बन्दर (चलचित्र)
| बन्दर | |
|---|---|
रङ्गमञ्च प्रदर्शित पोस्टर | |
| निर्देशक |
|
| लेखक |
|
| निर्माता |
|
| मुख्य कलाकार | |
| छायाङ्कन | सैय्यद शाज रिजवी |
| सम्पादन | आरती बजाज |
| सङ्गीत | पार्श्व सङ्गीत: शिवहरि वर्मा गीत:
|
वितरक कम्पनी | |
| वितरक | जी स्टुडियोज |
प्रदर्शन मिति |
|
अवधि | १३६ मिनेट[१] |
| देश | भारत |
| भाषा | हिन्दी |
| बक्स अफिस | ₹५.४५ करोड[२] |
बन्दर (अनुवाद: बाँदर), अन्तर्राष्ट्रिय रूपमा मन्की इन अ केज नामले प्रदर्शन गरिएको,[३] अनुराग कश्यपद्वारा निर्देशित र निखिल द्विवेदीद्वारा आफ्नो साफ्रन म्याजिकवर्क्स ब्यानरअन्तर्गत निर्मित सन् २०२५ को भारतीय हिन्दी भाषाको अपराध थ्रिलर चलचित्र हो। सुदीप शर्मा र अभिषेक बनर्जीले लेखेको यो चलचित्र वास्तविक जीवनमा घटेको घटनाबाट प्रेरित छ। यस चलचित्रमा शीर्ष भूमिकामा बबी देओलको साथमा सान्या मल्होत्रा, सपना पब्बी, सबा आजाद, इन्द्रजित सुकुमारन, राज बी. शेट्टी र जितेन्द्र जोशीले अभिनय गरेका छन्।[४] यो चलचित्र एक वृद्ध हुँदै गएको टेलिभिजन कलाकारको कथामा आधारित छ, जसलाई उनकी पूर्वप्रेमिकाले बलात्कारको आरोप लगाउँछिन्।[५][६]
चलचित्रको पहिलो प्रदर्शन ६ सेप्टेम्बर २०२५ मा टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ को विशेष प्रस्तुति कार्यक्रममा भएको थियो।[३][७] यसलाई ५ जुन २०२६ मा चलचित्रघरमा प्रदर्शन गरिएको थियो, जहाँ यसले समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो।[८][९][१०]
निर्माण
[सम्पादन]यो चलचित्र अनुराग कश्यपले अन्य दुई लेखकसँग मिलेर लेखेको अप्रकाशित कथाको रूपान्तरण हो। यसको पटकथा सुदीप शर्मा र अभिषेक बनर्जीले लेखेका छन्। चलचित्रको प्रधान छायाङ्कन १४ मे २०२४ मा मुम्बईमा सुरु भएको थियो।[५][११]
साउन्डट्र्याक
[सम्पादन]| बन्दर | |||
|---|---|---|---|
विशाल मिश्रा, आदित्य देव, अमित त्रिवेदी, ब्लरफेस, सिकफ्लिप र शिवहरी वर्मा को साउन्डट्र्याक एल्बम | |||
| जारी | २१ मे २०२६ | ||
| शैली | चलचित्रको साउन्डट्र्याक | ||
| लम्बाइ | १९:० | ||
| भाषा | हिन्दी | ||
| लेबल | सारेगामा | ||
ट्र्याक सूची
[सम्पादन]| क्र.सं. | शीर्षक | शब्द | सङ्गीत | गायक(हरू) | लम्बाइ |
|---|---|---|---|---|---|
| १. | "क्युँ मजा आ राहा है" | शाश्वत द्विवेदी | विशाल मिश्रा, आदित्य देव | विशाल मिश्रा | ३:१० |
| २. | "पिन्जारा" | सुदीप शर्मा | अमित त्रिवेदी | अमित त्रिवेदी | ३:५४ |
| ३. | "आरोपी" | १००आरबीएच | ब्लरफेस | १००आरबीएच | ३:४९ |
| ४. | "मुम्बई शहर" | एमसी महर्या, एमसी मवाली | सिकफ्लिप | एमसी महर्या, एमसी मवाली | ३:०७ |
| ५. | "राम सिया राम" | परम्परागत भजन | शिवहरि वर्मा | शिवहरि वर्मा | ३:०६ |
| ६. | "चन्द्र चूडा शिवशङ्करा" | परम्परागत भजन | शिवहरि वर्मा | शिवहरि वर्मा | १:५८ |
