बाङ्ला विकिपिडिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Favicon of Wikipedia बाङ्ला विकिपिडिया
85%
साइटको प्रकार
इन्टरनेट विश्वकोष परियोजना
उपलब्ध भाषाबङ्गाली
मुख्य कार्यलयढाकाकलकत्ता
मालिकविकिमिडिया फाउन्डेसन
वेबसाइटbn.wikipedia.org
व्यावसायिकहैन
दर्तावैकल्पिक
प्रयोगकर्ता२५३,४३१
आरम्भ२७ जनवरी २००४; १५ वर्ष अघि (२००४-०१-27)
वर्तमान अवस्थाचालू

बाङ्ला विकिपिडिया वा बङ्गाली विकिपिडिया बाङ्ला: বাংলা উইকিপিডিয়া, बङ्गाली भाषा संस्करणको नि:शुल्क अनलाइन विश्वकोश हो जसलाई गैर लाभकारी अमेरिकी संस्था विकिमिडिया फाउन्डेसनले सञ्चालन गर्दै आइरहेको छ। यो २७ जनवरी २००४ मा सुरु गरिएको थियो। यसले सुरुवातको दुई वर्षमै, अक्टोबर २००६ मा, १०,००० वटा पृष्ठ नाघिसकेको थियो जसले गर्दा यो दक्षिण एसियाली भाषाहरूमा सो गर्ने दोस्रो विकिपिडिया बन्न सफल भएको थियो।[१] १८ जुलाई २०१९ सम्म, कुल पृष्ठले ७०,२०४ नाधेको थियो जसमा मासिक सक्रिय सम्पादनकर्ता १,५२८ भन्दा बढी रहेका थिए। अौसत रूपमा, यस वेबसाइटलाई दिनको पाँच हजार भन्दा बढी पटक हेरिएको थियो।[२] २२ जुलाई २०१९ सम्म, यस बङ्गाली भाषाको विकिपिडियामा कुल ३५ लाख भन्दा बढी सम्पादन भैसकेको छ। हाल यसका ११ जना प्रवन्धकहरू रहेका छन् भने यस विकिपिडियाको गहिराई ३९० रहेको छ।[३]

जनवरी २०१९ को अनुसार, बङ्गाली विकिपिडिया बङ्गाली भाषामा लिखित एकमात्र अनलाइन स्वतन्त्र विश्वकोश हो। यो इण्टरनेटमा बङ्गाली सामग्री सम्बन्धी वेबसाइटहरूको सबैभन्दा ठूलो वेबसाइट हो।[४] सन् २०१० मा, मोबाइल फोनहरूमा बङ्गाली विकिपिडियाको मोबाइल संस्करण पनि सुरुवात गरिएको थियो। सन् २०१८ मा, बङ्गाली विकिपिडियालाई विश्वव्यापी रूपमा १९० मिलियन भन्दा बढी पटक अवलोकन गरिएको थियो।[५][२]

सुरुवाती इतिहास[सम्पादन गर्ने]

फेब्रुअरी २००२ मा, विकासकर्ताहरूले विभिन्न भाषाका विकिपिडियाहरूका लागि भाषा साङ्केतिक शब्दमा, आधारित उप डोमेन सृजना गर्न सुरुवात गरेका थिए।[६] अरू विकिपिडियाको उप डोमेनका साथसाथै बङ्गाली भाषाको पनि उप डोमेन सृजना गरिएको थियो।[७] ९ डिसेम्बर २००३ मा, क्यानडाको म्याकगील विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका बङ्गलादेशी विद्यार्थी शाह अासादुजामनले विकिपिडियाका संस्थापक जिमी वेल्सलाई बङ्गाली भाषामा पनि विकिपिडिया ल्याउनका लागि ईडाँक मार्फत आग्रह गरेका थिए। [८][९] फलस्वरूप, सोही वर्षको २६ डिसेम्बरमा, विकासकर्ताहरूले विकिपिडियामा परिक्षण पृष्ठको सृजना गरेका थिए।[९]

बङ्गाली विकिपिडियाको प्रमुख पृष्ठ आइपी ठेगाना मार्फत २७ जनवरी २००४ मा, सृजना गरिएको थियो जसलाई बङ्गाली विकिपिडियाको सुरुवात पनि भन्ने गरिएको छ। बङ्गाली विकिपिडियामा, बङ्गाली भाषाको पृष्ठ २४ मे २००४ मा सृजना गरिएको थियो जुन चाहिँ बङ्गाली विकिपिडियाको पहिलो पृष्ठ रहेको थियो।

