बर्षमान पुन
वर्षमान पुन अनन्त | |
---|---|
![]() हिमालय टेलिभिजनको एक कार्यक्रममा | |
माननीय [[शान्ति तथा पुनर्निर्माण मन्त्रालय, नेपाल]] | |
कार्यकाल २०६७ फागुन – २०६८ बैशाख[१] | |
राष्ट्रपति | रामवरण यादव |
प्रधानमन्त्री | झलनाथ खनाल |
पूर्वाधिकारी | रकम चेम्जोङ |
अर्थ मन्त्रालय, नेपाल | |
कार्यकाल २०६८ भाद्र १८ – २०६९ चैत्र १ | |
राष्ट्रपति | रामवरण यादव |
प्रधानमन्त्री | बाबुराम भट्टराई |
पूर्वाधिकारी | भरत मोहन अधिकारी |
उतराधिकारी | शंकर प्रसाद कोइराला |
[उर्जा, जलस्रोत एवम् सिंचाई मन्त्रालय, नेपाल]] | |
पद बहाली २०७५ चैत्र २ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | केपी ओली |
पूर्वाधिकारी | महेन्द्र बहादुर शाही |
वर्षमान पुन नेपालका एक कम्युनिष्ट राजनितिज्ञ हुन् । हाल एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राजनीति गरिरहेका पुन संविधानसभा निर्वाचन २०७०मा मोरङ क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसका डिग बहादुर लिम्बुसँग पराजित भए।[२] उनी २०६७ माघ २३ मा झलनाथ खनालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए ।[१] त्यस्तै २०६८ भदौ १२ मा गठित डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा सहभागी भए ।
बाल्यकाल[सम्पादन गर्ने]
वर्षमान पुन रोल्पा जिल्लाको जङ्कोट गाविसको वडा नम्बर १ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मिएका हुन् ।
शिक्षा[सम्पादन गर्ने]
पुन कानुनमा स्नातक हुन् ।
राजनीति[सम्पादन गर्ने]
पञ्चायाती शासन कालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा लागेका पुनले जनयुद्धको बेला पूर्वाञ्चल र राजधानीमा काम गरेका थिए । २०६२/०६३ सालको जनआन्दोलनको बेला उनी तत्कालिन नेकपा माओवादीको तर्फबाट उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेता थिए । ०५२ सालमा जनयुद्ध थालनीको समयमा होलेरी चौकी आक्रमणको बेला पुन राजनीतिक कमिसार थिए । माओवादी केन्द्रीय सदस्य कुलप्रसाद केसी सोनाम र पत्नी तारा घर्ती मगर तथा पुन र श्रीमती ओनसरी घर्तिमगर दुई जोडी नै पहिलो चौकी आक्रमणमा सहभागी थिए । वर्षमान पुन पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको तर्फबाट प्रत्यक्षतर्फ ललितपुर जिल्लाको क्षेत्र नम्बर १बाट विजयी भएका थिए । उक्त निर्वाचनमा पुनकी श्रीमती ओनसरी पनि समानुपातिक तर्फबाट संविधान सभा सदस्यमा निर्वाचित थिइन् ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ "पूर्व मन्त्रीज्यूहरू", peace.gov.np, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, अन्तिम पहुँच २०७० पुस १२।
- ↑ "निर्वाचन क्षेत्र अनुसार अग्रस्थानमा रहेका ३ उम्मेदवारहरू", निर्वाचन आयोग, अन्तिम पहुँच २०७० पुस १२।