बर्नाडो सिल्भा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बेर्नादो सिल्भा
Por-Mar (9) (cropped).jpg
सन् २०१८ फिफा विश्वकपमा बेर्नादो सिल्भा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै।
व्यक्तिगत विवरण
पुरा नाम बेर्नादो मोता भेइगा दे कारभालु ए सिल्भा[१]
जन्म मिति (१९९४-०८-१०) १० अगस्ट १९९४ (उमेर २६)[२]
जन्म स्थान लिस्बोआ, पुर्तुगाल
उचाई १.७३ मि[२]
खेल्ने स्थान मध्यपङ्क्ति
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर सिटी
सङ्ख्या २०
युवा क्लब
सन् २००२–२०१३ बेन्फिका
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
सन् २०१३–२०१५ बेन्फिका ख ३८ (७)
सन् २०१३–२०१५ आसएल बेन्फिका (०)
सन् २०१४–२०१५मोनाको (ऋण) १५ (२)
२०१५–२०१७ मोनाको ८६ (२२)
सन्।२०१७– म्यानचेस्टर सिटी १०६ (१९)
राष्ट्रिय टोली
सन् २०१३ १९ वर्ष मुनि १३ (२)
सन् २०१३–२०१५ २१ वर्ष मुनि १४ (६)
सन् २०१५– पुर्तुगाल ४६ (६)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २३:४१, ३ अक्टोबर २०२० (युटिसी).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी ७ अक्टोबर २०२०

बेर्नादो सिल्भा (जन्म: १९ डिसेम्बर १९९८) एक पुर्तुगाली व्यावसायिक फुटबल खेलाडी हुन जो अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटीपुर्तुगाल राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्।[३]

पुर्तुगालको लिस्बोआमा जन्मिएका सिल्भाले सोही ठाउँको बेन्फिका नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबल कार्यजीवनको सुरुवात गरेका थिए। सन् २०१३ मा बेन्फिका ख फुटबल क्लबमा आवद्ध भएकै वर्ष उनको बेन्फिका क्लबमा पदोन्नति भएको थियो। सन् २०१४-१५ संस्करणको लिग अँमा उनी बेन्फिकाबाट मोनाकोमा ऋणमा आवद्ध भएका थिए जहाँ उनले १ वर्ष बिताएका थिए। सन् २०१७ मा मोनाकोका तर्फबाट उनले राष्ट्रिय च्याम्पियनसिप जितिसकेपछि उनी अङ्ग्रेजी क्लब म्यानेस्टर सिटीमा आवद्ध भएका थिए।[४] उनी सन् २०१७ मा सिटीमा आवद्ध भएकै वर्ष सिटीले प्रिमियर लिगको उपाधि जित्न सफल भएको थियो। सन् २०१९ को अक्टोबर महिनामा उनी बालोन दिओँ नामक एक सम्मानका लागि ३० खेलाडीहरू मध्ये राखिएको थियो।

सन् २०१३ मा आयोजित युरोपेली यु १९ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सिल्भाले पुर्तुगाली १९ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल कार्यजीवनको सुरुवात गरेका थिए भने उक्त प्रतियोगितामा राष्ट्रिय टोलीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। सिल्भाले त्यसपछिका वर्षमा आयोजित सन् २०१८ को फिफा विश्वकप र सन् २०१९ को युएफा राष्ट्र लिगमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै विभिन्न खेलहरूमा सहभागी भएका थिए भने सन् २०१९ को युएफा राष्ट्र लिग राष्ट्रिय टोलीले जित्न सफल भएको थियो।

क्लब खेलजीवन[सम्पादन गर्ने]

बन्फिका[सम्पादन गर्ने]

१९ वर्षको उमेरमा सिल्भाले सन् २०१३ मा पुर्तुगाली क्लब स्पेर्त लिस्बोआ बेन्फिका ख नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबल कार्यजीवनको सुरुवात गरेका थिए भने उनले उक्त क्लबमा कुल ३८ उपस्थितिहरूमा ७ गोल गर्न सफल भएका थिए।[५] सन् २०१३ मै उनी बेन्फिका फुटबल क्लबमा पनि आवद्ध भएका थिए।[६] सन् २०१३ अक्टोबर १९ का दिन सिल्भा बेन्फिका फुटबल क्लबमा आवद्ध भएका थिए भने सन् २०१३-१४ तासा दे पुर्तुगाल नामक एक फुटबल प्रतियोगितामा क्लबको तर्फबाट प्रतिनिधित्व गरेका थिए।[७] सन् २०१३-१४ संस्करणको तासा दे पुर्गुगाल प्रतियोगिताको उपाधि बेन्फिकाले जितेको थियो।[८]

