सामग्रीमा जानुहोस्

बसाइँ (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बसाइँ
पुस्तक आवरण
लेखकलीलबहादुर क्षेत्री
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकमदन पुरस्कार पुस्तकालय, साझा प्रकाशन
प्रकाशित मिति
वि.सं. २०१४
पृष्ठ६२
आइएसबिएन9789993328964

बसाइँ लीलबहादुर क्षेत्रीद्वारा लेखिएको र मदन पुरस्कार पुस्तकालयले वि.स. २०१४ सालमा बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो ।[] बसाइँ उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो । यो पुस्तक त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पनि सम्मिलित गरिएको छ ।

पुस्तक पूर्वी नेपालको एउटा नामहीन पहाडी गाउँको चित्रण गरेको छ । धनबहादुर बस्नेत आफ्नो श्रीमती, बहिनी र एक छोरासँग बस्ने गरिब किसान हुन् । पुस्तकले गाउँमा उनको सङ्घर्ष र अरूबाट कसरी धोका खाएको देखाउँछ । गरिब नेपाली जनताले रोजगारीका लागि आफ्नो घरबाट भारतमा बसाइँ सर्नु पर्ने अवस्थालाई पुस्तकले देखाएको छ ।

  • धनबहादुर बस्‍नेत 'धने', पुस्तकका मुख्य पात्र, नेपालको ग्रामीण क्षेत्रका गरिब किसान हुन् ।
  • झुमावती बस्‍नेत, धानेकी कान्छी बहिनी
  • मैना, धनेकी श्रीमती
  • धने र मैनाको छोरा
  • बुढो बैदार, साहूकार
  • रिकुटे, छिमेकी गाउँका भारतीय गोर्खा भर्ती
  • ठुली, झुमाको साथी
  • मुखिया, गाउँ प्रमुख
  • मोटे कार्की, धनेको सहयोगी साथी
  • लेउते दमाई, धाने गाउँका एक गाउँले
  • नन्दे ढकाल, गाउँले
  • लुईँटेल, एक धनी जमिन्दार
  • साने घर्ती, लुईँटेलका नोकर
  • बुधे कामी, गाउँले

बसाइँ उपन्यास नेपाली साहित्यका बहुसङ्ख्यक पाठकहरू माझ अति नै प्रिय बनेका नेपाली उपन्यासहरू मध्यको एक उत्कृष्ट रचना हो । यसको प्रथम प्रकाशन २०१४ सालामा मदन पुरस्कार पुस्तकालयबाट भएको हो । लिलबहादुर क्षेत्रीको यस उपन्यासले तात्कालिन नेपाली समाजको जर्जर वर्गीय द्वन्द र आर्थिक विषमताले निम्त्याएको सङ्कटलाई प्रभावकारी ढङ्गले चित्रण गरेको छ । पूर्वी नेपालका जनाताले बोल्ने नेपाली भाषा उनीहरूले लगाउने भेषभूषा र उनीहरूले बाँचिरहेको जीवनलाई यस उपन्यासमा जीवन्त अभिव्यक्ति दिइएको छ ।

माइकल हटद्वारा पुस्तकलाई अङ्ग्रेजीमा 'माउन्टेन्स पेन्टेड विद टर्मरिक' को रूपमा अनुवाद गरिएको छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]