सामग्रीमा जानुहोस्

बर्मन भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बर्मन थार
বৰ্মন ঠাৰ
मूलभाषीअरुणाचल प्रदेश, असम, मेघालय, नागाल्यान्ड
क्षेत्रउत्तरपूर्वी भारत, कामरूप
रैथाने(हरू)बर्मन कचारी
मातृभाषी वक्ता२४,०००
असमिया लिपि (हाल प्रयोग)
सिलेटी नागरी (पहिले प्रयोग गरिएको)
भाषा सङ्केतहरू
आइएसओ ६३९-३

बर्मन भाषा एक अत्याधिक लोपोन्मुख भाषा हो। यो भोट बर्मेली भाषा हो जुन बोडो-गारो उपसमूहसँग सम्बन्धित छ। सन् २०१७ को जनगणना अनुसार बर्मन कचारी समुदायको जनसङ्ख्या २४,२३७ छ। यद्यपि, यो जनसङ्ख्याको सानो भागले मात्र यो भाषा बोल्दछन्।[]

बर्मन कचारीहरू उत्तरपूर्वी भारतको आदिवासी असमिया समुदाय हुन् र डिमास जातिहरूको उपखण्ड हुन्।[] तिनीहरू मुख्यतया तल्लो असका जिल्लाहरूमा र बराक उपत्यका जस्तै हाइलाकान्दी र करिमगञ्ज र अरुणाचल प्रदेशका केही भागहरूमा पाइन्छ। बर्मन कचारी उत्तर-पूर्वी भारतको प्राचीन जातीय समूहहरू मध्ये एक हो। सन् २००२ को संशोधन ऐन पछि, असमका धेरै बर्मन कचारीहरूलाई 'बर्मन' भनेर चिनिन्छ। यिनीहरू मुख्यतया उदलगुडी, बाक्सा, चिराङ, कोकराझाड, दराङ, कामरुप, ग्वालपाडा, नगाउँ, लखिमपुर, धेमाजी, कछरबारपेटा जिल्लामा पाइन्छ। कचारी मूलका कारण बर्मनहरूलाई कचारी भनिन्छ। तिनीहरू असममेघालय, त्रिपुरानागाल्यान्ड जस्ता ठाउँहरूमा फैलिएका छन्।[]

बर्मन कचारी गाउँहरू मेघालय राज्यमा गारो पहाड र खासी पहाडहरू र त्रिपुरामा पनि छरिएका छन्। भारतीय स्वतन्त्रता अघि, हालको बङ्गलादेशको मयमनसिंह र सिलेटका जिल्लाहरूमा धेरै बर्मन कचारी बस्तीहरू अवस्थित थिए। देश विभाजनको परिणामस्वरूप यी मानिसहरू तत्कालीन अविभाजित असममा बसाइँ सरेका थिए।

सन् १७०८ मा, ताम्रधजको शासनकालमा, कचारी मानिसहरूले हिन्दु रीतिरिवाजहरू अपनाएका थिए। सन् १८२५ सम्ममा, गोविन्द चन्द्रको समयमा, कचारी राजा, केही कुलीन परिवारहरूसँगै, खासपुरबाट भागेर मयमनसिंहसिलेटमा बसाइँ सर्नुपरेको थियो। यो मणिपुर र कुन्भोङ शासकहरूको आक्रमणको कारणले भएको थियो। सन् १८२६ मा, कचारी राजा बेलायतीहरूसँग यान्डाबुको सन्धिमा हस्ताक्षर गरेपछि आफ्नो मातृभूमि फर्केका थिए, यद्यपि सन्धिमा असमलाई बेलायती शासनको अधीनमा राख्ने व्यवस्था गरिएको थियो। कचारी राजा गोविन्द चन्द्रको सन् १८३० मा मृत्यु भएको थियो।

जनसङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

असमकाका बर्मन कचारीहरूलाई बाराक उपत्यकामा अनुसूचित जनजाति (समतल)को रूपमा वर्गीकृत गरिएको छ (यद्यपि, ब्रह्मपुत्र उपत्यकाका बर्मन कचारीहरू आजसम्म अनुसूचित छैनन्)। सन् २०१७ को जनगणना अनुसार बर्मन कचारीहरूको जनसङ्ख्या लगभग २४,२३७ छ। यस सङ्ख्यामध्ये १२,५५५ पुरुष र ११,५०३ महिला थिए। उनीहरूको साक्षरता दर ४ प्रतिशत अनुमान गरिएको छ। पुरुष र महिलाको साक्षरताको स्तर क्रमशः २.५% र १.५% थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ A brief linguistic sketch of the Barman Thar (Language). Tezpur University.
  2. Tiwari; Sarma (२०१३), "A historical and etymological study of the Dimasa Kacharis of Dima Hasao District, Assam, India", The Clarion 2–2: 144, आइएसएसएन 2277-1697 
  3. বৰ্মন ঠাৰৰ এটা ভাষাতাত্ত্বিক সংক্ষিপ্ত ৰূপৰেখা. তেজপুৰ বিশ্ববিদ্যালয়।