बङ्गाली हिन्दु विवाह
बङ्गाली हिन्दु विवाह (बङ्गाली: বাঙালি হিন্দু বিবাহ) भन्नाले सामान्यतया पश्चिम बङ्गाल, त्रिपुरा सहित भारतका विभिन्न राज्यहरू र बङ्गलादेशका विभिन्न भागहरूमा बसोबास गर्ने सनातन हिन्दु धर्म अनुसारको वर-वधू बीच शास्त्रीय नियम र पारिवारिक परम्परागतको पालन गरि हुने एक पवित्र सामाजिक विवाह हो।[१] वैदिक र लौकिक गरि हिन्दु समाजको विवाहमा मुख्य रूपमा दुई प्रकारका संस्कार तथा अनुष्ठान देखिन्छन्। लौकिक संस्कारहरूलाई 'स्त्री संस्कार' भनेर चिनिन्छ। वैदिक संस्कारमा समावेश अनिवार्य पालन गर्नुपर्ने परम्पराहरूमा: कुषण्डिका, लाजहोम, सप्तपदी, पाणिग्रहण, धृतिहोम र चतुर्थी होम पर्दछन् भने वैदिक संस्कारहरूको लौकिक संस्कारसँग कुनै पनि सम्बन्ध हुँदैन। लौकिक संस्कार क्षेत्र, जात वा उपजात अनुसार फरक-फरक प्रकारका हुन्छन्। जाती व्यवस्था अनुसार छुट्टाइएका विभिन्न हिन्दु जातीय समुदायहरूमा लौकिक संस्कारका साथसाथै विवाहका मूल संस्कारमा पनि समुदाय अनुसार भिन्नता देख्न सकिन्छ। घटी र बङ्गाली संस्कार-कार्यक्रम गरि बङ्गालका हिन्दु समुदायमा यी संस्कार-परम्परालाई सामान्यतया दुई भागमा विभाजित गर्न सकिन्छ।[१][२]
ऐतिहासिक रूपमा हेर्ने हो भने बङ्गाली हिन्दु समाजमा बालविवाह व्यापक रूपमा प्रचलित थियो। अहिले बालविवाह कानूनी रूपमा निषेधित र दण्डनीय अपराध हो। हाल परिपक्व उमेरमै विवाह गर्ने प्रचलन रहेको पाइन्छ। यद्यपि विवाहमा दाइजो प्रथा अझै पनि व्यापक रूपमा प्रचलित रहेको भएतापनि दाइजो विरोधी कानून लागू भइसकेको छ। सन् १८५५ मा बङ्गाली हिन्दु समाजमा सम्बन्ध विच्छेद कानुन लागु भएको र सन् १८५६ मा विधवा विवाहको कानुनलाई पनि पारित गरिएको थियो। यी दुई प्रथाहरू हिन्दु समाजमा हाल त्यति धेरै प्रचलनमा रहेको पाइँदैन। नागरिक समाजमा असवर्ण विवाहहरू पनि अहिले प्रचलित भएका छन्। बङ्गालमा दर्ता नभएको पहिलो असवर्ण विवाह देशबन्धु चित्तरञ्जन दास र बसन्ती देवी बीच भएको थियो।
विवाहअघिको संस्कार
[सम्पादन गर्नुहोस्]पाटिपत्र
[सम्पादन गर्नुहोस्]पाटिपत्र हिन्दू विवाहको पहिलो संस्कार हो। यस संस्कारलाई लग्नपत्र वा मङ्गलाचार पनि भनिन्छ। सम्बन्ध स्थापित भएर विवाह हुने निश्चित भएपछि नगद वा गहनाको रूपमा दाइजो वा सामग्रीहरूलाई अन्तिम रूप दिई निश्चित गर्नको लागि हुने कार्यक्रमलाई विवाह पत्र भनिन्छ। यस संस्कारको माध्यमबाट विवाहका अन्य संस्कारहरूको सुरुवात हुन्छ।
पानखिल
[सम्पादन गर्नुहोस्]पानखिल हिन्दु विवाहको दोस्रो संस्कार हो। यो विवाह पत्रको ठीक पछि नै गरिन्छ। पानखिलको अर्थ पानको पातमा औपचारिक रूपमा खिल कुशको गाँठो बनाइ राख्ने हो। यो संस्कार पहिलोमा वरको घरमा र पछि वधूको घरमा आयोजित हुन्छ। पानखिल संस्कारमा घरकी छोरीहरू र छिमेकी महिलाहरू विवाह गीत गाइरहेकी हुन्छन्। यी गीतहरूको विषयवस्तु राम र सीताको विवाहसँग जोडिन्छ।
आइबुडो भात
[सम्पादन गर्नुहोस्]
