बट्टाईको जुधाई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बट्टाईको लडाइँ[सम्पादन गर्ने]

जीवन सङ्घर्षमा धेरै प्राणीहरू पोथीका लागि जुध्छन्, युद्ध गर्दछन्। प्रकृतिमा भाले बट्टाई पोथीका लागि जुध्छ। पाल्तु अवस्थामा भने दानाका लागि समेत जुध्ने गर्छ। 'मानिस लड्छ खानामा बट्टाई लड्छ दानामा' भन्ने उखानै छ। भाले–भालेको इर्ष्या, प्रतिस्पर्धा र जुधाई बट्टाईको लडाइँमा पनि देख्न सकिन्छ।

छनोट[सम्पादन गर्ने]

लडाकु बट्टाई छान्न पनि अनुभव र सीप चाहिन्छ। कद मिलेको चिल्लो चनाखो चरा छानेर त्यसको कण्ठ निरीक्षण गर्नुपर्छ। सेतो कण्ठमा चुच्चोमुनिबाट शुरु भएर मुसारिँदै चौडा भएर त्रिकोण मिलेको कालो दागले भाले चरा भन्ने जनाउँदछ। त्यो कालो चिह्न कण्ठको तल पुगेपछि सलक्क दुवै कानतिर पोतिन्छ। चराको छनौटमा बट्टाईबाजहरू कण्ठको त्यही कालो बुट्टा नियालेर आफ्नो निर्णय लिन्छन्।

पालन[सम्पादन गर्ने]

बट्टाई घर ल्याएपछि त्यसलाई पाल्न सुगा, मैना, स्यामा, पट्टु वा क्यानरी पाल्ने खालको पिँजडा काम लाग्दैन। यसका लागि कावुज भनिने विशेष पिँजडा हुन्छ। वास्तवमा यो स–साना खोपा भएको खोर हो। कमलो काठको फ्रेममा बाँसका सिन्काहरूले बार लगाएर यो खोर बनाइएको हुन्छ। चरालाई कतै घाउचोट नलागोस् भनेर सिन्काहरूलाई गोला र चिल्ला बनाइन्छ। प्रत्येक कावुजमा दुईदेखि ८ वटासम्म खोपा हुन्छन्। प्रत्येक खोपा खोल्न मुसाको खोरमा झ् ढोकालाई माथि उचाल्नुपर्छ। खोरभित्र धेरै चलखेल गर्ने ठाउँ हुँदैन।

तालीम[सम्पादन गर्ने]

उठबस गर्न मात्र पुग्छ। दाना–चारा, पानी खोरबाहिर ख्वाइन्छ। बट्टाईलाई जाडोबाट बचाउन कावुजलाई न्यानो बनाई टम्म ढाकिने कपडाको खोल लगाइएको हुन्छ। कावुजभित्र हात छिराएर चरालाई समातेर बाहिर भित्र गर्नुपर्छ। हातको स्पर्शले नै बट्टाई रत्याउने काम गरिन्छ। नयाँ बट्टाईलाई शुरुमा केही मनतातो पानीले भिजाएर हातको मुठ्ठीभरी 'मूठ' (मुठ्ठीमा च्याप्ने काम) गरेर १५/२० मिनेट राखेपछि पानी सुक्छ। जीउ सुख्खा भएपछि त्यसलाई कावुजमा छोडिन्छ। प्रत्येक दिन एकछिन बिहान र एकछिन बेलुका बट्टाईलाई मूठ गर्नुपर्छ। मूठ गर्न बिरायो भने बट्टाई बिग्रन्छ। लडाकु नभई काँतर हुन्छ, चुत्था बन्दछ।

बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। कोदोको गेडा जस्तो तर पहेँलो सुनौला दाना कावुजबाहिर सफा कपडामा छरिदिएपछि भोको चरा चल्बलाउन थाल्छ। ढोका खोलिदिएमा आफैँ बाहिर आउँछ र दाना खान थाल्छ। आठ, दश दिनमा बट्टाई रत्तिन्छ। हातले खेलाएमा बोल्न थाल्छ र ठुँङ्ने गर्छ। बिहान, बेलुका दाना ख्वाउँदा उफार्ने र खेलाउने गर्नुपर्छ। प्रत्येक दिन बिहान भर्रभर्र गरी ५–१० पटक उफारेमा त्यसलाई कसरत हुन्छ, छिटो थाक्दैन। खाना दिने बेलामा बट्टाईले आफ्नो छाती फुलाएर बोल्न र खुट्टाले दाना खोस्रेर छर्न थाल्यो भने त्यो मस्त भएछ भनी बुझ् हुन्छ। यस्ता बट्टाईलाई अरू बट्टाई देखाइदियो भने झ्म्टन थाल्छन्। शुरु शुरुमा बट्टाईलाई थोरै थोरै मात्र लडाउने र छुटाउने गर्नुपर्छ। नलड्ने चुत्था बट्टाईलाई हातमा समातेर 'चुत्था टोकाउने' अभ्यासमार्फत् टोक्ने, लुछ्ने, झ्टार्ने र लात हान्ने कला सिकाइन्छ। यो निकै निष्ठुरी तालीम हो– चुत्था टोकाउने।

बट्टाईलाई लड्नका लागि अरूको टोकाइ र आक्रमण खप्न सक्ने बनाउनुपर्छ। अरूको लात खप्न सक्नेकै जीत हुन्छ। त्यसका लागि 'पान मूठ' सहायक हुन्छ। प्रत्येक दिन बिहान घाम लागेपछि पान चपाएर त्यसको थुकले बट्टाईलाई ल्याप्प भिजाउनुपर्छ अनि मूठ लिएर घाममा सुकाउनुपर्छ। यसका लागि एक घण्टा लाग्न सक्छ। पारिलो घाममा बट्टाईबाजहरू हातमा बट्टाई मूठ लिएर गफ चुट्दै नयाँ माहोल सिर्जना गर्दछन्। पानमा हुने खयरले बट्टाईलाई रातो बनाउने मात्र हैन, त्यसमा रहेको 'टानिन' पदार्थले छालालाई मजबूत, घाउचोट नलाग्ने र अरूको टोकाइमा नदुख्ने समेत बनाउन मद्दत पुर्‍याउँछ। यसरी लडाउने बट्टाईको अवतारै फेरिएको हुन्छ। त्यो जङ्गली बट्टाईजस्तो पात र परालको धूपछायाँमा हैन, खयरको गाढा रातो रङमा प्रस्तुत हुन्छ।

बट्टाईबाजहरू आफ्नो बट्टाईलाई बेलुकी सुत्ने बेलामा एकपटक त्यसको कान लठ्ठिने गरी कु...कु... कराइदिन्छन्। 'कु' दिएपछि कानले बाहिरी आवाज टिप्न सक्दैन र लड्ने बेला बाहिरी अप्रत्यासित आवाजबाट त्यो चरा तर्संदैन। बट्टाई लडाउन बाजी पर्छ। बाजी हालेर 'नकआउट' खेल खेलाईन्छ जसलाई 'बुरुच' भनिन्छ। बुरुच खेलमा एउटाले नहारेसम्म, नभागेसम्म खेल चालू रहन्छ। एकले अर्कालाई टोक्ने र उफ्रेर भर्र लात हान्ने क्रिया नै बट्टाई खेलको मुख्य आकर्षण हो। त्यही लातलाई गनेर कति लात लड्यो भनी रेकर्ड कायम गरिन्छ। 'मेरो बट्टाईले ५० लात, ७५ लात वा १०० लात लड्यो' भन्ने घमण्ड नै बट्टाईबाजहरूको विजय–लक्ष्य हुन्छ। त्यसैले क्रिकेट खेलमा रन गनेझ् वा विकेट गनेझ् बट्टाई खेलमा लात गनिन्छ। मानिसका खेलकुदमा खेलाडीलाई अवैध औषधि सेवनले बढी तेजिलो बनाउने कुरा सुनिएजस्तै बट्टाई लडाउँदा आफ्नो चरालाई 'टाई' ख्वाएर ल्याउने पनि गरिन्छ। रक्सीले ढाडिएको कागुनोका केही दाना लडाउनु अगाडि ख्वाइएको हुन्छ, जसले बट्टाईलाई थोरै नशामा उतार्छ। कसै–कसैले टाई बनाउने रक्सीको सिसीमा सिङ्गो बिच्छी डुबाएका हुन्छन् भन्ने पनि सुनिन्छ। तर टाई खुवाएर बट्टाई जुधाउन ल्याउनु अवैध तरिका हो र त्यसमा बट्टाईबाजबीच ठूलै रगडा झ्गडा पनि मच्चिन्छ।

