बलदेव शर्मा मजगैयां

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


बलदेव शर्मा मजगैयां

२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा दाङ क्षेत्र नं. २बाट निर्वाचित बलदेव शर्मा मजगैयाँ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ५९ वर्षीय मजगैयाँ कांग्रेसका केन्द्रीय सदस्य र सङ्गठन विभाग प्रमुख समेत हुनुहुन्छ। उहाँले कृषि राज्यमन्त्री र जलस्रोत मन्त्रीको जिम्मेदारी बहन गरिसक्नुभएको छ। मजगैयाँ नेपाली कांग्रेसको अनुशासन समितिको सदस्य समेत हुनुहुन्थ्यो। आफ्नो पारिवारिक परिवेश (बुबा नेपाली कांग्रेसको जिल्ला सचिव हुनुहुन्थ्यो) का कारण २०२४ सालदेखि राजनीतिमा संलग्न मजगैयाँले यसक्रममा सात वर्ष जेलजीवन बिताउनुभएको छ। उहाँ २०३३ देखि २०३७ सम्म लगातार चार वर्ष र २०२८ सालमा १९ महीना जेलमा हुनुहुन्थ्यो। मजगैयाँले बम काण्डको मुद्दा समेत खेप्नुभएको छ। भारतबाट इतिहासमा स्नातकोत्तर मजगैयाँको रुचि साहित्यमा छ। उहाँका नरमणि (लघु उपन्यास), कुइरो, चाड, विवशता, मानसी (उपन्यास), संकल्प (कथा संग्रह), वेलपत्र (पद्य संग्रह) प्रकाशित छन्। उहाँले "बी.पी. विचार" पुस्तकको सम्पादन गर्नुभएको छ र गीति एल्वम "थोरै घाम धेरै पानी" पनि रचना गर्नुभएको छ। कृषि पेशामा समेत आवद्ध, १ छोरा र १ छोरीका पिता सभासद मजगैयाँ संविधानसभामा आफूले लोकतन्त्रको सुनिश्चितता र कानुनी राज्यको स्थापनाका मुद्दाहरूलाई विशेष प्रमुखतासाथ उठाउने बताउनुहुन्छ।

[१]

सन्दर्भ[सम्पादन गर्ने]