आइबुडो भात बङ्गाली संस्कृतिमा एक प्रिय परम्परा हो जुन विशेषगरी विवाहका लागि योग्य बनेका अविवाहित युवाहरूका लागि महत्वपूर्ण छ। आइबुडो (अविवाहित व्यक्ति) र भातलाई संयोजन गरेर बनाइएको यस शब्दले विवाह जीवनमा प्रवेश गर्नुभन्दा पहिले दुलाहा वा दुलहीले खाने अन्तिम भोजनलाई दर्शाउँछ। यो अवसर प्रेम र माया मनाउने उत्सव हो जसमा अभिभावक र सम्बन्धीहरूले यस अवसरको सम्मानमा भव्य भोजको आयोजना गर्दछन्। आइबुडो भातलाई विशेष बनाउने तत्वको रूपमा माछाका परिकारहरूको मुख्य भूमिका रहन्छ। दक्षताका साथ तयार पारि पाहुनाहरूलाई खुवाउनका लागि दही माछादेखि माछाको झोलसम्मका परिकारहरूलाई सावधानीपूर्वक चयन गरिन्छ। यी परिकारहरूले बङ्गालको पाककला शैलीका साथसाथै गहिरो प्रतीकात्मक अर्थ पनि बोकेको छ। यस संस्कारको एक महत्वपूर्ण भाग माछाको टाउको दुलाहा वा दुलहीलाई प्रस्तुत गर्नु हो भने दुलाहा वा दुलहीले माछाको टाउकोको सानो भाग खाएपछि आफ्ना दाजुभाइ वा दिदीबहिनीहरू दिन्छन्।
गाए होलुद
[सम्पादन गर्नुहोस्]संस्कृतमा यस परम्परालाई गात्रहरिद्रा भनिन्छ। हिन्दु धर्ममा शुभ मानिने चिजहरूमा शङ्खध्वनि, पहेँलो रङ्ग आदि पर्दछन्। गाए होलुद भन्ने शब्दको अर्थ 'शरीरमा बेसार दल्नु' हो जुन परम्परागत बङ्गाली विवाहपूर्वको रिति अन्तर्गत पर्दछ।[३] यस रीति अनुसार दुलहा बिना दुलहाको परिवार समारोहको बिहान दुलहीको घरमा पुगेर उत्सव मनाउँछ र शरीरमा पानीमा भिजाइएको बेसारको धुलो दल्ने कार्यक्रम सम्पन्न गर्छन्। दुलहाको घरबाट सारी, गम्छा र अन्य सामग्रीहरू पठाइन्छ दुलहीको घर पठाइन्छ भने उता दुलहीलाई पनि बेसार दलिन्छ र स्नान गराइन्छ। विवाहको दिन दुलही र दुलहाको दुवै परिवारले आफ्ना-आफ्ना गाये होलुद समारोहको आयोजना गर्दछन्। यो परम्पराले शुद्धिकरणको प्रतीक प्रस्तुत गर्दछ र उनीहरूको नयाँ जीवनको यात्रा सुरु भएको जनाउँछ।[४][५][६]
चित्रशाला
[सम्पादन गर्नुहोस्]- हातमा मेहेन्दी लगाएकी एक बङ्गाली वधू
- बङ्गाली हिन्दु विवाहको एक अंश, माछा र हाँडी
- विवाहको परम्परा
- कन्यादान
- बङ्गाली हिन्दु विवाहको एक तस्वीर
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 Rozario, Santi; Samuel, Geoffrey (१ जुलाई २०१०), "Gender, religious change and sustainability in Bangladesh", Women's Studies International Forum 33 (4): 354–364, आइएसएसएन 0277-5395, डिओआई:10.1016/j.wsif.2010.02.009।
- ↑ Akhter, Shahida (१७ जुन २०२१), "Gaye Halud", Banglapedia (अङ्ग्रेजीमा) (2nd revised संस्करण)।
- ↑ amadernotunshomoy.com, (२०१९-०३-२९), বাঙালি হিন্দু বিবাহ ও লৌকিক আচার, Amadernotun Shomoy, पहुँच मिति २०२१-०९-०२।
- ↑ Naskar, Nibedita; Munshi, Swayamdipta (२०२३), "Fishing the Fish from Bengali Rituals: An Ethno-historical Study", SAARC Cultural Journal (Colombo, Sri Lanka: South Asian Association for Regional Cooperation) 9 (2023): 106–127, मूलबाट २० फेब्रुअरी २०२५-मा सङ्ग्रहित।
- ↑ Alam, S. M. Nazmul; Naser, M. Niamul (२०२०), "2. Role of traditional foods of Bangladesh in reaching-out of nutrition", in Jamuna Prakash; Viduranga Waisundara; Vishweshwaraiah Prakash, Nutritional and Health Aspects of Food in South Asian Countries, Academic Press, पृ: 217–235, आइएसबिएन 9780128200117, डिओआई:10.1016/B978-0-12-820011-7.00025-3, मूलबाट २८ जनवरी २०२५-मा सङ्ग्रहित।
- ↑ Alam, Shariful, "Nature and Causes of Conflict Regarding the Culture of Bangladesh and European Union (EU)", BD Research Publications Journal (अङ्ग्रेजीमा) 5 (2): 157–166, मूलबाट २० फेब्रुअरी २०२५-मा सङ्ग्रहित।