बदिन सहर
बदिन بدين | |
---|---|
जिल्ला सदरमुकाम | |
निर्देशाङ्क: २४°३९′२६″उ॰ ६८°५०′२६″पू॰ / २४.६५७२२°N ६८.८४०५६°Eनिर्देशाङ्कहरू: २४°३९′२६″उ॰ ६८°५०′२६″पू॰ / २४.६५७२२°N ६८.८४०५६°E | |
देश | ![]() |
राज्य | सिन्ध |
जिल्ला | बदिन |
उन्नतांश | १० मिटर (३० फिट) |
जनसङ्ख्या | |
• जम्मा | ६१,३०२ |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
बदिन (सिन्धी: بدين उर्दू: بدین) पाकिस्तानको सिन्ध प्रान्तमा रहेको बदिन जिल्लाको सदरमुकाम सहर हो ।[१] यो सहर सिन्धु नदीबाट पुर्वमा रहेको छ । यो सहरका जमिन समथल र उब्जाउ हुने भएकाले धान खेती यहाँ देशको सबैभन्दा धेरै उत्पादन हुन्छ भने यस सहरबाट नजिकमा तोरी खेती पनि हुन्छ । बदिन सहर बदिन जिल्लाको प्रमुख सहरको रूपमा रहेको छ जसको सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या ६१,३०२ रहेको छ ।[२] बदिन सहरलाई यहाँ धेरै चिनी उत्पादन हुने भएकाले चिनीको सहर पनि भनिन्छ । यो सहर सन् १९७५ मा स्थपना भएको थियो । बदिन जिल्लालाई उत्तर तर्फबाट हैदराबाद र मीरपुर खासले घेरेको छ । तिरपकर र मीरपुर खासले उत्तरबाट घेरेको छ भने थटा जिल्लाले पश्चिममा त्यस्तै गरी भारतको कच जिल्लाले दक्षिणमा घेरेको छ जुन भारतसँग अन्तर्राष्ट्रिय सिमाना रूपमा रहेको छ ।[३]
मौसम[सम्पादन गर्ने]
यस सहरको नजिकमा समुन्द्र भएकाले सहरको मौसमलाई लगभग सबै महिना मध्यम तापक्रम हुने खालको छ । यस सहरमा मार्च महिना देखि अक्टोबर महिना सम्म समुन्द्रको मन्ध हावा चल्ने गर्छ । वर्षा ऋतुको समयमा यस सहरको आकास बादलले घेरेता पनि पानी भन्ने कम मात्रमा पर्छ यतिबेलाको मौसम सामान्यतया ओसिलो हुन्छ । बदिनको चिसो मौसम नोभेम्बरको सुरुदेखि देखि सुरु हुन्छ जब ओसिलो समुन्द्री हावा अचानक परिवर्तन भएर चिसो हावा उत्तर-पूर्वी तिरबाट बग्न थाल्छ यसको कारण प्राकृतिक तापमानमा तुरुन्तै गिरावट हुन्छ र यस समयमा आँधी तुफान र बाढीको बढी खतरा हुन्छ ।
बदिनको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
अधिकतम °से (°फे) रेकर्ड | ३६٫१ (९७) |
३७٫२ (९९) |
४२٫८ (१०९) |
४५٫६ (११४) |
४९٫४ (१२१) |
४६٫७ (११६) |
४३٫३ (११०) |
४१٫१ (१०६) |
४२٫२ (१०८) |
४१٫७ (१०७) |
३८٫३ (१०१) |
३५٫६ (९६) |
४९٫४ (१२१) |
अधिकतम °से (°फे) औसत | २५٫८ (७८) |
२८٫६ (८३) |
३४٫० (९३) |
३८٫४ (१०१) |
३९٫८ (१०४) |
३८٫० (१००) |
३५٫१ (९५) |
३३٫६ (९२) |
३४٫४ (९४) |
३५٫८ (९६) |
३१٫९ (८९) |
२६٫७ (८०) |
३३٫५१ (९२٫१) |
दैनिक औसत °से (°फे) | १७٫२ (६३) |