मोनाको[सम्पादन गर्ने]

सन्।२०१६-१७ युएफा च्याम्पियन्स लिगमा सिल्भा मोनाकोको।प्रतिनिधित्व गर्दै

सन् २०१४ अगस्ट ७ का दिन सिल्भाले फ्रान्सेली क्लब मोनाकोसँग ऋणका एक वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[९] उनले उक्त क्लबका लागि सन् २०१४ अगस्ट १७ का दिन लिग अँ नामक घरेलु लिगमा पर्दापण गरेका थिए जुन खेल बउदुको विरुद्ध आयोजना गरिएको थियो।[१०] २१ सेप्टेम्बरका दिन उनले जँगँको विरुद्धमा पहिलो गोल गर्न सफल भएका थिए भने उक्त गोल क्लबलाई जित दिलाउन पर्याप्त बनेको थियो। उनले १४ डिसेम्बरका दिन मार्सेइयाको विरुद्धमा पनि १ गोल गरेका थिए।[११] सन् २०१५ जनवरी २० का दिन सिल्भाको अर्थतन्त्र र खेल अधिकार मोनाको एफसीलाई १५.७५ मिलियन युरोमा बिक्री भएकी भनि बेनिफिकाले घोषण गरेको थियो भने सिल्भाले सन् २०१९ जुन ३० का दिन समाप्त हुनेगरी उक्त क्लबसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[१२] १० अप्रिलका दिन स्ताद मालेआर्ब कँको विरुद्ध आयोजित खेलमा सिल्भाले दुई गोल गर्न सफल भएका थिए भने उक्त खेल मोनाकोले ३-० गोल अन्तरले हात पारेको थियो। [१३] सन् २०१५ अगस्ट १० का दिन सिल्भाले मोनाकोसँगको आवद्ध मितिमा १ वर्ष थप गरी जुन २०२० सम्म यस क्लबका लागि खेल्ने भएका थिए।[१४] सन् २०१६-१७ को च्याम्पियन्स लिग संस्करणको समूह चरणको खेलमा मोनाकोको सामाना चयस्का मस्कोभाको विरुद्धको खेलमा सिल्भाले खेलको ८७औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए भने उक्त खेल सन् २०१६ अक्टोबर १८ का दिन आयोजना गरिएको थियो।[१५][१६] सन् २०१७ जनवरी १५ का दिन आयोजित मार्सेइया विरुद्धको खेलमा सिलेभाले दुई गोल गरेका थिए भने उक्त खेल म‍ोनाकोले ४-१ गोल अन्तरले जित्न सफल भएको थियो जसकारण घरेलु लिग अँमा मोनाको शीर्ष स्थानमा पुगेको थियो।[१७] सन् २०१६-१७ को संस्करणको घरेलु लिगमा सिल्भाले ८ गोल र गोल गर्नका लागि ९ सहायता प्रदान गरेका थिए भने सबै प्रतियोगिताहरूमा गरी कुल ५८ उपस्थिति जनाएका उनले सबै खेलहरूमा ११ गोल गरेका थिए।[१८][१९]

म्यानचेस्टर सिटी[सम्पादन गर्ने]

सन् २०१७–१८ संस्करण[सम्पादन गर्ने]