इतिहास[सम्पादन गर्ने]

बाङ्ला विकिपिडियाको १०अौँ जन्मोत्सवमा विपिडियाका संस्थापक जिमी वेल्स, बाङ्ला विकिपिडिया सम्पादकहरूसँग, ढाका (सन् २०१५ मा)

बङ्गाली विकिपिडिया २७ जनवरी २००४ मा सुरुवात भएको थियो।[१०][११] पहिला बङ्गलादेशका मानिसहरूमा विकिपिडिया प्रति कम चासो थियो। केही विद्यार्थी र शिक्षकहरूले मात्र अङ्ग्रेजी विकिपिडियाको प्रयोग गर्दथे। त्यस बाहेक, बङ्गाली विकिपिडिया योगदान गर्नका लागि विभिन्न समस्यहरू आउँथे। सन् २००६ मा सबै रूपरेखा परिवर्तन भएको थियो।[१२] २५ मार्च २००६ मा, बङ्गलादेशको खुला स्रोत सञ्जालले एक विकि टोलीको सृजना गरेको थियो जसको उदेश्य राष्ट्रव्यापी रूपमा बङ्गाली विकिपिडियाको लोकप्रियता वृद्धि गराई बङ्गाली भाषाको सबैभन्दा ठूलो विश्वकोश बनाउनु थियो।[१२]

उक्त समयमा, बङ्गाली विकिपिडियामा जम्मा ५०० पृष्ठहरू सङ्ग्रहित थिए। बङ्गलादेशको खुला स्रोत सञ्जालले सृजना गरेको विकि टोलीले केही पत्र पत्रिका मार्फत शब्द व्यवस्थापनको प्रवन्धन गरेको थियो। छिट्टै, थुप्रै बङ्गाली मातृभाषी र बिदेशमा रहेका बङ्गाली बोल्न सक्ने प्रयोगकर्ताहरूले यस गतिशील परियोजनामा सहभागी भएका थिए। फलस्वरूप, अक्टोबरको अन्त्य तिर, बङ्गाली विकिपिडियाले १०,००० पृष्ठ पार गरेको थियो।[१२] दक्षिणी एसियाली भाषाका विकिपिडियाको तुलनामा उक्त कोशेढुङ्गामा पुग्ने यो पहिलो विकिपिडिया थियो। यी लेखहरूमध्ये धेरै तस्वीरहरूसँग चित्रण गरिएको थियो। चिकित्सक राफिकुल इस्लामले बङ्गाली भाषा अभियानमा सङ्कलन गरेका सबै ऐतिहासिक तस्वीरहरू विकिमिडिया विकिमिडिया कमन्समा उर्ध्वभरण गरेका थिए। [१२] ढाँचा:बाङ्ला विकिपिडियाका लेखहरूको रेखाचित्र

बङ्गाली विकिपिडियाको अग्रगामी, चिकित्सक राजिब हसानले यस्तो बताएका छन्।

“सबै ठूलो चुनौती इण्टरनेटमा बङ्गाली भाषामा लेख्नु हो। धेरै जस्तो सञ्चालन प्रणालीहरूमा बङ्गाली भाषाको युनिकोड असमर्थित छन् इण्टरनेटका केही वेबसाइटहरूले मात्र बङ्गाली युनिकोडलाई समर्थन गर्दछ र प्रयोगकर्ताहरूलाई यो सञ्चालनमा ल्याउन धेरै गार्‍हो हुन्छ। त्यसबाहेक, सुरुवाती चरणमा बङ्गाली युनिकोडमा लेख्नु नयाँ थियो। बङ्गाली भाषामा विकिपिडिया सञ्चालनमा ल्याउनुले काम गर्छ जस्तो मलाई लाग्दैन।"[१२]

