सामग्रीमा जानुहोस्

बरिसाल जिल्ला

निर्देशाङ्कहरू: २२°४८′N ९०°२२′E / 22.80°N 90.37°E / 22.80; 90.37
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बरिशाल जिल्ला
বরিশাল জেলা
बरिशाल जिल्ला
बङ्गलादेशको नक्शामा बरिशाल जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा बरिशाल जिल्लाको अवस्थिति
निर्देशाङ्क: २२°४८′N ९०°२२′E / 22.80°N 90.37°E / 22.80; 90.37
देश बङ्गलादेश
विभागबरिशाल विभाग
बाकेरगन्ज जिल्लासन् १७६०
क्षेत्रफल
 • जम्मा२,७८४.५२ किमी (१०७५.११ वर्ग माइल)
 सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[]
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२,३२४,३१०
 • घनत्व८३०/किमी (२२००/वर्ग माइल)
वासिन्दाहरूबरिशाली
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेश मानक समय)
हुलाक अङ्क
८२००

बरिशाल जिल्ला (बङ्गाली: বরিশাল জেলা) बङ्गलादेशको मध्य दक्षिण भागमा पर्ने एक जिल्ला हो। बरिशाल जिल्ला ढाका विभाग अन्तर्गत पर्दछ।[] बरिशाल जिल्लाको स्थापना सन् १९९७ मा बाकेरगन्ज जिल्लाको नामले भएको थियो भने पछि यसलाई बरिशाल जिल्लामा परिणत गरिएको थियोे। यस जिल्लाको सदरमुकाम बरिशाल सहर हो जुन बरिशाल विभागको पनि सदरमुकाम हो।[]

बरिशाल जिल्ला बङ्गलादेशको मध्य दक्षिण भागमा पर्छ भने यो जिल्ला २३°२७' देखि २२°५२' उत्तर अक्षांश र ९०°०१' देखि ९०°४३' पूर्वी देशान्तरणमा अवस्थित छ।बरिशाल जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७९०.५१ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई मादारिपुर, शरियतपुरचाँदपुर जिल्लाले उत्तर, पटुयाखाली, बरगुनाझालकाठि जिल्लाले दक्षिण, भोलालक्ष्मीपुर जिल्लाले पूर्व, झालकाठि, पिरोजपुरगोपालगन्ज जिल्लाले पश्चिमबाट घेरेको छ। मेघना, आडियाल खाँ, कीर्तनखोलन, तेँतुलिया, नयाभाङ्गा, जयन्ती, स्वरुपकाठि हातरा आदि यस जिल्लाका प्रमुख नदि तथा नहरहरू हुन्।

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार ढाका जिल्लाको कुल जनसङ्ख्या २३५५९६७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११९७७२२ छ भने महिलाको जनसङ्ख्या ११५८२४५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २०५४७५४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २८६६४२ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १३२१७, इसाई धर्मको ५३१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ८२३ रहेको छ।

यस जिल्लाको मुख्य आय स्रोतको बाटो भनेको कृषि हो जसमा जिल्लाकै ४८.२५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.००% मजदुरीमा, उद्योग तथा व्यापारमा १.२७% वाणिज्यमा १७.५२%, सञ्चार र यातायातमा २.८३%, निर्माण क्षेत्रमा २.४५%, सेवामा ०.२९%, धार्मिक सेवामा २.३१%, वैदेशिक रोजगारी तथा भाडामा २.३१% र अन्यमा ८.००% रहेका छन्।

यस जिल्लाको कुल साक्षरता दर ५७.०% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५९.०% छ भने महिलाको साक्षरता दर ५४.९% रहेको छ। यस जिल्लामा १ विश्वविद्यालय, १ मेडिकल क्याम्पस, १ कानुनी क्याम्पस, १ शिक्षक शिक्षण संस्था, १ सैनिक शिक्षण संस्था, ७० क्याम्पस, ३९९ माध्यमिक विद्यालय, १७१० प्राथमिक विद्यालय तथा ७१० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बरिशाल आइन क्याम्पस, शेरे बाङ्ला मेडिकल क्याम्पस, सरकारी बिएस क्याम्पस, सैयद हातेम आली क्याम्पस, बरिशाल सरकारी महिला क्याम्पस, चाखार क्याम्पस, बाकेरगन्ज क्याम्पस, कलसकाठि क्याम्पस, मुलादश्र क्याम्पस, हिजला क्याम्पस, बानाडीपनडन क्याम्पस, गौरनदी क्याम्पस, आजैलझारा क्याम्पस, बाबुगन्ज क्याम्पस आदि।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৫ জুন, ২০১৪), "এক নজরে বরিশাল", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ১৪ এপ্রিল ২০১৪-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-१४ मिति
  2. মাহদী আল হাসনাত (२ अप्रिल २०१८), "সরকারী পাঁচটি জেলার নামের ইংরেজি বানান পরিবর্তন করায় মিশ্র প্রতিক্রিয়াগুলি", ঢাকা ট্রিবিউন, अन्तिम पहुँच ८ अप्रिल २०१८ 
  3. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "বরিশাল জেলা", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (দ্বিতীয় संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।