| कुल लम्बाइ: | १९.० | ||||
प्रदर्शन
[सम्पादन]चलचित्रघरमा प्रदर्शन
[सम्पादन]बन्दर / मन्की इन अ केज को प्रिमियर ६ सेप्टेम्बर २०२५ मा टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा भएको थियो।[१२][१३][३] चलचित्र ५ जुन २०२६ मा चलचित्रघरमा प्रदर्शनमा आएको थियो।[९]
गृह मिडिया
[सम्पादन]चलचित्र २८ अगस्ट २०२६ देखि जी५ मा स्ट्रिमिङ हुन थालेको थियो।[१४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Central Board of Film Certification (२०२६-०५-३०), "BANDAR", Central Board of Film Certification, अन्तिम पहुँच २०२६-०५-३०।
- ↑ "Bandar Box Office Collection", Bollywood Hungama, ५ जुन २०२६, अन्तिम पहुँच ६ जुन २०२६।
- 1 2 3 "TIFF Lightbox: Monkey in a Cage – Bandar", TIFF, १२ अगस्ट २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५।
- ↑ "Anurag Kashyap's 'Monkey in a Cage' Tackles #MeToo Fallout: Bobby Deol 'Totally Put His Whole Vulnerable Self Out There'", Variety, ६ सेप्टेम्बर २०२५, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२५।
- 1 2 "Sanya Malhotra & Bobby Deol begin shooting for Anurag Kashyap's next", Filmfare, २१ मे २०२४, अन्तिम पहुँच ९ अगस्ट २०२५।
- ↑ "Is Malayalam actor Indrajith in Anurag Kashyap's 'Bandar'? Bobby Deol-starrer to be presented at TIFF 2025 – Toronto International Film Festival 2025", The Week, २२ जुलाई २०२५, अन्तिम पहुँच ९ अगस्ट २०२५।
- ↑ D'Alessandro, Anthony (२१ जुलाई २०२५), "TIFF Galas & Presentations: World Premieres", Deadline, अन्तिम पहुँच ९ अगस्ट २०२५।
- ↑ "Bandar receives SMASHING reviews! : Bollywood News", Bollywood Hungama, २०२६-०६-०५, अन्तिम पहुँच २०२६-०६-०५।
- 1 2 "Bobby Deol's 'Bandar (Monkey in a Cage)' to release worldwide on June 5, 2026", Telangana Today, २७ अप्रिल २०२६, अन्तिम पहुँच २७ अप्रिल २०२६।
- ↑ "Saba attends world premiere of Bandar (Monkey in a Cage) at TIFF", The Tribune, १३ सेप्टेम्बर २०२५, अन्तिम पहुँच १३ सेप्टेम्बर २०२५।
- ↑ "Bobby Deol-Anurag Kashyap's 'Bandar (Monkey in a Cage)' to have World Premiere at TIFF", The Hollywood Reporter, २४ जुलाई २०२५, अन्तिम पहुँच १२ अगस्ट २०२५।
- ↑ "Special Presentations", Toronto International Film Festival, २६ जुलाई २०२५, अन्तिम पहुँच ९ अगस्ट २०२५।
- ↑ "Anurag Kashyap's 'Bandar' to premiere at Toronto International Film Festival", The Hindu, २२ जुलाई २०२५, अन्तिम पहुँच ९ अगस्ट २०२५।
- ↑ "Bobby Deol's ‘Bandar’ gets OTT release date: Here's where you can watch Anurag Kashyap’s directorial", The Times of India, अन्तिम पहुँच २० अगस्ट २०२६।