भिडन्त[सम्पादन गर्ने]

काठ्माडैमा बट्टाई सौखिनहरूका आ–आफ्नै घराना थिए। यस्तै परिवारले ठाउँठाउँमा बट्टाई लडाउने 'पाली'को ऐलान गर्दथे। विशेष गरेर मङ्गलबार र शनिबार यस्तो पाली लाग्ने गर्थ्यो। (पुरानो कुरा)

जुवामा कौडा फ्याँक्ने खालमा झ् चारैतिर बट्टाईबाज बस्ने र बीचमा सेतो सुकिलो नयनसुतको कपडा ओछ्याएर पहेँला कागुनोका दाना छरिएको थियो। दर्शकहरू कोही बसेर र कोही उठेर हेर्ने व्यवस्था मिलाईएको थियो। कसको बट्टाई कसकोसँग भिडाउने, हाँक चल्यो। त्यसबेला सुशील राजाको बट्टाईसँग जुधाउने त मूल कार्यक्रम नै थियो। पालैपालो बट्टाई मैदानमा उतार्ने र त्यसलाई हाँक दिने बट्टाईको बुरुज एकपछि अर्को चल्ने क्रम हुँदोरहेछ। बुरुज खेलमा जित्नेले हार्ने बट्टाई नै लिने चलन हुन्छ। हारेर अरूको हातमा पुगेको बट्टाई किनबेच पनि हुन्छ र बेच्ने नबेच्ने कुरा जित्ने बट्टाईबाजको अधिकार हुँदोरहेछ। बट्टाई खेल रोमाञ्चक र रमाइलो हुन्छ तर त्यहाँ दर्शक चुपचाप बस्नुपर्छ। चरा झ्स्कने जुनसुकै कुरा पनि त्यहाँ वर्जित हुन्छ। फूटबल, क्रिकेट वा बक्सिङमा झ् हौस्याउने, होच्याउने कुनै सम्भावना हुँदैन। 'पिन ड्रप साइलेन्स'मा चराको च्व च्व र पँखेटाका भारभुर बाहेक केही सुनिँदैन। भीम र दुर्‍योधनको कुस्तीझ् यो खेल–रोमाञ्चमा शारीरिक व्यायाम, कसरत, तालीम र मेहनतको पूरै प्रदर्शन हुन्छ।

अघाएको बट्टाई लड्दैन। मोटाएको बट्टाई पनि काम लाग्दैन। 'स्लिम' नबनाई बट्टाई पनि फूर्तिलो हुँदैन। बट्टाई स्लिम गर्ने तरिकालाई 'जुलाफ गर्ने' भनिन्छ। बट्टाईमा बोसो लाग्यो भने जुलाफ गरिन्छ। दिनभर पखाला लगाउने विधि नै जुलाफ हो। पहिले सानो कुड्का असल मिश्री घाँटीमा ठेलेर चरालाई ख्वाइन्छ। त्यसपछि नर्स कम्पाउण्डरले इन्जेक्सन दिने 'सिरिञ्ज'मा सियो झ्िकेर बाइसाइकलको ट्यूबमा जडिने मसिनो रवरको 'भल्भ ट्यूब' लगाइन्छ। त्यसमा मेथी उमालेर निकालेको झ्ोल अर्थात् मेथीपानी भरेर चराको चुच्चो फटाएर घाँटीभित्र ट्यूब हुलेर बिस्तारै पेटभरी झ्ोल भरिदिइन्छ। अलिकति तलमाथि पर्‍यो भने बट्टाई मर्न सक्छ। [१]

स्रोत[सम्पादन गर्ने]

  1. डा. तीर्थबहादुर श्रेष्ठ