बहिनी हत्या
बहिनी हत्या वा भगिनी हत्या (अङ्ग्रेजी: Sororicide) आफ्नै दिदी बहिनीको हत्या गर्ने कृत्य हो।[१]
संसारमा यस्ता धेरै घटनाहरू घटेका छन् जहाँ दाजुभाईले आफ्नै दिदीबहिनीको हत्या गरेका छन्। कतिपय ठाउँमा नाबालक दिदीबहिनीको समेत हत्या भएको इतिहास छ। यस्तो घटना विशेषगरी तब हुन्छ जब भाइ-बहिनी बीचको झगडाले उग्र रूप लिन्छ। भाई-बहिनीबीचको झगडामा यदि खतरनाक हतियारको प्रयोग भयो अथवा यदि उमेरले ठूलो र शारीरिक रूपमा बलिष्ठ दाजुभाईलाई आफ्नो बलको अन्दाज नभएमा बहिनीको हत्या हुन सक्छ। दाजु वा भाइ गम्भीर किसिमको मानसिक समस्याले आक्रान्त हुँदा पनि दिदी वा बहिनीको हत्या गर्न पुग्छन्।[२]
असर
[सम्पादन गर्नुहोस्]बहिनी हत्याले परिवार र समाजमा नै नकारात्मक प्रभाव पार्दछ। यसले अभिभावक, नातेदार तथा इष्टमित्रहरूलाई गहिरो मानसिक चोट पर्न सक्छ। कतिपय अवस्थामा सिङ्गो परिवार नै त्यस किसिमको त्रासदीबाट उम्कन सक्दैन। हत्या गरिसकेपछि हत्यारालाई पश्चाताप हुन सक्छ। साथै हत्याराले कानूनबमोजिम सजाय पनि व्यहोर्नुपर्छ।
चेतावनी
[सम्पादन गर्नुहोस्]परिवारमा सन्तानहरूबीचको सम्बन्धलाई सुमधुर राख्न अभिभावक सँधै सचेत रहनुपर्छ। सन्तानहरूबीच आपसी इर्ष्या, डाह, रिस रागको अवस्था आउन नदिन उनीहरूको गतिविधिको निरन्तर निगरानी गरिरहनुपर्छ। यस्तो विपत्तिजनक घटना निम्तिन नदिन निम्नानुसारका कुराहरूमा ध्यान दिनुपर्छ:
- भाइ-बहिनीबीच बारम्बार हिँस्रक झगडा हुन नदिने।
- पालैपालो सबै सन्तानलाई सम्झाइबुझाई गर्ने।
ज्ञात एवं सन्दिग्ध उदाहरणहरू
[सम्पादन गर्नुहोस्]आफ्नो बहिनीको हत्या गर्ने कृत्य गर्ने विश्वभरीका केही मान्छेको सूची तल दिइएको छ:
- इटालियन कवियत्री इसाबेला डि मोर्रालाई सन् १५४६ मा उनकै भाइहरूद्वारा हत्या गरिएको थियो। एक जना विवाहित कुलिन व्यक्तिसँग सन्दिग्ध सम्बन्ध राखेको कारण उनी र उक्त कुलिन व्यक्तिको समेत हत्या गरिएको थियो।[३]
- पिडेड मार्टिनेज डेल अग्विलाद्वारा सन् १९६५–६६ मा आफ्ना चार भाइबहिनीको हत्या गरिएको थियो, जसमा दुई भाइ र दुई बहिनीहरू थिए।[४]
- ३४ वर्षीय रेखदेखकर्ता एवं तीन बच्चाकी आमा साइमा खानको २३ मे २०१६ का दिन ल्युटन, बेडफर्डसायरमा उसकै २७ वर्षीय बहिनी सबा खानद्वारा हत्या गरिएको थियो।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Black, Donald (1983). "Crime as Social Control". American Sociological Review. 48 (1): 34–45
- ↑ Brookman, Fiona (2005). Understanding Homicide. Sage Publications. pp. 83–85.
- ↑ Marilyn Migiel, Juliana Schiesari, Refiguring Woman: Perspectives on Gender and the Italian Renaissance, Cornell University Press, 1991, p.247
- ↑ Rada, Juan (४ डिसेम्बर २०१६), "Piedad, la niña de 12 años que envenenó a sus cuatro hermanos harta de cuidarlos" [Piedad, the 12-year-old girl who poisoned her four siblings, tired of taking care of them.], El Español (स्पेनीमा), मूलबाट ३० सेप्टेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०२५।
- ↑ "Luton woman jailed for at least 22 years after admitting sister's murder", the Guardian (अङ्ग्रेजीमा), २०१७-१०-२६, अन्तिम पहुँच २०२१-११-१२।