सन् २००९ देखि २०१० सम्म, भारतको पश्चिम बङ्गालमा रहेका बङ्गाली मातृभाषीहरूले पनि बङ्गाली विकिपिडियामा योगदान गर्न थालेका थिए।[१२] सोही समयमा, विकिमिडिया फाउण्डेसनले आफ्नो कार्य ३ अक्टोबर २०११ मा सञ्चालन गरेको थियो जसलाई विकिमिडिया बङ्गलादेशको नामले चिनिन्छ। यसलाई पछि बङ्गलादेशले पनि स्वीकृत गरेको थियो।[१०] यस कोशले बङ्गाली भाषाको शैक्षिक सामग्रीहरू प्रवर्द्धनमा विशेष जोड दिएको छ। २६ फेब्रुअरी २०१५ मा, विकिपिडियाका सह-संस्थापकले बङ्गलादेश भ्रमण गरेका थिए।[१३][१४][१५] उनी बङ्गाली विकिपिडियाको १०अौँ वार्षिकोत्सब समारोहमा सहभागी हुन बङ्गलादेश आएका थिए।[१४][१५][१६][१७][१८][१९] उनले भाषणको बेलामा, पृष्ठहरूको गहिराईको आधारमा बङ्गाली विकिपिडिया राम्रो रहेको कुरा बताएका थिए।

बङ्गाली विकिपिडियामा हाल विभिन्न विषयमा ७०,२०४ पृष्ठहरू रहेका छन् र यसमा मासिक रूपमा १,५२८ प्रयोगकर्ताहरू सक्रिय रूपमा रहेका छन्। जनवरी २०१९ सम्म, बङ्गाली भाषामा लेखिएको यो एकमात्र खुला विश्वकोश हो। यो बङ्गाली भाषामा सबैभन्दा धेरै सामग्री भएको वेबसाइटहरू मध्ये एक हो। [५][२०] [२१]

भ्रम[सम्पादन गर्ने]

बङ्गाली सञ्चार माध्यमहरूमा बङ्गली विकिपीडियाका केहि जानकारीको बारेमा भ्रम भएको थियो। अप्रिल २०१८ मा, बङ्गलादेशको, प्रिण्ट एण्ड इलेक्ट्रोनिक मिडियाले विकिपिडियाले बङ्गलादेशकी प्रसिद्ध गायिक रुना लायलालाई सदाबाहार प्रमुख ३० बङ्गाली मानिसहरूको सूचीमा नामकरण गरेको थियो।[२२][२३][२४][२५] यो भ्रम बङ्गाली र अङ्ग्रेजी विकिपिडियामा प्रयोग गरिएको तस्वीरले गर्दा उत्पन्न भएको थियो।[२६]

सोही वर्षको अगष्टमा, एउटा दर्ता नगरिएका प्रयोगकर्ताले मृत्युनै नभएका वैज्ञानिक महोमद जफर इक्बलको मृत्यु भएको भनेर मिति थपिदिएका थिए जसको फलस्वरूप बङ्गलादेशमा विभिन्न सञ्चार माध्यमको ध्यानाकर्षण गरेको थियो।[२७][२८][२९][३०]

चित्र दीर्घा[सम्पादन गर्ने]