सन् २०१७ मे २६ का दिन सिल्भा अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटीसँगको ५ वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए त्यससमय प्रिमियर लिगको सन् २०१६-१७ संस्करण चालू रहेको थियो।[२०] उनले उक्त क्लबसँग आवद्ध भएपश्चात् युएफा च्याम्पियन्स लिगका खेलहरूमा पनि सहभागिता जनाउन सुरु गरेका थिए।[२१] उनी कति रकमा उक्त क्लबसँग आवद्ध भएको जानकारी खुलाइएको थिइन् भने पछि कुल ७ करोड युरो रहेको खुलासा भएको थियो। सिल्भाले आधिकारिक रूपमा सन् २०१७ जुलाई १ का दिन म्यानचेस्टर सिटीमा आवद्ध भएका थिए।[२२] सन् २०१८ फेब्रुअरी १३ का दिन सिल्भाले च्याम्पियन्स लिगको एक खेलमा बाजेल एफसी विरुद्ध पहिलो क्लबका लागि च्याम्पियन्स लिगमा पहिलो आधिकारिक गोल गर्न सफल भएका थिए भने उक्त खेल सिटीले ४-० गोल अन्तरले जित्न सफल भएको थियो। [२३] सन् २०१८ मार्च ५ का दिन चेल्सीको विरुद्ध आयोजित प्रिमियर लिगको एक खेलमा सिल्भाले क्लबका तर्फबाट एक गोल गर्न सफल भएका थिए जुन खेल जित्नका लागि पर्याप्त बनेको थियो।[२४] सन् २०१७-१७ प्रिमियर लिग संस्करणको अन्त्यसम्ममा सिल्भाले सिटीका लागि कुल ५३ उपस्थितिहरू जनाएका थिए जुन अन्य खेलाडीको तुलनामा सबैभन्दा धेरै उपस्थिति रहेको थियो भने सिटीले त्यस वर्ष एएफएल कप बाहेक प्रिमियर लिगका खेलहरूमा कुल १०० अङ्क प्राप्त गरेको थियो। [२५][२६]

सन् २०१८–१९ संस्करण[सम्पादन गर्ने]

सन् २०१८-१९ को प्रिमियर लिग संस्करणमा सिल्भाले म्यानचेस्टर सिटीका लागि कुल ५१ उपस्थितिहरू जनाएका थिए भने उनले कुल उपस्थितिहरूमा जम्मा १३ गोल र गोल गर्नका लागि १४ सहायता प्रदान गरेका थिए।[२७] सन् २०१९ अप्रिल २४ का दिन उनले म्यानचेस्टर युनाइटेडको विरुद्धमा क्लबका लागि सुरुवाती गोल गर्दै पहिलो अग्रता दिलाएका थिए भने उक्त खेल सिटीले हात परेपछि म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा पुगेको थियो।[२८] सिल्भाको लगातार र प्रभावशाली प्रदर्शनका फलस्वरूप म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जित्न सफल भएको थियो भने उक्त संस्करणमा केभिन दे ब्रयना चोटका कारण अधिकांश खेलहरूमा उपस्थिति जनाउन असमर्थ भएका कारण उनको स्थानबाट सिल्भाले खेलेका थिए।[२९] सिल्भाको उत्कृष्ट प्रदर्शनका कारनण उनी चार अन्य सहरका खिलाडीहरूको साथसाथै पिएफए टिम अफ द इअरमा मतदान मार्फत उनले म्यानचेस्टर सिटीको वर्ष खेलाडी पुरस्कार जित्न सफल भएका थिए।[३०]

सन् २०१९-२० संस्करण[सम्पादन गर्ने]

सन् २०१९ सेप्टेम्बर २१ का दिन आयोजित सन् २०१९-२० संस्करणको प्रिमियर लिगको खेलमा सिल्भाले वाट्फोर्ड फुटबल क्लबका विरुद्ध ह्याट्रिक गोल गरेका थिए भने उक्त खेल म्यानचेस्टर सिटीले ८-० को फराकिलो गोल अन्तरले जित्न सफल भएको थियो।[३१] उक्त खेलको केही दिन पश्चात् उनलाई सोही क्लबका बँजमाँ मेँदीसँग एक जातिय भेदभाव सहितको ट्विट गरेका आरोप लगाइएको थियो भने उक्त ट्विट सार्वजनिक भएपछि उनको निकै आलोचना गरिएको थियो जसकारण उनले उक्त विवादित ट्विट मेटाउँदै साथीसँग ठट्टा गरेको भनि दोस्रो ट्विट लेखेका थिए।[३२][३३] उक्त विवादास्पद ट्विट गरेका कारण उनलाई १ दिनको खेल प्रतिबन्ध तथा ५० हजार युरो जरिवाना तिराइएको थियो।[३४] सन् २०१९ को अक्टोबर महिनामा उनी बालोन दिओँ नामक एक सम्मानका लागि ३० खेलाडीहरू मध्ये राखिएको थियो।[३५]

