बागातिपाडा उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बागातिपाडा
বাগাতিপাড়া
बागातिपाडा is located in बङ्गलादेश
बागातिपाडा
बागातिपाडा
बङ्गलादेशको नक्शामा बागातिपाडा उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°१९.८′उ॰ ८८°५६.७′पू॰ / २४.३३००°N ८८.९४५०°E / 24.3300; 88.9450निर्देशाङ्कहरू: २४°१९.८′उ॰ ८८°५६.७′पू॰ / २४.३३००°N ८८.९४५०°E / 24.3300; 88.9450
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लानाटोर जिल्ला
क्षेत्रफल
 • जम्मा१३९.३७ किमी (५३.८१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा१०७,९४४
 • घनत्व७७०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटबागातिपाडा उपजिल्लाको आधिकारिक नक्शा

बागातिपाडा (बङ्गाली: বাগাতিপাড়া উপজেলা) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नउगाँ जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

बागातिपाडा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१५' देखि २४°२२' उत्तर अक्षांश र ८९°२६' देखि ८८°२६' पूर्वी देशान्तरणमा अवस्थित छ। बागातिपाडा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १३९.८६ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई नाटोर उपजिल्लाले उत्तर, लालपुर उपजिल्लाले दक्षिण, बाडाइग्राम उपजिल्लाले दक्षिण, बाडाइग्राम उपजिल्लाले पूर्व र चारघाट, बाघा उपजिल्लापुठिया उपजिल्लाले पश्चिमबाट घेरेको छ। बडाल नदि उपजिल्लाको प्रमुख नदि हुो।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २२ नोभेम्बर १९७१ का दिन यस उपजिल्लाको नविरपुर भन्ने ठाउँमा पाकिस्तानी सेना र बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहान हुँदा १६ पाकिस्तानी सेनाको मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ११८७९४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६०७८६ छ भने महिलाको जनसङ्ख्या ५८००८ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ११२०५३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६३६७ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३४५ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २९ रहेको छ। यस उपजिल्लामा सन्थल, पहान, बगती, बुनो आदि जनजातिका मानिस बसोबास गर्छन्। यस उपजिल्लामा १८२ मस्जिद, २१ हिन्दु मन्दिर र १ गिर्जाघरहरू रहेका छन्। बारबाधा चिहान, मोदुल्ला बासुदेवपुर गङ्गास्नान (धार्मिक स्नान आश्रम) आदि यस उपजिल्लाका प्रमुख धार्मिक स्थलहरू हुन्।[३]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, जुट, उखु, गहुँ, केसरी, आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, रूख कटहर, केरा, लिची, मेवा, अम्बाखरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले उखु, आँप, कटहर तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका खैनी र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुपै मात्रामा माछा पालन केन्द्र दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६९.१९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.६३% मजदुरी, उद्योग ०.८६%, वाणिज्यमा १०.८३%, सञ्चारयातायातमा ०.८५%, निर्माण क्षेत्रमा ०.८५%, सुविधा ६.७०%, धार्मिक सेवा ०.१३%, वैदेशिक रोजगारी ०.१५% र अन्य ४.७४% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय बागातिपाडा थानाको स्थापना सन् १९०६ भएको थियो भने सन् १५ अप्रिल १९८३ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे।[४]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ४७.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५१.७०% छ भने महिलाको साक्षरता दर ४३.२०% रहेको छ। यस उपजिल्लामा १३ क्याम्पस, ५ प्राबिधिक शिक्षण संस्था, १ कृषि क्याम्पस, ४१ माध्यमिक विद्यालय, ४६ व्यवसायीक शिक्षण संस्था, ३ बाल उद्धान केन्द्र र ७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; टेकीनगर नमुना उच्च विद्यालय तथ क्याम्पस (सन् १९९४), बागातीपाडा पाइलट उच्च विद्यालय (सन् १९५९), जिगारी उच्च विद्यालय (सन् १९५९), सैनिक सामुदायिक उच्च विद्यालय (सन् १९७५) आदि।

सन्देश सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (জুন ২০১৪), "এক নজরে বাগাতিপাড়া", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, अन्तिम पहुँच ১৪ জুলাই,২০১৪ 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "বাগাতিপাড়া উপজেলা", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]