बरिशाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बरिसालबाट अनुप्रेषित)
बरिसाल
বরিশাল
सहर
बरिसालका सम्पदाहरू
उपनाम: 
पूर्वको भेनिस
विभागबरिसाल विभाग
जिल्लाबरिसाल
नगरपालिकाको स्थापना१८७६; १४८ वर्ष अघि (१८७६)
सहर निगम२००२; २२ वर्ष अघि (२००२)
सहर१९ अप्रिल २००१[१]
सरकार
 • प्रकारमेयर परिसद
 • अङ्गबरिसाल परिसर निगम
क्षेत्रफल
 • सहरी
५८ किमी (२२ वर्ग माइल)
उन्नतांश
१ मिटर (४ फिट)
जनसङ्ख्या
 (२०११)[३]
 • सहर३२८,२७८
 • घनत्व१०,५२४/किमी (२७,२६०/वर्ग माइल)
 • महानगर
३८५,०९३
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
हुलाक कोड
८२००
टोलिफोन कोड०४३१
वेबसाइटआधिकारिक वेबसाइट

बारिसाल (बङ्गाली: বরিশাল) बङ्गलादेशको एक प्रमुख सहर हो जुन क्रितनखोला नदिको किनारमा रहेको छ । यो सहर बङ्गलादेशको दक्षिण-मध्य क्षेत्रमा अवस्थित छ । यो सबैभन्दा ठूलो सहर हो र दुवै बरिसाल जिल्ला र बरिसाल विभागको प्रशासनिक मुख्यालय र सबैभन्दा ठूलो सहर हो । यो बङ्गलादेशको सबैभन्दा पुरानो नगरपालिका र नदी बन्दरगाह रूपमा रहेको छ । बिरसल नगरपालिका १९७६ मा ब्रिटिश राजको समयमा स्थापना भएको थियो र २५ जुलाई २००२ मा नगरपालिका निगममा स्थान अभिब्रिद्घी गरियको थियो । सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या ३२८,२७८ रहेको छ र यस सहरमा ३० वार्डहरू र ५० वटा महलहरू छन् । यस सहरको कुल क्षेत्रफल ५८ वर्ग किलोमिटर रहेको छ ।

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

२०११ राष्ट्रिय जनगणनाको अनन्त परिणामको अनुसार बरिसालको जनसङ्ख्या (बरिसाल नगर निगमको अधिकार क्षेत्र अन्तर्गत) ३२८,२७८ रहेको छ जसमध्ये परुषको जनसङ्ख्या ५१.६३ र ४८.३७ % महिला को जनसङ्ख्या रहेको छ ।

बरिसालको सहरीया मानिसको साक्षरता दर ७५.३ % रहेको छ जुन राष्ट्रिय औसत ५६.५ % भन्दा अधिक छ । बरिसालमा लगभग सबै मानिसहरू बङ्गाली हुन ।

भूगोल[सम्पादन गर्नुहोस्]

बरिसला जिल्ला कुल क्षेत्रफल २७९०.५१ वर्ग किलोमिटर रहेको छ जुन मदारीपुर ,लक्ष्मीपुर ,चाँदपुर ,शरियतपुर जिल्लाले उत्तर तर्फबाट धेरेको छ भने पटुवाखाली ,बर्जुना र झालोकोटी जिल्लाले दक्षण तर्फबाट धेरेको छ र भोला जिल्लाले पुर्वीमा र पिरोजपुर ,झालोकोटी र गोपालगंजले पश्चिम तर्फबाट धेरेको छ । खोरदबाद , एरियल खान ,कमलीजरा र क्रितनखोला यस सहरका प्रमुख नदिहरू हुन् ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

बरिसाल बङ्गलादेशको सबैभन्दा धेरै धान उत्पादन गर्ने सहर हो । यस सहरमा बलाम (एक प्रकारको बासमती धान) यहाँको लोकप्रिय धान हो । यो सहर पानको लागि प्रख्यात छ । सहरलाई नदिहरूले धेरेको हुँदा यहाँ माछा पनि धेरै मात्रमा पाईन्छ । नरिवल यस सहरको एक प्रमुख फलफुल हो । सहरले हालसम्म हल्सा माछा ,सिमेन्ट ,धान ,अौसधीहरू आयात गर्दै आएको छ ।

खेलकुद[सम्पादन गर्नुहोस्]

यस सहरमा क्रिकेटफुटबल अत्याधिक रुचाइएको खेल हो भने कब्ड्डी र टेनिस पनि प्रख्यात रहेको छ। यस सहरको बरिशाल विभागीय रङ्गशाला अन्तर्राष्ट्रिय रङ्गशाला हो जसमा विभिन्न किसिममा खेलहरू खेलिँदै आएको छ भने यस रङ्गशालाको कुल क्षमता १५,००० रहेको छ। हाल यो रङ्गशालालाई क्रिकेट खेलहरूको लागि प्रयोग गरिन्छ। यो फुटबल र अन्य खेलकुदहरूको लागि पनि प्रयोग गरिँदै आएको थियो। विभिन्न खेलहरू बाहेक त्यहाँ कहिलेकाहीँ खेल सम्बन्धि कार्यक्रमहरू पनि गरिँदै आएको छ।

उल्लेखनीय व्यक्तित्वहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बरिसाल सहरको अग्रिम योजना -", बङ्गलादेश सरकार, मूलबाट १४ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १४ अप्रिल २०१५ मिति
  2. "बरिसाल सहर परिसद, बङ्गलादेश", अन्तिम पहुँच १२ अप्रिल २०१५  वेब्याक मेसिन अभिलेखिकरण १२ अप्रिल २०१५ मिति
  3. "२०११ राष्ट्रिय जनगणना , बङ्गलादेश", बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, पृ: ३८, मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]