अन्तर्राष्ट्रिय खेलजीवन[सम्पादन गर्ने]

सन् २०१७ को।फिफा।कन्फेडेरेसन कपमा सिल्भा

सन् २०१३ युरोपेली मुलुक लिथुवानीमा आयोजित युरोपेली यु १९ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सिल्भाले पुर्तुगाली १९ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल कार्यजीवनको सुरुवात गरेका थिए भने उक्त प्रतियोगितामा राष्ट्रिय टोलीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।[३६] उक्त प्रतियोगितामा राष्ट्रिय युवा टोलीका तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई युएफा समाचादाताहरूले १० उत्कृष्ट युवा खेलाडी मध्येको एक भनि उनलाई संज्ञा दिएका थिए।[३७][३८][३९] सन् २०१५ मार्च ३१ का दिन सिल्भाले पुर्तुगाली वरिष्ठ राष्ट्रिय टोलीका प्रतिनिधित्व गर्दै कापो भेर्दे विरुद्धको एक मैत्रीपूर्ण खेलमा सहभागीता जनाएका थिए जहाँ राष्ट्रिय टोलीले २-० गोल अन्तरले पराजित भएको थियो।[४०] सन् २०१५ जुन २७ का दिन चेक गणतन्त्रमा आयोजित युरोपेली यु २१ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले २१ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट जर्मनीको विरुद्धमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए भने उक्त खेल राष्ट्रिय टोलीले ५-० को फराकिलो गोल अन्तरले जित्न सफल भएको थियो।[४१] सन् २०१६, फ्रान्समा आयोजित युरोकप अन्तर्गत सिल्भाले पनि उक्त प्रतियोगितामा भाग लिएका थिए तर चोटका कारण उनले उक्त प्रतियोगिताको अन्तिम खेलमा बाहिरिनु परेको थियो।[४२]

सन् २०१७, रूसमा आयोजित कन्फेडेरेसन कप नामक एक अन्तर्राष्ट्रिय प्रतियोगितामा सिल्भाले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए।[४३] उक्त प्रतियोगितामा न्युजिल्यान्डका विरुद्ध सिल्भाले समूह चरणको खेलमा दोस्रो गोल गरेका थिए भने राष्ट्रिय टोलीले उक्त खेल ४-० गोल अन्तरले जित्न सफल भएको थियो।[४४] उक्त प्रतियोगिताको सेमिफाइनल खेल चिलेको राष्ट्रिय टोलीको चिलेको विरुद्धमा आयोजना गरिएको थियो भने खेल समाप्त हुँदासम्म पनि दुवै टोलीबाट गोल हुन नसकेका कारण पेनाल्टी मार्फत राष्ट्रिय टोली चिले विरुद्ध पराजित हुँदै उक्त प्रतियोगिताबाटै बाहिरिएको थियो।[४५] तेस्रो स्थानका लागि तय गरिएको खेलमा भने राष्ट्रिय टोलीले।मेक्सिकोलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान सुनिश्चित गरेको थियो। सन् २०१८ मा रूसमा आयोजित फिफा विश्वकपको संस्करणमा उनी राष्ट्रिय टोलीका २३ खेलाडीहरूमा समावेश हुन सफल भएका थिए भने उनले उक्त प्रतियोगितामा राष्ट्रिय टोलीका लागि पुरै चार खेलहरूमा सहभागिता जनाएका थिए।[४६] उक्त प्रतियोगिताको समूह चरणको खेल पश्चात् राष्ट्रिय टोली उरुग्वे विरुद्धको खेलमा २-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।[४७] सन् २०१८-१९ को युएफा राष्ट्र लिग अन्तर्गतको खेलमा उनले राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै तीन खेलहरूमा सहभागिता जनाएका थिए भने उक्त प्रतियोगिताको समूह चरणको खेलमा राष्ट्रिय टोलीले पोल्यान्डलाई ३-२ गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[४८] उक्त प्रतियोगिताको अन्तिम खेलमा पनि सिल्भाले सहभागिता जनाएका थिए भने राष्ट्रिय टोलीले नेदरल्यान्डलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको थियो।