विकिपिडियाको १४अौँ जन्मोत्सवमा खिचिएको सामूहिक तस्वीर, ढाका (सन् २०१८)
विकिपिडियाको १३अौँ जन्मोत्सवमा खिचिएको सामूहिक तस्वीर, ढाका (सन् २०१७)
बाङ्ला विकिपिडियाको १०अौँ जन्मोत्सवमा खिचिएको सामूहिक तस्वीर, कलकत्ता (सन् २०१५)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Noronha, Frederick (सेप्टेम्बर ३०, २००६), "Bengali Wikipedia crosses 10,000 articles", हिन्द-एसियाली समाचार सेवा, मोन्ष्टर एण्ड क्रिटिक्स, मूलबाट २६ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २०१३ 
  2. २.० २.१ "bn:১৯ কোটিবার দেখা হয়েছে বাংলা উইকিপিডিয়া", टेक सहर (बङ्गालीमा), अन्तिम पहुँच २६ जनवरी २०१९ 
  3. "এবার মোবাইল ফোনে বাংলা উইকিপিডিয়া", www.prothom-alo.com, अन्तिम पहुँच २६ जनवरी २०१९ 
  4. "A decade of Bangla Wikipedia An open call", द डेली ष्टार (बाङ्लादेश), मार्च १७, २०१४, मूलबाट २३ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०१४ 
  5. ५.० ५.१ "বাংলা উইকিপিডিয়ার ১৫ বছর", जुगाण्टार, अन्तिम पहुँच २८ जनवरी २०१९ 
  6. "विकिपिडिया: गृह पृष्ठ", web.archive.org, २००२-०२-२२, अन्तिम पहुँच २०१९-०८-१८ 
  7. "विकिपिडिया: गृह पृष्ठ", web.archive.org, २००२-०७-२३, अन्तिम पहुँच २०१९-०८-१८ 
  8. "Mailing List Archive: [asad@cs.mcgill.ca: About starting a new wikipedia in language : Bengali]", lists.gt.net, अन्तिम पहुँच २०१९-०८-१८ 
  9. ९.० ९.१ "বাংলা উইকিপিডিয়ায় প্রথম", कालेरकाण्ठो (बङ्गालीमा), मूलबाट २८ जनवरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २०१९ 
  10. १०.० १०.१ काण्ठो, कालेर, "একনজরে বাংলা উইকিপিডিয়া – কালের কণ্ঠ", मूलबाट २०१८-०९-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-११ 
  11. काण्ठो, कालेर, "১৪ বছরে বাংলা উইকিপিডিয়া – কালের কণ্ঠ" 
  12. १२.० १२.१ १२.२ १२.३ १२.४ १२.५ काण्ठो, कालेर, "যুগ পেরিয়ে বাংলা উইকিপিডিয়া – কালের কণ্ঠ", मूलबाट २०१८-०९-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-११ 
  13. "Wikipedia co-founder arrive Dhaka", Prothom Alo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  14. १४.० १४.१ "যে বার্তা দিয়ে গেলেন জিমি ওয়েলস" 
  15. १५.० १५.१ webdesk@somoynews.tv, "ঢাকায় উইকিপিডিয়ার সহ-প্রতিষ্ঠাতা জিমি ওয়েলস", somoynews.tv 
  16. टाइम्स, द ढाका, "গভীরতার বিচারে বাংলা উইকিপিডিয়ায় তৃতীয় ভাষা – द ढाका टाइम्स" 
  17. "উইকিপিডিয়ায় তৃতীয় ভাষা বাংলা", एनटिभी अनलाइन, अन्तिम पहुँच २०१९-०८-१८ 
  18. "বাংলাদেশে আসছেন জিমি ওয়েলস", প্রথম আলো (बङ्गालीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  19. "GP subscribers get free Wikipedia access", एनटिभी अनलाइन, अन्तिम पहुँच २०१९-०८-१८ 
  20. "জেনে রাখুন | কালের কণ্ঠ", कालेर काण्ठो (बङ्गालीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  21. "| কালের কণ্ঠ", कालेर काण्ठो (बङ्गालीमा), अन्तिम पहुँच २०१९-०८-१८ 
  22. "উইকিপিডিয়ায় শীর্ষ ত্রিশ বাঙালিতে রুনা লায়লা | আনন্দ বিনোদন", archive1.ittefaq.com.bd, अन्तिम पहुँच १७ मार्च २०१९ 
  23. "উইকিপিডিয়ায় শীর্ষ ত্রিশ বাঙালির তালিকায় রুনা লায়লা", मिजामिन, अन्तिम पहुँच १७ मार्च २०१९ 
  24. "উইকিপিডিয়ার শীর্ষ ত্রিশ বাঙালির তালিকায় রুনা লায়লা", समकाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मार्च २०१९ 
  25. "শীর্ষ ৩০ বাঙালির মধ্যে রুনা লায়লা", अन्तिम पहुँच १७ मार्च २०१९ 
  26. "রুনা লায়লাকে নিয়ে গণমাধ্যমে বিভ্রান্তি", जागोन्युज डटकम, अन्तिम पहुँच १७ मार्च २०१९ 
  27. "ড. জাফর ইকবালকে মৃত দেখাচ্ছে বাংলা উইকিপিডিয়া", thebangladeshtoday.com, अन्तिम पहुँच १७ मार्च २०१९ 
  28. "জাফর ইকবালকে মৃত দেখাচ্ছে বাংলা উইকিপিডিয়া", Jamuna Television (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ मार्च २०१९ 
  29. "জাফর ইকবালের মৃত্যুর খবর সংশোধন করলো বাংলা উইকিপিডিয়া", jamunatv.online, अन्तिम पहुँच १७ मार्च २०१९ [dead link]
  30. टेलिभिजन, जमुना, "জাফর ইকবালের মৃত্যুর খবর সংশোধন করলো বাংলা উইকিপিডিয়া", जमुना Television (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२४ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]