बादिन शहर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बादिन
بدين
—  जिल्ला सदरमुकाम  —
बादिन पाकिस्तान-এ অবস্থিত
बादिन
बादिन
पाकिस्तानको नक्शामा बादिनको अवस्थिति
देश Flag of Pakistan.svg पाकिस्तान
प्रदेश सिन्ध
जिल्ला बादिन
अवनति १० मि (३३ फिट)
जनसङ्ख्या
 - जम्मा ६१,३०२
समय क्षेत्र पाकिस्तानी समय (युटिसी+५)

बादिन (सिन्धी: بدين उर्दू: بدین) पाकिस्तानको सिन्ध प्रान्तमा रहेको बादिन जिल्लाको सदरमुकाम शहर हो ।[१] यो शहर सिन्धु नदीबनट पुर्वमा रहेको छ । यो शहरका जमिन समथल र उब्जाउ हुने भएकाले धान खेती यहाँ देशको सबैभन्दा धेरै उत्पादन हुन्छ भने यस शहरबाट नजिकमा तोरी खेती पनि हुन्छ । बादिन शहर बादिन जिल्लाको प्रमुख शहरको रुपमा रहेको छ जसको सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ६१,३०२ रहेको छ ।[२] बादिन शहरलाई यहाँ धेरै चिनी उत्पादन हुने भएकाले चिनीको शहर पनि भनिन्छ । यो शहर सन् १९७५ मा स्थपना भएको थियो । बादिन जिल्लालाई उत्तर तर्फबाट हैदराबाद र मीरपुर खासले घेरेको छ । तिरपकर र मीरपुर खासले उत्तरबाट घेरेको छ भने थटा जिल्लाले पश्चिममा त्यस्तै गरि भारतको कच जिल्लाले दक्षिणमा घेरेको छ जुन भारतसँग अन्तर्राष्ट्रिय सिमाना रुपमा रहेको छ ।[३]

मौसम[सम्पादन गर्ने]

यस शहरको नजिकमा समुन्द्र भएकाले शहरको मौसमलाई लगभग सबै महिना मध्यम तापक्रम हुने खालको छ । यस शहरमा मार्च महिना देखि अक्टोबर महिना सम्म समुन्द्रको मन्ध हावा चल्ने गर्छ । वर्षा ऋतुको समयमा यस शहरको अाकास बादलले घेरेता पनि पानी भन्ने कम मात्रमा पर्छ यतिबेलाको मौसम सामान्यतया अोसिलो हुन्छ । बादिनको चिसो मौसम नोभेम्बरको सुरुदेखि देखि सुरु हुन्छ जब अोसिलो समुन्द्री हावा अचानक परिवर्तन भएर चिसो हावा उत्तर-पूर्वी तिरबाट बग्न थाल्छ यसको कारण प्राकृतिक तापमानमा तुरुन्तै गिरावट हुन्छ र यस समयमा अाँदी तुफान र बाढीको बढी खतरा हुन्छ ।