खेलजीवन तथ्याङ्क[सम्पादन गर्ने]

अद्यावधिक ३ अक्टोबर २०२०
क्लबका लागि जनाएको उपस्थित तथा गरेका गोलहरू
क्लब संस्करण लिग राष्ट्रिय कप[क] लिग कप[ख] युरोप अन्य जम्मा
विभाग उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
आसएल बेन्फिका २०१३–१४[४९] सेगुन्दा लिगा ३८ ३८
बेन्फिका २०१३–१४[४९] प्रिमियरा लिगा
मोनाको (ऋण) २०१४–१५[५०] लिग अँ १५ [ग] २१
मोनाको २०१४–१५[५०] लिग अँ १७ [ग] २४
२०१५–१६[५०] लिग अँ ३२ [घ] ४४
२०१६–१७[५०] लिग अँ ३७ १५[ग] ५८ ११
जम्मा १०१ २४ ३० १४७ २८
म्यानचेस्टर सिटी २०१७–१८[५१] प्रिमियर लिग ३५ [ग] ५३
२०१८–१९[२७] प्रिमियर लिग ३६ [ग] [ङ] ५० १३
२०१९–२०[५२] प्रिमियर लिग ३४ [ग] [ङ] ५२
२०२०–२१[५३] प्रिमियर लिग
जम्मा १०६ १९ १० १५ २४ १५७ ३०
कुल २४६ ५० २० २३ ५४ ३४७ ६५
  1. तासा दे पुर्तुगाल, कुपे दे फ्रँस र एफए कप सहित
  2. तासा दे लिगा, कुपे दे फा लिगे र इएफएल कप सहित
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ युएफा च्याम्पियन्स लिगमा जनाएको उपस्थिति सहित
  4. युएफा च्याम्पियन्स लिगमा ६ र युएफा युरोपा लिगमा ६ उपस्थितिहरू सहित
  5. ५.० ५.१ एफए कम्युनिटी सिल्डमा जनाएको उपस्थिति सहित

अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]

अद्यावधिक ८ सेप्टेम्बर २०२०[५४]
राष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
राष्ट्रिय टोली वर्ष उपस्थिति गोलहरू
पुर्तुगाल २०१५
२०१६
२०१७ १२
२०१८ १२
२०१९ १०
२०२०
जम्मा ४५

अन्तर्राष्ट्रिय गोलहरू[सम्पादन गर्ने]

सिल्भाले गरेका अन्तर्राष्ट्रिय गोल विवरणहरू[५४]
राष्ट्रिय टोलीकत लागि अन्तर्राष्ट्रिय उपस्थितिहरूमा जनाएको उपस्थिति तथा गरेका गोलहरू
क्रश मिति स्थान उपस्थिति प्रतिस्पर्धी अङ्क नतिजा प्रतियोगिता
१ सेप्टेम्बर २०१६ एस्तादु दु बेस्सा, पुर्तु, पुर्तुगाल  गिब्राल्टार ४–० ५–० मैत्रीपूर्ण खेल
२४ जुन २०१७ गाजप्रोम रङ्गशाला, साङ्क्त पितेरबुर्ग, रूस १४  न्युजिल्यान्ड २–० ४–० सन् २०१७ फिफा कन्फेडेरेसन कप
११ अक्टोबर २०१८ स्लावस्की।रङ्गशाला, खोजुफ, पोल्यान्ड ३२  पोल्याण्ड ३–१ ३–२ २०१८–१९ युएफा राष्ट्र लिग
७ सेप्टेम्बर २०१९ रेड स्टार रङ्गशाला, बेलाग्रादे, सर्बिया ३८  सर्बिया ४–२ ४–२ युएफा युरो सन् २०२० छनोट
११ अक्टोबर २०१९ एस्तादु जोजे आल्भालादे, लिस्बोआ, पुर्तुगाल ४०  लक्जेम्बर्ग १–० ३–०
१४ नोभेम्बर २०१९ एस्तादु आलग्राभे, फारू, पुर्तुगाल ४२  लिथुआनिया ५–० ६–०

