बलुचिस्तान, पाकिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बलुचिस्तान
بلوچستان
बलुचिस्तानको झण्डा
बलुचिस्तानको आधिकारिक छाप
पाकिस्तानमा बलुचिस्तान, पाकिस्तानको अवस्थितिको अवस्थिति
पाकिस्तानमा बलुचिस्तान, पाकिस्तानको अवस्थिति
निर्देशाङ्क: २७°४२′N ६५°४२′E / २७.७°N ६५.७°E / 27.7; 65.7निर्देशाङ्कहरू: २७°४२′N ६५°४२′E / २७.७°N ६५.७°E / 27.7; 65.7
देश पाकिस्तान
स्थापित१ जुलाई १९७०
प्रादेशिक राजधानीक्वेटा
सबैभन्दा ठूलो सहरक्वेटा
सरकार
 • प्रकारसङ्घीय सरकारको स्व-शासित प्रदेश
 • अङ्गबलुचिस्तान सरकार
 • प्रदेश प्रमुखअमानुल्लाह खान यासिनजई,[१] पाकिस्तान तहरीके इन्साफ
 • मुख्यमन्त्रीजाम कमाल खान, बलुचिस्तान अवामी पार्टी
 • प्रमुख सचिवअख्तर नाजिर
 • व्यवस्थापिकाप्रदेश सभा
 • उच्च अदालतबलुचिस्तान उच्च अदालत
क्षेत्रफल
 • जम्मा३४७१९० किमी (१३४०५० वर्ग माइल)
 • क्रमप्रथम
जनसङ्ख्या
 (सन् २०१७)[२][३]
 • जम्मा१२३४३४०८
 • क्रमचौथा
 • घनत्व३६/किमी (९२/वर्ग माइल)
वासिन्दाबलुची
समय क्षेत्रयुटिसी+०५:०० (पाकिस्तानी मानक समय)
मुख्य भाषा(हरू)
उल्लेखनीय खेलकुद टोलीक्वेटा ग्वाडिटियर्स
क्वेटा बेअर्स
मानव विकास सूचकाङ्क (सन् २०१८)०.४७७ वृद्धि[४]
न्युन
राष्ट्रिय सभामा सिट३०
प्रदेश सभामा सिट६५
विभाग
जिल्ला३३
तहसील१३४
सङ्घ परिषद्८६
वेबसाइटwww.balochistan.gov.pk

बलुचिस्तान (उर्दु: بلوچِستان) पाकिस्तानका चार प्रदेश मध्येको एक हो। भूमि क्षेत्रको हिसाबले यो सबैभन्दा ठूलो प्रदेश हो। यो देशको दक्षिण पश्चिमी क्षेत्र बनेको छ, तर सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश हो। यसको प्रादेशिक राजधानी र सबैभन्दा ठूलो सहर क्वेटा हो।

बलुचिस्तानले पञ्जाबखैबर पख्तुनख्वासँग उत्तरपूर्वमा, पूर्व र दक्षिणपूर्वमा सिन्ध, दक्षिणमा अरब सागर, पश्चिममा इरान र उत्तर र उत्तर-पश्चिममा अफगानिस्तानसँग सिमाना बाँडेको छ।

यस प्रदेशका मुख्य जातीय समूहहरू बलुची र पश्तुनहरू हुन् जसले क्रमशः कुल जनसङ्ख्याको ५२% र ३६% ओगटेको (प्रारम्भिक २०११ को जनगणना अनुसार) छ। बाँकी १२% मा सिन्धी, पञ्जाबी, उज्बेकि र तुर्कमेन जस्ता अन्य बसोबास गर्ने स-साना समुदायहरू रहेका छन्।[५] "बलुचिस्तान" नामको अर्थ "बलुचहरूको देश" हो। धेरै हदसम्म कम विकसित, यसको प्रादेशिक अर्थव्यवस्था प्राकृतिक स्रोत, विशेष गरी यसका प्राकृतिक ग्याँस क्षेत्रहरूले प्रभुत्व जमाएको छ। यसले मध्यमदेखि दीर्घकालीन समयमा पाकिस्तानको माग आपूर्ति गर्न पर्याप्त क्षमता भएको अनुमान गरिएको छ। क्वेटा बाहेक यस प्रदेशको दोस्रो सबैभन्दा ठूलो सहर दक्षिणमा तुर्बत हो भने प्रमुख आर्थिक महत्वको अर्को क्षेत्र अरब सागरमा रहेको ग्वादर बन्दरगाह हो।

बलुचिस्तान आफ्नो अनुपम संस्कृति र मरुभूमिको अत्यन्तै सुक्खा हावापानीको लागि प्रख्यात छ। [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Retired justice Amanullah Khan Yasinzai appointed Balochistan governor, The Express Tribune, 3 October 2018.
  2. "DISTRICT WISE CENSUS RESULTS CENSUS 2017", pbscensus.gov.pk, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
  3. "Pak population increased by 46.9% between 1998 and 2011", The Times of India, मूलबाट २९ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २०१६ 
  4. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१५ 
  5. Lakdawalla, Muhammad (५ अप्रिल २०१२), "The tricky demographics of Balochistan", Dawn News, मूलबाट २५ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मे २०१७ 
  6. "Balochistan | province, Pakistan", Encyclopedia Britannica (अङ्ग्रेजीमा), मूलबाट ५ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०४-०५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]