सामग्रीमा जानुहोस्

बङ्गाली परिकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऐतिहासिक बङ्गाली परिकारहरूको दृश्य

बङ्गाली परिकार वा बङ्गाली खानाले (बङ्गाली: বাঙালি রন্ধনশৈলী) बङ्गलादेश, भारतको पश्चिम बङ्गालत्रिपुराका परम्परागत खानपानलाई जनाउँछ। यस क्षेत्रको विविध इतिहास र वातावरणले बङ्गाली खानाको प्रकार र विशेषतामा ठूलो प्रभाव पारेको छ।[] तोरीको तेलको मनोहर स्वादयुक्त विभिन्न परम्परागत भोजन र मिठाइँका परिकार तथा विभिन्न प्रकारका पिठा बनाउनमा बङ्गालीहरू विशेष रूपमा दक्ष रहेका छन्। बङ्गालीहरूको मुख्य खाना भात हो र मासुजन्य खाद्य पदार्थको प्रमुख स्रोतको रूपमा माछा यहाँ सबैभन्दा लोकप्रिय छ।[] समुद्री माछाको तुलनामा ताजा पानीको माछाको माग बढी रहेतापनि भेट्की माछा बङ्गालीहरूको खानपानमा लोकप्रिय रहेको छ। माछा बाहेक कुखुरा र खसीको मासु पनि बङ्गालीहरूका लागि धेरै प्रिय खानाहरू हुा्। गोमांस विशेषगरी बङ्गाली मुस्लिम समुदायमा प्रचलनमा रहेको र दाल पनि बङ्गाली खानपानको एउटा महत्वपूर्ण हिस्सा बनेको छ।[] कुनै पनि धार्मिक तथा सामाजिक कार्यक्रममा बङ्गालीहरूले थुप्रै परम्परागत खानासँग परिचित हुने अवसर पाउँछन् जसमा भेटघाट कार्यक्रम, ईदको भव्य भोज, इफ्तार वा मेजबानी, पूजा, चाडपर्व र विवाहका समारोहहरू समावेश छन्।[][]

इलिस माछा र भात

क्षेत्रीय विशेषता

[सम्पादन गर्नुहोस्]
बङ्गलादेशी बिरयानी

बङ्गालको क्षेत्रीय विविधता यसको खानामा पनि झल्किन्छ। बङ्गालका विभिन्न क्षेत्रका आफ्नै विशेष परिकार, सामग्री र पकाउने विधिहरू रहेका छन्। सुन्दरवनसँग जोडिएको दक्षिण बङ्गालका जिल्लाहरूमा पाइने पिरोको अतुलनीय तीव्रता रहेको चुई खुर्सानीलाई भान्साहरूमा सानो सानो पारेर काटी प्रयोग गरिन्छ। अर्कोतिर उत्तर बङ्गालका जिल्लाहरू विभिन्न प्रकारका मिठाइँ लागि प्रख्यात छ। बगुडाको मिठो दही, नाटोरको काँचागोला वा पौडाबारीको चमचमको ख्याति राष्ट्रभर फैलिएको छ। यसका साथै अन्य क्षेत्रहरूको प्रसिद्ध मिठाइँहरू पनि बङ्गाल भर लोकप्रिय रहेका छन् जसअन्तर्गत नेत्रकोनाको बालिस मिठाइँ, मुक्तागाछाको मान्डा, नवद्वीपको रातो दही वा कुमिल्लाको रसमलाई पर्दछन्।

पेय पदार्थहरू

[सम्पादन गर्नुहोस्]

सामान्य पेय पदार्थहरूमा सर्वत, लस्सी, रूह अफजा, माठा, फलुदा र छाछ समावेश छन्। बङ्गाली चियाका दुई मुख्य प्रकारहरू दुध चिया (दूध चिया) र मसला चिया हो। श्रीमङ्गल उपजिल्ला बङ्गालको चिया राजधानीको रूपमा परिचित र सात रङको चियाको लागि प्रसिद्ध छ भने ढाका बोरहानीको लागि प्रसिद्ध छ। परम्परागत फलफूलको रसहरू जस्तै: उखुको रस, आँपको रस, पाम फलको रस, खजुरको रस साथै वन सिलाममा आधारित पेय पदार्थहरू पनि यहाँ धेरै लोकप्रिय रहेका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Bangladesh, Redback Publishing, २०१९, पृ: 9, आइएसबिएन 9781925630831 
  2. Lonely Planet India, Lonely Planet, २०२२, पृ: 802, आइएसबिएन 9781837580330 
  3. Culinary Culture in Colonial India, Cambridge University Press, २०१५, पृ: 151, आइएसबिएन 9781107042810 
  4. "Food Culture in India", Greenwood Publishing Group, २००४, पृ: 117, आइएसबिएन 9780313324871 
  5. Bengali Culture Over a Thousand Years, Niyogi Books, २०१८, पृ: 428। 
  6. "The iftar plates of Bangladesh", अप्रिल २०२३। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]