सामग्रीमा जानुहोस्

बज्रबाराही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बज्रवाराहीको मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँ र झरुवावासीको सिमानामा रहेको घना जंगलमा अवस्थित छ ।[][] बज्रवाराहीको मन्दिर नेपालको एक शक्तिपीठको रूपमा प्रख्यात छ। तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ।[] दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाउँमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महत्व रहेको यहाँका पूजारी बताउँछन्।[][]


मन्दिर बनावट

[सम्पादन गर्नुहोस्]

प्यागोडा शैलीको यो मन्दिरको छाना तामाको बनेको छ । यस मन्दिरमा गजुर छैन् । अष्ट मातृका, गणेश, भैरव र कुमारका मूर्तिहरू पनि मूर्तिको दाहिने र देब्रेपट्टि राखिएका छन्। यो मन्दिरको कलात्मक शैलीमा निर्माण गरिएको छ। यो मौलिक कलाकृति संग सजिएको छ । यस मन्दिर परिसरमा धेरै देवी-देवताका मूर्तिहरू पनि रहेका छन्।[]

यस मन्दिरको स्थापना उपत्यकामा बज्रयाण सम्प्रदायको बढी प्रभाव परेको बेला भएको अनुमान गरिएको छ। अर्थात् नवौंदेखि बाह्रौं शताब्दीसम्म बज्रयाणी देवतालाई नारी शक्तिका रूपमा पुजिन्थ्यो। वंशावली अनुसार मन्दिर श्री निवास मल्लले वि.सं. ७८६ मा बनाएका थिए भने विष्णु मल्लले वि.सं. ८२५ मा मन्दिरको पुनरुत्थान गरेका थिए । यस मन्दिरमा चैत्र शुक्ल पूर्णिमाका दिन घरको आँगनबाट मण्डपमा बज्रबाराही देवीको विशेष पूजा गरी खाटमा राखिन्छ ।[]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "ललितपुरको बज्रबाराही मन्दिरमा चित्रकला प्रदर्शनी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०२ 
  2. "बज्रबाराही देवीको जात्रा स्थगित", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०२ 
  3. "किन राखिएन बज्रबाराही मन्दिरमा गजुर ? यस्तो छ किंवदन्ती", दर्पण दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०२  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-०२ मिति
  4. "चोरी भएको ५२ वर्ष पछि चापागाउँ फर्कियो बज्रबाराही माईको मूर्ति", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०२ 
  5. "वज्रवाराहीमा भक्तजनको भीड", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०२ 
  6. "बज्रबाराही मन्दिर: चापागाउँ । ललितपुर", मुकुल टाईम्स (नेपालीमा), अन्तिम पहुँच २०२४-०४-०३ 
  7. "बज्रबाराही मन्दिर: चापागाउँ । ललितपुर", मुकुल टाईम्स (नेपालीमा), अन्तिम पहुँच २०२४-०४-०३ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]