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Squads for 2017/18 Premier League confirmed", Premier League, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१७ 
  2. २.० २.१ "FIFA Confederations Cup Russia 2017: List of players: Portugal" (PDF), FIFA, २० मार्च २०१८, पृ: ७, मूलबाट २४ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०१८ 
  3. "Bernardo Silva: Overview"। Premier League। सङ्ग्रह मिति १५ मे २०१८ 
  4. "Manchester City anuncia a contratação do meia Bernardo Silva"। GloboEsporte.com। २६ मे २०१७। 
  5. "Benfica garante título nacional de juniores com "bis" de João Cancelo", Expresso (पुर्तुगालीमा), १८ मे २०१३, अन्तिम पहुँच २४ मे २०१३ 
  6. "Trofense 0 – 0 Benfica B", LPFP (पुर्तुगालीमा), १० अगस्ट २०१३। 
  7. "Porto e Benfica cumprem na terceira eliminatória", pt.uefa.com (पुर्तुगालीमा), १९ अक्टोबर २०१३, अन्तिम पहुँच २५ जनवरी २०१४ 
  8. "Bernardo Silva considerado o Jogador Revelação da II Liga", SL Benfica website (पुर्तुगालीमा), ६ जुलाई २०१४, मूलबाट १९ अगस्ट २०१४-मा सङ्ग्रहित। 
  9. "Futebol: Ivan Cavaleiro e Bernardo Silva emprestados", SL Benfica (फ्रान्सेलीमा), ७ अगस्ट २०१४, मूलबाट १० अगस्ट २०१४-मा सङ्ग्रहित। 
  10. "Bordeaux – Monaco", BBC Sport, १७ अगस्ट २०१४, अन्तिम पहुँच १७ अगस्ट २०१४ 
  11. "Monaco sort de la zone rouge", news.fr.msn.com (फ्रान्सेलीमा), २१ सेप्टेम्बर २०१४, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१४ 
  12. "Comunicado" [Announcement] (पिडिएफ), S.L. Benfica (Portugueseमा), Portuguese Securities Market Commission, २० जनवरी २०१५, अन्तिम पहुँच २१ जनवरी २०१५ 
  13. "Bernardo Silva commits to the club until 2019", AS Monaco FC, २१ जनवरी २०१५, मूलबाट २७ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१५ 
  14. "Caen vs. Monaco", सकरवे, १० अप्रिल २०१५, अन्तिम पहुँच १७ मे २०१५ 
  15. "Monaco blast way to top spot", www.ligue1.com, १५ जनवरी २०१७। 
  16. "Bernardo Silva prolonge d'un an", AS Monaco official website, १० अगस्ट २०१५, मूलबाट ११ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०१७ 
  17. "Monaco return to Ligue 1 summit with PSG draw", www.ligue1.com, २९ जनवरी २०१७। 
  18. "Bernardo Silva Joins Manchester City on 5-Year Contract from Monaco", Bleacher Report, २७ मे २०१७। 
  19. "Bernardo Silva: the 'bubble gum player' bringing his magic to Manchester City", The Guardian, २८ मे २०१७। 
  20. "Bernardo Silva: the ‘bubble gum player’ bringing his magic to Manchester City", The Guardian, २८ मे २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  21. "Bernardo Silva transféré de Monaco à Manchester City", L'Équipe (फ्रान्सेलीमा), २६ मे २०१७, अन्तिम पहुँच २८ मे २०१७ 
  22. Rob Pollard (२६ मे २०१७), "Bernardo Silva agrees to join Manchester City", म्यानचेस्टर सिटी फुटबल क्लब, मूलबाट २७ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०१७ 
  23. "FC Basel 0–4 Manchester City", BBC Sport (बेलायती अङ्ग्रेजीमा), १३ फेब्रुअरी २०१८, अन्तिम पहुँच १४ फेब्रुअरी २०१८ 
  24. "Manchester City 1 – 0 Chelsea", BBC Sport, ५ मार्च २०१८। 
  25. "IN FOCUS: BERNARDO SILVA", Manchester City, २३ अप्रिल २०१९। 
  26. "Premier League Live Table, Season 2017/18", www.premierleague.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २३ अप्रिल २०१९ 
  27. २७.० २७.१ "सन् २०१८/२०१९ मा बर्नाडो सिल्भाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच २१ अक्टोबर २०१८ 