बादिनको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
अधिकतम °से (°फे) रेकर्ड ३६٫१
(९७)
३७٫२
(९९)
४२٫८
(१०९)
४५٫६
(११४)
४९٫४
(१२१)
४६٫७
(११६)
४३٫३
(११०)
४१٫१
(१०६)
४२٫२
(१०८)
४१٫७
(१०७)
३८٫३
(१०१)
३५٫६
(९६)
४९٫४
(१२१)
अधिकतम °से (°फे) औसत २५٫८
(७८)
२८٫६
(८३)
३४٫०
(९३)
३८٫४
(१०१)
३९٫८
(१०४)
३८٫०
(१००)
३५٫१
(९५)
३३٫६
(९२)
३४٫४
(९४)
३५٫८
(९६)
३१٫९
(८९)
२६٫७
(८०)
३३٫५१
(९२٫१)
दैनिक औसत °से (°फे) १७٫२
(६३)
२०٫१
(६८)
२५٫४
(७८)
३०٫१
(८६)
३२٫७
(९१)
३२٫८
(९१)
३१٫१
(८८)
२९٫८
(८६)
२९٫६
(८५)
२९٫७
(८५)
२३٫९
(७५)
१८٫४
(६५)
२६٫७३
(८०٫१)
न्यूनतम °से (°फे) औसत ८٫७
(४८)
११٫६
(५३)
१६٫८
(६२)
२१٫८
(७१)
२५٫५
(७८)
२७٫५
(८२)
२७٫०
(८१)
२६٫१
(७९)
२४٫९
(७७)
२१٫७
(७१)
१५٫९
(६१)
१०٫१
(५०)
१९٫८
(६७٫८)
न्यूनतम °से (°फे) रेकर्ड −१٫१
(३०)
१٫०
(३४)
५٫०
(४१)
१३٫०
(५५)
१७٫५
(६४)
२१٫१
(७०)
२३٫०
(७३)
२२٫५
(७३)
२०٫६
(६९)
१२٫०
(५४)
६٫७
(४४)
२٫५
(३७)
−१٫१
(३०)
औसत हिउँ/वर्षा मीमी (इञ्च) १٫०
(०٫०४)
३٫६
(०٫१४)
२٫३
(०٫०९)
२٫५
(०٫१)
०٫७
(०٫०३)
१०٫८
(०٫४३)
७०٫५
(२٫७८)
८९٫९
(३٫५४)
३४٫४
(१٫३५)
३٫७
(०٫१५)
१٫७
(०٫०७)
१٫१
(०٫०४)
२२२٫२
(८٫७६)
स्रोत: (१९६१–१९९०) [४]

शिक्षा[सम्पादन गर्ने]

बादिन शहरका छात्र छात्राको शिक्षामा अविविद्ध ल्याउनका लागि यस शहरमा सिन्ध विश्वविद्यालय स्थपना भएको थियो जसलाई लार पनि भन्ने गरिन्थ्यो । त्यसपछि सिन्ध विश्वविद्यालय लार क्याम्पस पनि शहरमा स्थापित गरिएको थियो जसले उच्च शिक्षाका लागि महिला सहभागीतामा विषेश ध्यान दिएको थियो । यस क्याम्पले एक पुस्तकालय र एक कम्प्युटर प्रयोगशाला सहित इन्टरनेट जडान सुविधा प्रदान गर्दछ । कलेजले बिजनेस एडमिनिस्ट्रेशन, वाणिज्य र कम्प्युटर साइन्समा ४-वर्षको स्नातक डिग्री प्रदान गर्दछ र कम्प्यूटर साइन्स र बीएडडी, एम.एडमा स्नातकोत्तर डिप्लोमाको पनि व्यवस्था गरिएको छ । राहिम पब्लिक स्कूल र कलेज बादिन पूर्व-मेडिकल र पूर्व-इन्जिनियरिङ अध्ययनको लागि यस क्षेत्रको लोकप्रिय विद्यालयहरू हुन् । सन् २०१३ को अनुसार सरकारले सञ्चालन गरेका विद्यालयहरूमा २०९ विद्यालय छात्रका लागि, १०२ विद्यालय छात्राका लागि , ६९१ प्राथमिक विद्यालयहरू, ४२८ सह-शैक्षिक विद्यालयहरू, र १५ उच्च विद्यालयहरू रहेका छन् ।[५]

संस्कृति[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "बादिन शहर", इनसाईक्लोपिडिया ब्रिटानिका, अन्तिम पहुँच १८ जनवरी २०१३ 
  2. "बादिन शहरको इतिहास", गन्धारा, अन्तिम पहुँच ८ नोभेम्बर २०१३ 
  3. "बादिन शहरको जानकार" 
  4. "बादिन शहरको मौसमी जानकारी", राष्ट्रिय जल तथा मौसम पुर्वाअनुमान महासाखा, अन्तिम पहुँच जनवरी १८, २०१३ 
  5. सिन्ध, विश्वविद्यालय, "बादिन शहरको लार क्याम्पस", मूलबाट १२ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ नोभेम्बर २०१३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]