सामग्रीमा जानुहोस्

बागो क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बागो क्षेत्र म्यानमारको दक्षिण-मध्य भागमा अवस्थित एक प्रशासनिक क्षेत्र हो। यस क्षेत्रको राजधानी बागो सहर हो। यसको उत्तरमा मगवे क्षेत्रमाण्डले क्षेत्रसँग सिमाना जोडिएको छ भने पूर्वमा कायिन राज्य, मोन राज्य र मार्टाबनको खाडील सङ्ग सिमा जोडिएको छ। दक्षिणमा याङ्गुन क्षेत्र र पश्चिममा एयावाडी क्षेत्रराखाइन राज्यसँग सीमा जोडिएको छ। बागो क्षेत्र १८°१५′N देखि १९°२०′N र ९४°३५′E देखि ९७°१०′E को बीचमा फैलिएको छ। २०१४ को जनगणना अनुसार यस क्षेत्रको जनसङ्ख्या ४,८६७,३७३ रहेको छ।[]

मिथक अनुसार, ५७३ ईस्वीमा ठाटनका दुई मोन राजकुमारले बागो सहर स्थापना गरेका थिए। उनीहरूले एउटा ठुलो तालमा एउटा पोथी हास र भाले हास उभिएको देखे र यसलाई शुभ सङ्केत ठानेर तालको किनारमा हन्थावाडी नामक सहर निर्माण गरे।[]

८५० ईस्वीको आसपास, फारसी भूगोलविद इब्न खोरदादबेहले बागो सहरको उल्लेख गरेका थिए।[]

११९५ ईस्वीमा खमेर साम्राज्यका जयवर्मन सातौँले पेगु बागोलाई आफ्नो राज्यमा समेटेका थिए। १०५६ मा बागानका बर्मेलीहरूले यस क्षेत्रमा शासन गरे। १२८७ मा मङ्गोल आक्रमणपछि मोनहरूले स्वतन्त्रता पुनः प्राप्त गरे।

१३६९ देखि १५३९ सम्म हन्थावाडी राज्यको राजधानी बागो थियो। १५३९ मा, ताउनगु राज्यका राजा तबिन्श्वेतीले क्षेत्रलाई पुनः अधीनमा ल्याए र बागोलाई आफ्नो राजधानी बनाए। १७५७ मा मोन विद्रोह असफल भएपछि, बर्मेली राजाले आलौंगपाया शहरलाई पूर्ण रूपमा नष्ट गरे र १८१९मा बागो पुनर्निर्माण गरे। पुनर्निर्माण भए पनि नदीको दिशा परिवर्तनले यसको समुद्री पहुँच काट्यो र यसको ऐतिहासिक महत्व घट्यो।

प्रशासनिक संरचना

[सम्पादन गर्नुहोस्]

बागो क्षेत्र ३९,४०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ र यसमा छ वटा जिल्ला छन्: बागो, पिय, थारावाडी, ताउंगू, न्याउङ्ग्लेबिन र नटालिन। बागो सहर यो क्षेत्रको प्रशासनिक केन्द्र हो र म्यानमारको चौथो ठुलो सहर हो। अन्य प्रमुख शहरहरूमा ताउंगू र पिय पर्छन्।

बागो क्षेत्र सरकार प्रमुख मन्त्रीको नेतृत्वमा कार्य गर्दछ। क्षेत्रको विधान सभा बागो क्षेत्र ह्लुत्तावद्वारा व्यवस्थापित हुन्छ र उच्च न्यायालय बागो क्षेत्रको न्यायिक निकायको रूपमा रहन्छ।

भूगोल र भू-वैज्ञानिक संरचना

[सम्पादन गर्नुहोस्]

बागो क्षेत्रको भूगोल विविध छ। उत्तरमा पहाडी क्षेत्र रहेको छ। सबै भन्दा अग्लो पहाडको उचाइ १,८८९ मिटर रहेको छ। पहाडमा टिक र अन्य काठको वन्यजन्तु पाइन्छ। यस क्षेत्रका नदी र तालहरू रहेका छन् जसले कृषिजन्य भूमिलाई सिचाई गर्छ।

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

२०१४ को जनगणना अनुसार, बागो क्षेत्रको जनसङ्ख्या ४,८६३,४५५ रहेको थियो। बर्मेली भाषा सबैभन्दा बढी बोलिने भाषा हो।[]

यो क्षेत्रको अधिकांश जनसङ्ख्या बर्मेली (८९.९%) हो। क्यानर समुदाय ४.६% रहेका छन्। अन्य समूहहरूमा मोन, चिन, राक्हाइन, सान, दक्षिण एसियाली, चिनियाँ र पा'ओ समुदायहरू पर्दछन्।

