बलिको बोका

विभिन्न युरोपेली राष्ट्रहरूले विनाशकारी सैन्य पराजय, आर्थिक पतन र आन्तरिक अस्थिरता भोगे। आफ्नो असफल रणनीतिहरूको जिम्मेवारी लिनुको सट्टा, शासक अधिकारीहरू र मिडियाहरूले बारम्बार जनताको क्रोध र निराशालाई यहूदी समुदायहरूतर्फ सारेका थिए।
बलिको बोका बनाउनु भनेको एक प्रमुख दोषी लाई बचाउनको लागि निर्दोष वा कम दोषी व्यक्तिलाई दोष लगाउने वा फसाउने कार्य हो। बलिको बोका रूपमा बच्चा, कर्मचारी, साथी, कमजोर देश, वा धार्मिक समुदायलाई बनाउन सक्छ। राजनीतिमा बलिको बोका बनाउनु एउटा प्रमुख रणनीति हो।
वास्तविक गल्ती वा अपराध अर्कै शक्तिशाली व्यक्ति वा समूहले गरेको हुन्छ, तर आफू बच्नका लागि कुनै कमजोर वा निर्दोष व्यक्तिलाई अघि सारिन्छ।
उदाहरण
[सम्पादन गर्नुहोस्]यो उखान विशेष गरी राजनीति, कार्यालय र समाजमा धेरै प्रयोग हुन्छ:
व्यवस्थापनमा, बलिको बोका बनाउनु एक अभ्यास हो जसमा तल्लो कर्मचारी कर्मचारीलाई वरिष्ठ अधिकारीहरूको गल्तीको लागि दोषी ठहराइन्छ। यो प्रायः उच्च व्यवस्थापनमा जवाफदेहीताको कमीको कारण हो।[१]
जर्मनीमा पहिलो विश्वयुद्धमा जर्मन पराजयको दोष यहुदीहरूमाथी लगाएर बलिको बोका बनाइएको थियो। यसैलाई नाजीहरूले प्रोपागान्डा प्रचार गरेर यहुदीहरूको आम नरसंहार गरेका थिए। [२][३][४][५]
- राजनीतिमा: ठुला नेताहरूले भ्रष्टाचार वा ठुलो काण्ड गर्छन्, तर अनुसन्धानबाट बच्न आफ्ना साना कार्यकर्ता वा कर्मचारीलाई फसाएर जेल पठाउँछन्।
- कार्यालयमा: हाकिमको गलत निर्णयका कारण कम्पनीलाई घाटा हुन्छ, तर जागिरबाट साना कर्मचारीलाई निकालिन्छ।
मनोबिज्ञान
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The Art of Scapegoating in IT Projects PM Hut, 15 October 2009
- ↑ "History of the Holocaust", History (अङ्ग्रेजीमा), २०२३-०१-२७, अन्तिम पहुँच २०२६-०२-१७।
- ↑ "The Holocaust", The National WWII Museum | New Orleans (अङ्ग्रेजीमा), २०२४-०५-०८, अन्तिम पहुँच २०२६-०२-१७।
- ↑ Rapaport, Elisa; Schabio, William (२०२३), "Propaganda", in Polga, Michael; John, Suki, The Holocaust: Remembrance, respect, and resilience, Penn State University, Pennsylvania: PennState, अन्तिम पहुँच १८ जुन २०२६।
- ↑ "What History Teaches: Scapegoating & the Politics of Othering", Holocaust Museum LA (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०२-१७।