२०٫१ (६८) |
२५٫४ (७८) |
३०٫१ (८६) |
३२٫७ (९१) |
३२٫८ (९१) |
३१٫१ (८८) |
२९٫८ (८६) |
२९٫६ (८५) |
२९٫७ (८५) |
२३٫९ (७५) |
१८٫४ (६५) |
२६٫७३ (८०٫१) |
न्यूनतम °से (°फे) औसत | ८٫७ (४८) |
११٫६ (५३) |
१६٫८ (६२) |
२१٫८ (७१) |
२५٫५ (७८) |
२७٫५ (८२) |
२७٫० (८१) |
२६٫१ (७९) |
२४٫९ (७७) |
२१٫७ (७१) |
१५٫९ (६१) |
१०٫१ (५०) |
१९٫८ (६७٫८) |
न्यूनतम °से (°फे) रेकर्ड | −१٫१ (३०) |
१٫० (३४) |
५٫० (४१) |
१३٫० (५५) |
१७٫५ (६४) |
२१٫१ (७०) |
२३٫० (७३) |
२२٫५ (७३) |
२०٫६ (६९) |
१२٫० (५४) |
६٫७ (४४) |
२٫५ (३७) |
−१٫१ (३०) |
औसत हिउँ/वर्षा मीमी (इञ्च) | १٫० (०٫०४) |
३٫६ (०٫१४) |
२٫३ (०٫०९) |
२٫५ (०٫१) |
०٫७ (०٫०३) |
१०٫८ (०٫४३) |
७०٫५ (२٫७८) |
८९٫९ (३٫५४) |
३४٫४ (१٫३५) |
३٫७ (०٫१५) |
१٫७ (०٫०७) |
१٫१ (०٫०४) |
२२२٫२ (८٫७६) |
स्रोत: (१९६१–१९९०) [४] |
शिक्षा[सम्पादन गर्ने]
बदिन सहरका छात्र छात्राको शिक्षामा अभिबृद्ध ल्याउनका लागि यस सहरमा सिन्ध विश्वविद्यालय स्थपना भएको थियो जसलाई लार पनि भन्ने गरिन्थ्यो । त्यसपछि सिन्ध विश्वविद्यालय लार क्याम्पस पनि सहरमा स्थापित गरिएको थियो जसले उच्च शिक्षाका लागि महिला सहभागीतामा विषेश ध्यान दिएको थियो । यस क्याम्पले एक पुस्तकालय र एक कम्प्युटर प्रयोगशाला सहित इन्टरनेट जडान सुविधा प्रदान गर्दछ । कलेजले बिजनेस एडमिनिस्ट्रेशन, वाणिज्य र कम्प्युटर साइन्समा ४-वर्षको स्नातक डिग्री प्रदान गर्दछ र कम्प्यूटर साइन्स र बीएडडी, एम.एडमा स्नातकोत्तर डिप्लोमाको पनि व्यवस्था गरिएको छ । राहिम पब्लिक स्कूल र कलेज बदिन पूर्व-मेडिकल र पूर्व-इन्जिनियरिङ अध्ययनको लागि यस क्षेत्रको लोकप्रिय विद्यालयहरू हुन् । सन् २०१३ को अनुसार सरकारले सञ्चालन गरेका विद्यालयहरूमा २०९ विद्यालय छात्रका लागि, १०२ विद्यालय छात्राका लागि , ६९१ प्राथमिक विद्यालयहरू, ४२८ सह-शैक्षिक विद्यालयहरू, र १५ उच्च विद्यालयहरू रहेका छन् ।[५]
संस्कृति[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "बदिन सहर", इनसाईक्लोपिडिया ब्रिटानिका, अन्तिम पहुँच १८ जनवरी २०१३।
- ↑ "बदिन सहरको इतिहास", गन्धारा, अन्तिम पहुँच ८ नोभेम्बर २०१३।
- ↑ "बदिन सहरको जानकार"।
- ↑ "बदिन सहरको मौसमी जानकारी", राष्ट्रिय जल तथा मौसम पुर्वाअनुमान महासाखा, अन्तिम पहुँच जनवरी १८, २०१३।
- ↑ सिन्ध, विश्वविद्यालय, "बदिन सहरको लार क्याम्पस", मूलबाट १२ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ नोभेम्बर २०१३।