  28. Burt, Jason (२५ अप्रिल २०१९), "Manchester City move top of table again with derby win as United incur the wrath of Roy Keane", The Daily Telegraph, अन्तिम पहुँच १८ अक्टोबर २०१९ 
  29. "PFA Team of the Year: Paul Pogba, Raheem Sterling and Sadio Mane included in side", BBC Sport (en-gbमा), २०१९-०४-२५, अन्तिम पहुँच २०२०-०८-११ 
  30. Clayton, David, "Bernardo voted Etihad Player of the Season", www.mancity.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-११ 
  31. Jackson, Jamie (२१ सेप्टेम्बर २०१९), "Manchester City hit eight past Watford as Bernardo Silva scores hat-trick", The Guardian, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१९ 
  32. "Bernardo Silva: FA contacts Man City over player's tweet", BBC Sport, २३ सेप्टेम्बर २०१९। 
  33. "Bernardo Silva: Raheem Sterling defends Manchester City team-mate after tweet", BBC Sport, २८ सेप्टेम्बर २०१९। 
  34. "Bernardo Silva: Man City forward banned and fined for Benjamin Mendy tweet", BBC Sport, १३ नोभेम्बर २०१९। 
  35. "Ronaldo, Félix and Silva nominated for Ballon d´Or", The Portugal News, अन्तिम पहुँच २५ अक्टोबर २०१९ 
  36. "Sub-19: Rui Silva substitui José Costa" [Sub-19: Rui Silva replaces José Costa] (पुर्तुगालीमा), Record, १४ जुलाई २०१३, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१३ 
  37. "Ten Under-19 talents to watch", uefa.com, २ अगस्ट २०१३, अन्तिम पहुँच ५ अगस्ट २०१३ 
  38. "Bernardo Silva entre os maiores talentos europeus", Record (पुर्तुगालीमा), २ अगस्ट २०१३। 
  39. "Bernardo Silva, o Messizinho do Seixal que sofre pelo clube", Maisfutebol, १८ नोभेम्बर २०१३, मूलबाट १७ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९ 
  40. "Portugal 0–2 Cape Verde Islands", BBC Sport, ३१ मार्च २०१५, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  41. Hart, Simon (२७ जुन २०१५), "Five-goal Portugal stun Germany in semi-finals", UEFA, अन्तिम पहुँच २७ जुन २०१५ 
  42. "Silva out, Sanches in as Portugal name Euro squad", Reuters, १८ मे २०१६, अन्तिम पहुँच २४ जनवरी २०१८ 
  43. "New Zealand vs Portugal", FIFA, अन्तिम पहुँच २६ फेब्रुअरी २०१९ 
  44. "New Zealand vs Portugal", FIFA, अन्तिम पहुँच २६ फेब्रुअरी २०१९ 
  45. Crawford, Stephen, "Revealed: Every World Cup 2018 squad – Final 23-man lists", GOAL, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१८ 
  46. Crawford, Stephen, "Revealed: Every World Cup 2018 squad – Final 23-man lists", GOAL, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१८ 
  47. "Bernardo Silva", FIFA, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९ 
  48. "Poland vs Portugal", UEFA, अन्तिम पहुँच २६ फेब्रुअरी २०१९ 
  49. ४९.० ४९.१ ढाँचा:ForaDeJogo
  50. ५०.० ५०.१ ५०.२ ५०.३ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named SW
  51. "सन् २०१७/२०१८ मा बर्नाडो सिल्भाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ११ अगस्ट २०१८ 
  52. "सन् २०१९/२०२० मा बर्नाडो सिल्भाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ४ अगस्ट २०१९ 
  53. "सन् २०२०/२०२१ मा बर्नाडो सिल्भाद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच ३० सेप्टेम्बर २०२० 
  54. ५४.० ५४.१ "बर्नाडो सिल्भा", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच २८ जनवरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्ने]