धार्मिक रूपमा, बागो क्षेत्रको ९३.५% बौद्ध धर्मावलम्बी छन्। क्रिश्चियन धर्मावलम्बी २.९%, हिन्दु २.०%, मुस्लिम १.२% र अन्य धर्मावलम्बी ०.३% छन्।[]

बागो क्षेत्रमा पिय विमानस्थल मार्फत हवाई यातायात उपलब्ध छ।

बागो क्षेत्रको अर्थतन्त्र मुख्य रूपमा काठको व्यापारमा निर्भर रहेको छ। यो क्षेत्रको उत्तरमा ताउंगू जस्तो पहाडी क्षेत्रमा टिक र अन्य काठको उत्पादन हुन्छ। प्रमुख कृषिजन्य उत्पादनमा धान, सुपारी, चिनी, मकै, भटमास, तिल, सूर्यमुखी, फलफूल, कपास, जूट, रबर, तम्बाकू र कच्चा मदिरा पर्दछन्।[]

क्षेत्रको उद्योगमा मत्स्य पालन, नुन, सिरामिक, चिनी, कागज, प्लाइवुड, र घुलाउने उद्योगहरू छन्। २००५ मा यस क्षेत्रमा करिब ४ लाख पशु, १,२०० हेक्टर माछा फार्म र ३,००० निजी कारखाना र १०० सरकारी कारखाना थिए।

बागो क्षेत्रमा श्वेगिन बाँध प्रमुख जलविद्युत् को स्रोत हो। ४७८ मिटर लामो र ४१ मिटर चौडा बाँधले २,०७८,४१७ मेगालिटर पानी भण्डारण गर्न सक्छ। बाँधमा चारवटा फ्रान्सिस टर्बाइन स्थापना गरिएको छ जसले वार्षिक २६२ मिलियन यूनिट विद्युत उत्पादन गर्न सक्छ। बाँधको निर्माण २००३ मा सुरु भई २०११ मा समापन भएको थियो।[]

बागो क्षेत्रमा शिक्षाको अवसर सीमित छ। २००५ मा यहाँ ५७८ प्राथमिक विद्यालय, ११९ माध्यमिक विद्यालय र १३२ उच्च विद्यालय थिए। यस क्षेत्रमा पिय प्राविधिक विश्वविद्यालय, पिय विश्वविद्यालय, ताउंगू विश्वविद्यालय लगायतका उच्च शिक्षा संस्थानहरू छन्।[]

यो राज्यले स्वास्थ्य क्षेत्रमा मात्र ०.५% देखि ३% बजेट खर्च गर्दछ। सार्वजनिक अस्पतालहरूमा आवश्यक सुविधा र उपकरणहरू कमी छन्। बागो क्षेत्रमा २००५ मा पाँच लाख जनसङ्ख्या भए पनि मात्र ३९९ जना डाक्टर थिए।[]

संस्कृति र पर्यटक स्थल

[सम्पादन गर्नुहोस्]

बागो क्षेत्रमा खास रूपमा मोन संस्कृतिको प्रभाव रहेको। यो क्षेत्रको प्रतीक दुईवटा हात्ती रहेको छ। यो क्षेत्रको प्रमुख पर्यटक स्थलहरू याङ्गुन सहरबाट एकदिनको यात्रामा पुग्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Census Report, The 2014 Myanmar Population and Housing Census 2, Naypyitaw: Ministry of Immigration and Population, मे २०१५, पृ: 17।
  2. Sastri, K. A. Nilakanta (२०००) [१९३५], The Cōlas, Madras: University of Madras।
  3. Majumdar, R. C. (१९३७), Ancient Indian colonies in the Far East, 2: Suvarnadvipa, Dacca: Ashok Kumar Majumdar, पृ: 212–218।
  4. Census Report, The 2014 Myanmar Population and Housing Census 2, Naypyitaw: Ministry of Immigration and Population, मे २०१५, पृ: 17।
  5. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-१३
  6. "Members of Bago Division (West) USDA implementing development tasks in rural areas", The New Light of Myanmar, १२ मे २००५, मूलबाट २२ अगस्ट २००७-मा सङ्ग्रहित।
  7. अभिलेखिकरण २५ अक्टोबर २००५ वेब्याक मेसिन
  8. "Members of Bago Division (West) USDA implementing development tasks in rural areas", The New Light of Myanmar, १२ मे २००५, मूलबाट २२ अगस्ट २००७-मा सङ्ग्रहित।
  9. "Members of Bago Division (West) USDA implementing development tasks in rural areas", The New Light of Myanmar, १२ मे २००५, मूलबाट २२ अगस्ट २००७-मा सङ्ग्रहित।