्य भएतापनि अधिकांश व्यक्तिहरूको बीचको नाम हुँदैन। यो पश्चिम बङ्गालमा पनि लागू हुन्छ। हालसालै, धेरै मानिसहरूले आफ्नो बोलाउने नामलाई आफ्नो पूरा आधिकारिक नामको मध्यमा वा अन्तमा थप्न थालेका छन्। जसले गर्दा साइफुद्दीन काञ्चन चौधरी जस्ता नामहरू देखिएका छन्। यस उदाहरणमा, साइफुद्दीन उक्त व्यक्तिको वास्तविक नाम हुनेछ, काञ्चन उनको बोलाउने नाम हुनेछ र चौधरी उनको पारिवारिक नाम (थर) हुनेछ। साइफुद्दीन काञ्चन चौधरीलाई व्यक्तिको रोजाइ अनुसार बोलाउने नाम अन्तमा राखेर साइफुद्दीन चौधरी काञ्चन पनि लेख्न सकिन्छ। यस्तो अवस्थामा, ती व्यक्तिलाई मिस्टर काञ्चन नभई मिस्टर चौधरी भनेर सम्बोधन गर्नु सही हुन्छ।

पारिवारिक नाम (थर)

[सम्पादन गर्नुहोस्]

बङ्गाली मुस्लिम परिवारहरूले प्रायः अरबी मूलका नामहरू प्रयोग गर्ने गर्छन् भने त्यसपछि फारसी र बङ्गाली मूलका नामहरूको प्रयोग गरिन्छ। बङ्गलादेशका मुसलमानहरूमा धेरै फरक नामकरण परम्पराहरू रहेका छन्। नामको संरचनाको लागि कुनै निश्चित योजना वा ढाँचा छैन।[] धेरै मानिसहरूले वास्तवमा पारिवारिक नाम प्रयोग गर्दैनन्। त्यसैले एउटै परिवारका सदस्यहरूको पनि फरक-फरक थर हुन सक्दछ। बङ्गलादेशमा मुसलमानहरूमा एउटै परिवारका सदस्यहरूको थर एउटै नहुने प्रचलित नाम शैलीको कारणले गर्दा गैर-मुसलमानहरूले पनि एउटै परिवारमा फरक-फरक थर प्रयोग गर्ने प्रणालीलाई अनुसरण गर्न सक्छन्। बङ्गाली हिन्दू परिवारहरूले प्रायः संस्कृत मूलका नामहरू प्रयोग गर्छन् भने त्यसपछि फारसी र बङ्गाली मूलका नामहरूको प्रयोग गरिन्छ। उनीहरूले तल सूचीबद्ध गरिएका धेरै नामहरू प्रयोग गर्छन्। उनीहरूका केही नामहरू बेलायती प्रभावका कारण छोट्याएर र परिवर्तन गरेर प्रयोग गरिन्छन्, जस्तै चटर्जी। केही पारिवारिक नामहरू सबै धर्महरूमा सामान्य हुन सक्छन्।

धर्ममा आधारित सामान्य पारिवारिक नामहरूको सूचीहरू

[सम्पादन गर्नुहोस्]

इस्लामी पारिवारिक नामहरू

[सम्पादन गर्नुहोस्]
क्र. सं. नाम (बङ्गाली वर्णमाला) बङ्गाली लिप्यान्तरण नेपाली भाषा
সৈয়দ Sóíyod सईद/सैयद
শেখ Shekh शेख
কোরেশী Koreshee कोरेशी
উল্লাহ Ullah उल्लाह
মীর Meer मीर
আকন্দ (সম্পর্কিত আরো না- আকন, আখন্দ এবং আখুন্দ) Akanda आकन्द/आखन्द वा आखुन्द
প্রধান Prodhan प्रोधान
মীর্জা (মির্জা) Mirza मिर्जा वा मीर्जा
শাহ Shah शाह
१० মুন্সী/মুনশী (মুন্সি/মুনশি) Munshi मुन्सी
११ দেওয়ান Dewan देवान
१२ গাজী (গাজি) Gazi गाजी
१३ কাজী (কাজি) Kazi काजी
१४ খাঁ (খান) Khą/Khan खान/खाँ
१५ চৌধুরী Cóúdhuree चौधरी
१६ সরকার Shorkar सरकार
१७ মুহুরী Muhuree मुहुरी
१८ মল্ল Mollo मोल्लो
१९ পাটোয়ারী Paŧowaree पाटोवारी
२० মোল্লা Molla मोल्ला
२१ ফকির Fokir फकिर
२२ হাজারী Hazaree हाजारी

हिन्दू पारिवारिक नामहरूको सूची

[सम्पादन गर्नुहोस्]
क्र. सं. नाम (बङ्गाली वर्णमाला) बङ्गाली लिप्यान्तरण नेपाली भाषा
ভট্টাচার্য্য/ভট্টাচার্য Bhattacharyya भट्टाचार्य
বন্দ্যোপাধ্যায় Bandyopadhyay बन्दोपाध्याय
বনিক Bonik बोनिक
বাগচী Bagchi बाग्ची
ব্যাপারী Byapari ब्यापारी
বিশ্বাস Bishwas विश्वास
মিত্র Mitra मित्र
চৌধুরী Choudhuri चौधरी
দেব Deb देव
१० দাস Das दास
११ ঘোষ Ghosh घोष

बौद्ध पारिवारिक नामहरूको सूची

[सम्पादन गर्नुहोस्]
क्र. सं. नाम (बङ्गाली वर्णमाला) बङ्गाली लिप्यान्तरण नेपाली भाषा
মামুরং Mamurong मामुरङ
বন্দ্যোপাধ্যায় Bandyopadhyay बन्दोपाध्याय
বনিক Bonik बोनिक
বাগচী Bagchi बाग्ची
মারমা Marma मार्मा
ত্রিপুরা Tripura त्रिपुरा
পাল Mitra पाल
পাটোয়ারী Patwari पाटोयारी
মুৎসুদ্দি Mutsuddi मुत्सुद्दी
१० মুখোপাধ্যায় Mukhopadhyay मुखोपाध्याय
११ গঙ্গোপাধ্যায় Gangopadhyay गङ्गोपाध्याय

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Banerjee, Rohan (जुन २९, २०२४), "What's in a name? Forget Shakespeare, just ask a Bengali", The Times of India, अन्तिम पहुँच अगस्ट ३०, २०२५
  2. Understanding Communities:Bangladeshi Community[स्थायी मृत कडी], Cheshire County Council, October 2003.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]